लगानीको वातावरण निर्माण गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता








काठमाण्डौं, २० फाल्गुन
आज मलेसियाले आफ्ना देशका सम्पूर्ण नागरिक हरुलाई रोजगार दिएर बाँकी नपुग विदेशबाट मजदुरहरु मगाई औद्योगिक क्षेत्रमा रोजगारी दिएको छ । जसमा हाम्रा नेपालीहरु समेतको संलग्नता रहेको छ । यी सब त्यहाँको सुरक्षा व्यवस्थाको कमाल हो । त्यहाँका जनताले एक घण्टापनि सडक जाम गर्दैनन् तर नेपालको हकमा ऐन कानूनबाट जनताले न्याय इन्साफ नपाई सडक अवरुद्ध गरेपछि मात्र केही मात्रामा सुनुवाई हुने गरेको छ ।
नेपालको पूर्वाधार विकास तथा औद्योगिक क्षेत्रमा ढुक्क भएर लगानी गर्न प्रमुख दलका शीर्ष नेताहरुले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । काठमाडौंमा बिहीबार देखि सुरु भएको दोस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख दलका शीर्ष नेताहरुले देशमा राजनीतिक परिवर्तन भइसकेकाले अब आर्थिक समृद्धिका लागि निर्धक्क सँग लगानी गर्न लगानीकर्ता सित आग्रह गरेका हुन् ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वदेशी तथा विदेशी लगानीकर्ता सँग नेपालको पूर्वाधार विकास र औद्योगिक विकासका क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन् ।
संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै मुलुक राजनीतिक स्थिरताको बाटोमा अघि बढेको भन्दै प्रधानमन्त्री दाहालले नेपालको समृद्धिका लागि सबै लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
नेपालको विकासका लागि वैदेशिक लगानी भित्राउने उद्देश्यले आयोजना गरिएको सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सबै लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न अनुरोध गर्नु भएको छ । राजनीतिक स्थिति क्रमशः सुदृढ हुँदै गएकाले नेपालको कृषि, सूचना प्रविधि, पर्यटन, यातायात लगायतका क्षेत्रमा लगानी गर्न कोही लगानीकर्ता डराउनु पर्ने अबस्था नभएकोमा उनले जोड दिए ।
सम्मेलनमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्न डराउनु पर्ने स्थिति नभएको स्पष्ट पार्नु भएको छ । आफूहरु प्रतिपक्षी दल भए पनि मुलुकको समृद्धिका लागि सरकार भन्दा अघि रहेर सहयोग गर्ने भन्दै अध्यक्ष ओलीले विदेशी लगानीको सुरक्षाका लागि आफूहरु प्रतिवद्ध भएको बताए ।
काठमाडौंको होटल सोल्टीमा सुरु भएको सम्मेलनमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, उद्योगमन्त्री नवीन्द्रराज जोशी, पूर्वअर्थमन्त्री रामशरण महत लगायतले पनि स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न अनुरोध गरेका छन् ।
यी हरेक कुराको मनन गरेर कुमाउँको इतिहास लेखक बद्रीप्रसादले लेखेका छन्, ‘आज भारत विशाल हुने थिएन नेपाल विशाल हुने थियो तर नेपालीहरु हातहतियारमा जति निपूर्ण छन् त्यति उनीहरुको शासन गर्ने क्षमता भइ दिएको भए भारत भन्दा नेपाल विशाल हुने थियो ।’ हुन पनि हो २५ वर्ष सम्म नेपाली शासकहरुले सतलजसम्म र पूर्वमा तिष्टा सम्म शासन गरेपछि आफ्नै कुबुद्धिले गर्दा आधा भन्दा बढी क्षेत्र गुमाउनु प¥यो । अंग्रेजहरुले लिएको भुमि भारत–पाकिस्तान बर्माले फिर्ता लियो तर हाम्रा नेताहरुले त्यो जमीन सित २००७ सालमा प्रजातन्त्र सित साटासाट ग¥यो । नेपालमा प्रजातन्त्र ल्याउन जवाहरलाल नेहरु सित नेताहरुले सहयोग मागे । त्यही सहयोग गरेवाफत् नेपालको भुमि अंग्रेजले लिएको फिर्ता गर्नेतर्फ चुप लगाई त्यो भुमि नेहरुले लिएर त्यसको बाफत् प्रजातन्त्र सित साटासाट गरेको कामकुराले देखिन गएको छ ।







