यसरी निर्माण हुन्छन् भ्रष्टाचारका योजनाहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, २७ माघ । हरेक राम्रा नराम्रा सबैको लागि प्रजातन्त्र लोकतन्त्रले भ्रष्टहरुलाई पनि समेटेको छ । चोरसाधु सबैलाई समेटेको छ । त्यहीमा भ्रष्टाचारी पनि मौलाएका रहेछन् । सरसर्ती हेर्दा थाहा नहुने भ्रष्टाचारका योजनाहरु सबैलाई थाहा नहुने रहेछ तर जति लुकाएपनि भ्रष्टाचारीका योजना– को पर्दाफास आफै हुन्छ ।

महेन्द्रनगर कञ्चनपुर जिल्लाको प्रमुख सदरमुकाम हो । यहाँ पनि अरु जिल्लाकोझैं जनताले सुविधा पाउन् भनेर नेस्नल टे«डिङ्ग जस्तै एउटा साल्ट टे«डिङ्ग कर्पाेरेशन छ । देशले सम्पूर्ण औद्योगिक व्यापारिक कामकाज निजि क्षेत्रलाई दिईसकेको छ । त्यसकै फलस्वरुप नेस्नल ट्रेडिङ्ग लिमिटेड आज
सरकारबाट निलम्बन खारेजी भई सकेको छ ।

तस्वीरः साल्ट टे«डिङ्ग कर्पाेरेशनले व्यापारीहरुलाई सटर खाली गरि दिन दिएको पत्र ।

महेन्द्रनगर बजारको प्रमुख स्थानमा साल्ट टे«डिङ्गको भवन बन्यो । भारत सरकारको सहयोगमा यसलाई ४ ब्लकमा विभाजित गरी भाडामा दिनको लागि टेन्डर आह्वान ग¥यो । न्युनतम अंक भन्दा निकै माथि अंक कबोल गरी ४ ब्लकमा व्यापारीहरु बसे । ठाउँ र परिस्थिति बमोजिम साधारण रुपको व्यापार चलिरहेको थियो । धेरै स्थानिय युवाहरु विदेश पलायन हुनबाट रोकिएर हरप्रकारको व्यापार सानो होजियारी उद्योग, स्कुलका ड्रेस, सिलाई, स्टेशनरी, सेवामुलक प्रेस तथा अन्य प्रकारका व्यापार चलिरहेको समयमा यहाँको स्थानिय कार्यालयका कार्यालय प्रमुख हमेसा केन्द्रीय ,क्षेत्रीय, अञ्चल कार्यालयको निर्देशनमा काम गरी रहेको हुन्छ र छ पनि । व्यापारीको सोच हुन्छ राम्रो संचालन गर्न कहिकतैबाट बाधा अवरोध नआवस्, व्यापार राम्रो चलोस् भनी त्यही व्यापारबाट घर व्यवहार पनि चलेको हुन्छ, रहेको छ ।

नयाँ भवमा पसल राख्न, कोठा सजाउन ¥याकहरु, काउन्टर, टेबुल बनाउन नै लाखौं रुपैया खर्च गरी सकेका हुन्छन् र छन् । यति ठूलो लगानी लगाई भाडामा बसेका व्यापारीलाई साल्ट टे«डिङ्गले खुब सताउने काम गरेको छ । व्यापार छोडेर विदेश जान ठूलो लगानी लगाई सकिएको हुन्छ । बैंकहरुको कर्जा चुक्ता गर्न सकिदैन । साल्ट टे«डिङ्गले वर्ष दुई वर्षमा १० प्रतिशत भाडा बढाउँदै गएको छ । हामीले तिर्दै आएका छौं । भाडा रोकेका पनि
छैनौं । यो हाम्रो साझा सम्पत्ति हो । भाडा नदिए साल्ट टे«डिङ्गको व्यापार पनि चल्दैन । पूँजी बढोस् भन्ने धारणा पनि छ तर साल्ट टे«डिङ्गको सोच बदनियत पूर्ण रहेछ भन्ने कुरा तब थाहा भयो जब हामीलाई पसल एक महिना भित्र खाली गरिदिनु भनेर यहि माघ १७ गते व्यापारीहरुलाई पत्र दिएको छ भने अर्काे तर्फ यहि माघ २३ गते कोठा भाडामा दिन टेन्डर सूचना प्रकासित गरेको छ । भाडा प्रयोजनको लागि बनाएको भवनमा हामी बसेका छौं । कर्पाेरेशनले मागेजति भाडा दिइरहेका छौं ।

तस्वीरः साल्ट टे«डिङ्ग कर्पाेरेशनले सटर भाडामा दिन प्रकाशित गरेको सूचना ।

अझैं नियम बमोजिम बढाएको भाडा हामी दिन मन्जुर रहेको बेलामा घर भाडाको लागि सूचना प्रकाशित गर्नुको अर्थ हो तेस्रो पक्षसित कमिसन दलाली गरी अनैतिक व्यक्तिगत निजि लाभ गर्नु, चोखो अर्थमा घुस लिने र दिने काम उच्च पदाधिकारीद्वारा नै हुनु गर्नु गराउनु भन्ने दुषित भ्रष्ट योजना बनाई स्वदेशमा बसी केही गरौं भन्ने युवाहरुलाई ठगी दुःख दिने उद्देश्यले बनाएका योजनाकार, सहभागी हुने सबैलाई कारवाही हुनुपर्छ भन्ने माग राखेका छन्
व्यापारीहरुले ।

जब आफ्नो घर खाली नै छैन भने प्राकृतिक नियम कानूनले टेन्डर निकाल्न मिल्दैन । सरकारको नीति उद्योगी व्यापारीलाई सुविधा दिएको बेलामा ठीक त्यसको उल्टो काम गर्ने अनुमति कसले किन दियो ? व्यापारीहरुको लगानी बारेमा पनि सरकारले जाँचबुझ गरी भ्रष्टाचारका योजना बनाउने माथि नेपाल सरकार कारवाही गरोस् तर व्यापारीहरुले भाडा दिएको छैन प्राकृतिक कानुन संगत बढेको भाडामा मन्जुर छदाछदै यस्तो षड्यन्त्र हामी माथि किन र कसरी भयो, अपराधी माथि कारवाहीको माग राखेका छन् व्यापारीहरुले ।

पुनः भवन खाली नहुदै किन टेन्डर निकालेको भन्ने प्रसंगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारण निकाल्नु परेको भनिएकोमा घुस दिने खाने दुबै देशका शत्रु हुन् भन्ने कुरालाई मनन गरी यदि भ्रष्टाचार भएको छ यी व्यापारी र साल्ट टे«डिङ्गबाट भने दुबै पक्ष माथि कडा
कारवाही हुनुप¥यो अन्यथा अख्तियारको नाममा जनता व्यापारीलाई दुःख दिने नियत बदनियत हुदा अख्तियारका गुनासा सार्वजनिक हुनुप¥यो । अन्यथा व्यापारीलाई दुःख दिनु पाप र अपच हुनेछ । कानून बमोजिम तोकिएको भाडा दिन सबै व्यापारी तयार रहेका छन् । यस कुरा तर्फ अख्तियार लगायत सम्बन्धित पक्षको ध्यान जानुको विकल्प हुनु हुदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *