कार्यालय छोडी पदाधिकारी काठमाण्डौं

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


महेन्द्रनगर, २७ माघ । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका जिम्मेवार पदाधिकारी उपकुलपति, रजिष्ट्रार लगायतका कार्यालय छोडी काठमाण्डौं जादा विश्वविद्यालयको काम कारवाही प्रभावित बनेको छ ।

पदाधिकारी कार्यालयमा नहुदा समयमा नै प्रकाशित हुनुपर्ने विभिन्न संकाय तथा तहका परिक्षाफल प्रकाशित भएका छैनन् । विश्वविद्यालयको ऐनमा नै रजिष्ट्रार परिक्षा समितिको अध्यक्ष रहने व्यवस्थाले परिक्षाफल प्रकाशन गर्नमा रजिष्ट्रारको दस्तखत अनिवार्य हुनुपर्ने भएकाले तयार रहेका
परिक्षाफलहरु प्रकाशन नभएको कुरा बुझिन आएको छ ।

जिम्मेवार पदाधिकारीको लापरवाहीले गर्दा बिबिए आठौं सेमिष्टर, बिबिएस तृतीय वर्षका परिक्षाफल प्रकाशित हुन सकेका छैनन् जसले गर्दा स्नातक तह उत्तीर्ण भई स्नातकोत्तरतहमा भर्ना हुने विद्यार्थीहरु बढी मारमा परेका छन् ।

विश्वविद्यालयमा हुने यस्ता गैरजिम्मेवार कार्यहरुको सुधारका लागि सूदुर पश्चिमाञ्चल विश्व विद्यालय सुधार संघर्ष समितिले विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

लामो समयदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक लगायतका क्षेत्रमा देखिएको समस्या एवं गतिरोधको अन्त्य गर्न क्रियाशील प्राध्यापक संघ संगठनहरु आन्दोलन गर्न बाध्य भएका छन् ।

विभिन्न समयमा केन्द्रीय क्याम्पसमा प्राध्यापनरत सम्पूर्ण प्राध्यापकहरुले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक एवं आर्थिक पक्षसँग सम्बन्धित विभिन्न समस्याको पहिचान गरी मागगर्दै मागपत्र बुझाए पनि विश्वविद्यालयका उपकुलपति र
रजिष्ट्रार लगायत उच्च पदाधिकारीहरुले बेवास्ता गर्दै जादाँ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको काम कारवाही शिथिल भएको छ ।

विश्व विद्यालयमा क्रियाशील प्राध्यापक संघ संगठनहरुले २०७४ साउनु २९ गतेका दिन संयुक्त बैठक बसी विश्वविद्यालय पदाधिकारीहरु उपकुलपति र रजिस्ट्रारलाई १५ दिने अल्टिमेटम सहितको नौ बुंदे मागपत्र बुझाएको भएपनि हाल सम्म त्यस उपर कुनै सुनवाई नगर्नु तथा विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरको भिमदत्त नगर–१८ मा स्थिापित भए पनि काठमाडौं मोहले २÷४ जना तल्लो तहका कर्मचारी बाहेक उच्च पदाधिकारीहरु लगायत उपकुलपति र रजिष्ट्रार उतै काठमाडौं बस्दा अझै समस्या बढेको छ भने विद्यार्थी तथा प्राध्यापकहरुलाई आफ्नो समस्या समाधानको पहल गर्नपनि गाह्रो भएको छ ।

यसरी कुनै पनि पदाधिकारीहरु बाट संवाद गर्ने व्यवस्था नभएपछि प्राज्ञिक मर्यादालाई कायम राख्दै माघ २४ गते देखि चरणवद्ध संघर्ष गर्ने सु.प.वि.सुधार संघर्ष समितिका अध्यक्ष विरवहादुर सिंह ठकुरीले जानकारी दिनु भएको छ ।

आन्दोलनका कार्यक्रमहरु मा पहिलो दिन माघ २४ गते पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनीक गरिएको हो भने माघ २५ गते ‘गैर जिम्मेवार पदाधिकारी जिम्मेवार वन’ भन्ने कालो व्यानर विश्वविद्यालयका उपकुलपति र
रजिष्ट्रार लगायत सम्पुर्ण पदाधिकारीहरु को कार्यकक्षमा झुण्ड्याइएको थियो । माघ २६ गते देखि २८ गते सम्म सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको दाँया हातमा कालो पट्टी बाँधी आ–आफनो नियमित कार्यमा सहभागि हुने र माघ २९ गते सम्म माग सम्बोधन नभएमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम गर्ने घोषण गरेका छन् ।

तर आन्दोलनका कारण विद्यार्थीको पढाईमा कुनै पनि कमि नगर्ने र पढाईलाई भने सुचारु रुपले अघि बढाउइने कुरा अध्यक्ष ठकुराठीले जानकारी गराएका समाचार प्राप्त भएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *