चमेलियाको उद्घाटन प्रधानमन्त्रीद्वारा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दार्चुला, २७ माघ । प्रदेश नम्बर ७ ले लामो समयदेखि प्रतिक्षा गरी रहेको चमेलिया जलविद्युत आयोजनाको शनिवार औपचारिक रुपमा उदघाटन भएको छ । ११ बर्ष लगाएर निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको प्रधानमन्त्री शेर बहादुर देउवाले शनिवार उद्घाटन गरेका हुन् । प्रधानमन्त्री देउवाले शनिबार बिहान ११ः३० बजेपछि चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गरेको आयोजना प्रमुख अजय कुमार दाहालबाट जानकारी प्राप्त भएको छ ।

चमेलिया जलविद्युत आयोजनाको शनिवार भएको उद्घाटनका लागि चमेलिया क्षेत्र सिंगारिएको थियो । लामो समयको प्रतिक्षापछि निर्माण सम्पन्न भएको चमेलियाको पावर हाउँस क्षेत्रमा सिंगारपटार गरिएको र उक्त क्षेत्रमा फुलहरु समेत रोपिएको थियो । आयोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुन प्रदेश प्रमुख मोहनराज मल्ल लगायत ब्यक्तित्वहरु शुक्रबार नै आयोजनास्थल पुगिसकेका थिए भने आयोजनास्थलमा सुरक्षा ब्यबस्था निकै कडा पारिएको दार्चुला प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले जानकारी दिनुभयो ।

उद्घाटनकालागी प्रधानमन्त्री देउवाका साथै उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा, मन्त्री जयन्त चन्द लगायत मन्त्रालय र बिद्युत प्राधिकरणका उच्चपदस्थ कर्मचारी पनि चमेलिया आएका थिए । हेलिकप्टर मार्फत अतिथिहरु आउँनेभएपछि चमेलियाको आयोजनास्थल बलाँचमा दुईटा हेलिप्याड निर्माण गरिएका थिए । एउटा हेलिप्याड पहिल्यैदेखि बनाइएकोमा अर्को नयाँ हेलिप्याडको समेत निर्माण भएको चमेलिया जलविद्युत आयोजनका प्रमुख अजयकुमार दाहालले बताउनुभयो ।

बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २०६३ पुष देखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले गत पुष महिनादेखी परिक्षण प्रशारण सुरु गरेको थियो । परिक्षणका क्रममा सफल देखिएपछि निर्माण सुरु भएको ठिक ११ बर्षपछि चमेलिया विद्युत आयोजनाबाट बिद्युत उत्पादन भएको हो । चमेलियाको सुरुको लागत साढे ८ अर्ब बाट बढेर करिब १६ अर्ब पुगेको छ भने २०६८ मा सम्पन्न हुनुपर्ने आयोजना बिभिन्न पटक म्याद थप गर्दै ६ वर्ष ढिलो गरी ११ बर्षमा सकिएको समाचार विभिन्न समाचार माध्यमहरुले प्रकाशमा ल्याएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *