निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, २५ माघ । नेपालका अञ्चल अस्पताल, जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा नियमित रुपबाट उपचार हुन नसकिने अवस्थामा विभिन्न स्वास्थ्य निकायबाट डाक्टर तथा प्राविधिकहरुको टोलीले जनतालाई खुसी पार्न र राजनीतिक लाभ समेत लिन सम्बन्धित निकायहरुले स्वास्थ्य टोलीहरु देशका विभिन्न ठाउँहरुमा पठाउने गरेको छ । सामान्य रुपबाट उपचार गरी लाभान्वित हुने गरेका छन् तर यस तरिकाले विरामीले उपचारमा पूर्णता नपाएपनि क्षणिक रुपमा केही व्यक्तिहरुले सुविधा पाएको देखिन्छ ।

बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन गरिएको दुईदिने रौलाकेदार निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार २०० बढी नागरिक लाभान्वित भएका छन् ।

हाम्रो सुर्नया हाम्रो पहिचान, स्वास्थ्य र समृद्धि हाम्रो अभियान भन्ने
नाराका साथ सुर्नया गाउँपालिका, रौलेश्वर पूर्व विद्यार्थी समाज र शुक्रपथ फाउण्डेशनको संयुक्त आयोजनामा सोमबारदेखि शुरु भएको निःशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको थियोे ।

स्वास्थ्य शिविर संयोजक रिजन मडैका अनुसार एक हजार २ सय ९३ जना प्रत्यक्ष लाभान्वित भएका बताउनुभयो । शिविरमा जनरल फिजिसयन, स्त्रीरोग सेवा, दन्त सेवा, ल्याब सेवालगायतका सेवा प्रदान गरिएका थिए । जसमा स्त्रीरोग सेवा २१० जना, दन्त सेवा १४१, नाक कान घाँटी ३५ जना, स्वाशप्रश्वास सम्बन्धी १२२, ग्याष्ट्रिक १५५ जनाले सेवा लिएको बताइएको छ । यस्तै अल्ट्रासाउड सेवा ५४ जना, प्रयोगशाला १२८ र ५४७ जनाले अन्य स्वास्थ्य सेवा तथा परामर्श लिएको मडैले बताउनुभयो ।

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनु भयो । सुर्नयामा निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा लिन पाएकोमा नागरिकले खुशी व्यक्त गरेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *