कारागारमै औपचारिक शिक्षा पूरा गर्दै कैदीबन्दी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, २७ माघ । परिवर्तन संसारमा पहिलेका जेलहरुको अवस्था भयावह स्थितिको हुन्थ्यो । जेलमा पर्ने वित्तिकै ठूलो अपराधीको रुपमा जातो पिसाउने लगायतका ठूला ठूला जोखिमपूर्ण कामहरु समेत गराई हत्कडी र नेल लगाई राख्ने क्रुर व्यवस्था थियो । विस्तारविस्तारै सुधारिदै जादा कारागारलाई सुधार गृहकै रुपमा लिने गरिएको छ । त्यसभित्र हरकसैले अध्ययन गर्ने मौका समेत पाएको देखिन्छ ।

औपचारिक अध्ययन पूरा गर्न नपाएका नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन् ।

कारागारमा रहेका कैदीबन्दीमध्ये धेरै विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताउनुभयो । पहिले अध्ययन गरिरहेकाहरुले निरन्तरता दिएको तथा लामो समयदेखि पढाइ छाडेकाहरुले समेत अहिले सुरु गरेका छन् ।

कैदीबन्दी विद्यालय र कलेज तह दुवैमा अध्ययनरत छन् । जेलर केसी भन्नुहुन्छ, ‘बाहिर हुँदा विभिन्न काम र पेशाले गर्दा पढ्न नपाएकाहरु पनि यहाँ फुर्सद हुँदा पढ्न थालेका छन् ।’ कारागार प्रशासनले पनि कैदीबन्दीलाई फुर्सदमा बस्नभन्दा सीपमूलक काम र अध्ययनमा लाग्न प्रोत्साहन गर्दै आएको छ । कारागारमा रहेका १९ कैदीबन्दी अहिले एसइइ परीक्षाको तयारी गर्दै छन् । प्रवेशिका परीक्षामा वर्षेनी झण्डै यही
हाराहारीमा विद्यार्थी संलग्न हुने गरेका छन् । कारागारमा अध्ययन गर्न चाहनेहरुका लागि विद्यालय छ ।

विभिन्न तहमा अध्ययन गर्नका लागि कारागार प्रशासनले बन्दोबस्त मिलाएको छ । यहाँ रहेका कैदीबन्दी पनि शिक्षक रहेको जेलर केसी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पढाउन सक्ने र पढ्न चाहने दुवै यहीँ भएकाले हामीले वातावरण मात्रै मिलाउने हो ।’
कारागारमा झण्डै ८ सय कैदीबन्दी छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *