‘मनी, मसल र म्यानपावरको दुरुपयोग बढ्यो’

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, २६ माघ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले नेपालमा आफुलाई बलियो बनाउन ‘मनि, मसल र म्यानपावर’को दुरुपयोग हुने गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंको मनमैजुमा पुनःस्थापकीय स्रोत केन्द्रको उद्घाटन गर्दै प्रधानन्यायधीश पराजुलीले भने, ‘यहाँ विधिको शासन कमजोर बनाउने खेती चलिरहेको छ, ‘बनमारा’ मौलाउन खोज्दै छ हामी होसियार हुनुपर्छ ।’

नेपालमा सशस्त्र द्वन्दको अन्त्य पछि पनि द्वन्दको खेती गर्नेहरु र ‘हुंकार दिनेहरुको जमात’ बढेको दाबी गर्दै प्रधानन्यायधीश पराजुलीले भने, ‘कसरी मिठो बोल्न सकिन्छ भनेर त्यस्ता गलत रवैयाका मान्छेहरुलाई पनि पुनः स्थापकीय न्याय सिकाउन जरुरी छ ।’

भदौ १ गतेबाट अपराध घटिसकेपछि कसरी सजाय गर्ने भन्ने बारेको नयाँ संहिता आउन लागेको उनले खुलासा गरे । कार्यक्रममा न्यायाधीश सपना प्रधान मल्लले पीडकलाई क्षतिपूर्तिको लागि जिम्मेवार बनाउँदै गर्दा उसको क्षमता के छ भन्नेबारे पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै पीडित पक्षलाई कस्तो क्षति पुगेको छ भन्ने बारे हेर्नुपर्नेमा जोड दिइन् ।

‘पीडितलाई सामाजिक न्याय प्रणालीमा कसरी समावेश गराउने र पीडकलाई कसरी सुधार्ने भन्नेतिर हामी सबै लाग्नुपर्छ’ न्यायाधीश मल्लले भनिन्, ‘हामी बलात्कार बढ्यो मात्रै भन्छौं तर त्यसबारे शिक्षा दिन सकेका छैनौं, शिक्षा दिनेतिर हाम्रो ध्यान किन पुगेन ?’ भन्ने समाचार समाचार माध्यमहरुले प्रकाशमा ल्याएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *