७ नं. प्रदेशको सुङरकोट, एक झलक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–पृतबहादुर विष्ट । संघिय राज्य अन्तर्गत बैतडी पाटनको सूर्नायागाडको तटवर्ती दक्षिणोपरि किनारमा अत्यन्त सुन्दर रमणीय सुङरकोट राज्यको स्थापना भएको मानिन्छ । प्राचिन अभिलेखहरुमा सो राज्यको स्थापित तिथिमिति नभएपनि इतिहासविद् योगी नरहरिनाथका अनुसार पश्चिमतिरका बाइसी राज्यको नेतृत्व डोटी राज्यले गरेको थियो र यो सुङरकोट राज्य डोटी राज्यकै एउटा सानो उपराज्यका रुपमा स्थापना भएको हो । यस्ता उपराज्यहरु सुदूरपश्चिमी क्षेत्रमा अनेकौं थिए र तिनमा स–साना बोटे राजाहरु शासन गर्ने गर्दथे भन्ने कुरा यस्ता कयौं कोटहरुले स्पष्ट पारेको छ । तत्काल डोटी राज्यका शासक राजा निरपालले आफ्नो पश्चिमी सीमा महाकाली नदी सम्म विस्तारित गरेको तथ्यले अन्य राजारजौटाहरु यिनको मातहतमा बोटे राजाको रुपमा कार्य गरेको कुरा स्वीकार गर्न सकिन्छ ।

तत््काल डोटी राज्य कमजोर रहदाको अवस्थामा बाइसी राज्यको नेतृत्व जुम्ला राज्यले गरेको थियो । डोटी राज्यको सीमा पश्चिम कुमाउ र गडवाल सम्म फैलिएको रहेछ ।

उभय मल्लको ताम्रपत्रलाई हेर्दा संबत १९२८ मा डोटी राज्यले कर्णाली सिञ्जा राज्यका संस्थापक राजा नागराजका अधिनस्थ कतिपय राज्य प्रदेशहरुलाई आफ्ना अधिनमा राखेको कुरा भेटिन्छ । कर्णाली प्रदेशमा तत्कालिन सिञ्जाली राज्य निकै बलियो रहेको तथ्य इतिहासमा भेटिन्छ । सेती महाकालीमा भने डोटी राज्यले नै आफ्नो हैकम जमाएको र कुमाउँका बिच पटकपटक युद्ध भइ गढवालसम्म सीमा विस्तार गरेको इतिहास भेटिन्छ । डोटी कमजोर रहेपछि गडवाल र कुमाउ राज्य स्वतन्त्र भएका थिए । पछि नेपाल एकिकरणमा समाहित भए । सुगौली सन्धी हुनुपूर्व नेपालको सीमाना पूर्वमा टिष्टा नदि पश्चिममा सतलज नदीसम्म रहेको
थियो ।

एकिकरण पूर्व पश्चिमी बाइसी राज्य र सो अन्तर्गत तथा उपराज्यहरु डोटी राज्यको मातहतमा रहेकाले यसको परिधिमा पाटन सुङरकोट उपराज्य स्थापना भएको कुरा स्वीकारिन्छ ।

प्रमाणिक अभिलेख फेला नपरेपनि डोटी राज्य अन्तर्गत पर्ने उपराज्यका रुपमा रहेको पाटन बैतडीको सुङरकोट भन्ने ठाउँमा तत्कालिन राजा खिपचनले राज्य स्थापना गरी शासन चलाएको कुरा जनमानसमा व्याप्त छ । सुरुमा राजा खिपचनबाट किल्ला निर्माण भएको र दरबार निर्माण गरी शासन संचालन गरेको स्थानिय बुढापाखा श्रुतानश्रुत प्रमाणको आधारले भन्ने गर्दछन् । भिरालो चट्टानमा मजबुद दरबारिया किल्लाका अवशेषहरु अझै बाँकी छन् ।

ऐतिहासिक विषयवस्तु (प्राचिन शिलालेख, ताम्रपत्र आदि) को अभावमा राज्य संचालन परम्पराका विषयमा यसै भन्न सकिन्न ।

सुङरकोट दरबार मजबुद आकर्षक र सुन्दर शैलीमा निर्माण भएको देखिन्छ । यसका चारैतिर सुरक्षित घेर पर्खाल निर्माण भएको दरबारको रुपमा रहेको चट्टान बलियो शिवलिङ्गकार छ । यसका झ्यालढोका, भ्यान्टीलेसनका लागि स–साना प्वालहरु देखिन्छन् । यसको भित्रि सतह अवलोकन गर्न त्यत्ति सहज छैन तापनि बैठक कोठा, सभाकक्ष, भोजनालय, शयनकक्ष, विश्राम कक्ष, सुरक्षा सल्लाहकार, राजकर्मचारी आदि बन्दोबस्तका लागि मिलाएको देखिन्छ । किल्लाभित्रै राजकर्मचारी आवास निर्माण गरेको देखिन्छ । शत्रु हमलाबाट बच्न पर्खालको बन्दोबस्त मिलाएको छ । दरबार भित्रबाटै सुर्नया नदिमा आवतजावत गर्ने मार्गहरु भेटिन्छन् । त्यही बाटोबाट राजपरिवार नदिमा स्नानक्रिडा गर्ने व्यवस्था मिलाएको रहेछ ।

किम्बदन्ती अनुसार राजा खिपचन सुर्नया गाडमा पौडी खेली रहेका अवस्थामा उनको हातमा सुन्दर कालो लामो रौं बेरिन पुगेछ । यसो हेर्दा सुनौला लामो यति सुन्दर रौं भएकिको रुप रंग कस्तो होला हेर्न पाए हुन्थ्यो भन्ने लागि आफ्ना सिपाही दुतहरुलाई उक्त कन्याको खोजीमा पठाए । खोजीको क्रममा उक्त कपाल भएकी कन्या नभई विवाहित महिला रहिछन् । उनलाई राजा कहाँ उपस्थित गराई सोधपुछ गर्दा भण्डारी कि छोरी कठायत कि पत्नी भन्ने व्यहोरा खुल्न आयो । राजा ज्यादै अप्यासी र कामुक थिए । उनले आफ्नो विवेक हराए र जबरजस्ती रुपमा पत्नी बनाई दरबारमा राख्ने इच्छा गरी सतित्व नष्ट गरी दिए । यसरी राजा खिपचनबाट जबरजस्ती सतित्व नष्ट भएपछि महिलाले आत्महत्या गरी प्राण त्याग गरिन् ।

यसरी राजाले जबरजस्ती सतित्व नष्ट गरेको र आत्महत्या गर्नुपरेको कुराको स्वराड क्षेत्रमा चारैतिर घोर विरोध भयो । विष्ट, भण्डारी, कठायत, ऐरी (चौरढया) हरु प्रमुख विरोधीका रुपमा रहेका र सबैले सो घटनाको विरुद्ध आवाज उठाए ।

संयुक्त रुपमा राजा खिपचनको सुङरकोट दरबारमा हमला गरी राजासहित राजपरिवार हताहत भएको कुरा त्यहाँका बुढापाखाहरु भन्ने गर्दछन् ।
राजा खिपचन कि एउटी रानी तत्काल दरबार बाहिर रहेकिले उनी भागेर तल्लो स्वराडमा पुगिन् । रोडीदेवलमा उनको गर्भबाट छोराको जन्म भयो । त्यहाँका मान्छेले उनको बसोबासको व्यवस्था मिलाए । रोडा भन्ने स्थलमा रोडियाको रुख मुनि बालकको जन्म भएकाले उनको नामाकरण रोडयाल राखियो । सोही दिन देखि तिनका सन्ताहरुलाई अध्यावधिसम्म रोडमालको संज्ञा दिइन्छ । सुङरकोट राज्य सम्बन्धि शिलालेख, ताम्रपत्र इत्यादि ऐतिहासिक दस्ताबेजको अभाव भएपनि सुर्नया गाडको किनारामा स्थित सुङरकोट दरबारका भग्नावशेष, कोट, किल्ला, दुर्ग हालसम्म पनि हेर्न देख्न पाइन्छ र स्थानिय बुढापाखाहरु जनश्रुति श्रुता न श्रुत प्रमाण र किम्बदन्तीका आधारमा राजा खिपचन उदयदेव बरो भन्ने गर्दछन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *