स्थानीय निकाय हुनु उत्तम छ प्रदेशहरु हुनु ठीक छैन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

ग्रामीण विकासको लागि नगरपालिका, गाउँपालिकामा दिएको अधिकार एकदम राम्रो छ तर प्रदेशहरु हुनुभन्दा त्यसको अधिकार जिल्ला समन्वय समितिलाई दिएको भए सुलभ र छिटो जनसेवा पुग्ने थियो ।

नगरपालिका र गाउँपालिकालाई दिएको अधिकार प्रयोग गर्दा सबै विभागका विज्ञहरुलाई राख्नु बरु बेस थियो । साविकको क्षेत्रीय प्रशासन कार्यालयमा क्षेत्रीय योजना आयोग भई दिएको भए अनावश्यक आर्थिक भार कम हुनुको साथै अधिकारको नाममा केन्द्रको र स्थानिय स्तरमा कलह न्युन हुने थियो । नियम कानुन बनाउँदा व्यवस्था परिवर्तन गर्दा जनतालाई कसले सोधेको छ र ? तिनकै ३÷४ जना नेताहरुको व्यक्तिगत परदेशी विचार नेपाली जनता माथि लादियो, चलाउने आजका नेताहरु नै हुन् । जसले यो वर्तमानको व्यवस्था ल्याए ९० प्रतिशतको समर्थन देखाई गरिएको परिवर्तनले भाबी रुप कस्तो लिने हो जस अपजस जनताले लिएपनि जनताले चुनेका ६ सय १ जना महानुभावहरु मध्ये ३÷४ जनाले अवश्य लिनुपर्ने छ ।

हाम्रो भनाई त केवल यत्ति मात्र हो कही पुनः एकिकरणको लागि पृथ्वीनारायण शाह जस्ता राष्ट्र निर्माताको जरुरत नपरोस् भन्ने मात्र हो । अझै समय छ सामाजिक विकृति जस्तै वर्षभरी गाईको दूध खाई मध्यरातमा सबै सुतेको बेलामा थागेका गाईलाई सडक बजारमा छोड्नु र त्यसपछि गाई गोरुलाई पशु कारागारमा पु¥याई मार्ने मराउने काम गर्नु जस्तो कि चम्फापुरको उत्तरतर्फको खोलामा बनाएको कारागार । कही पेटभरी खान नपाउने पशु कारागार छन् भने कही सजायरुपी कारागार जहाँ केवल मर्न मार्नको लागि मात्र स्थापना भएका छन् । घाँस पानी नदिदा प्राणी हुन् स्वतः मृत्यु हुन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *