नेपाल आमाको मूर्ति स्थापना गरिने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, २० माघ । कञ्चनपुर जिल्ला पनि परापूर्वकाल देखि नै देवीदेवताहरुको ऐतिहासिक बासस्थल रहेको छ । कञ्चनपुरमा घना वनजंगलको कारण र बस्ती कम भएको हुदा त्यति प्रचलन थिएन, तैपनि सिद्धबाबा, सिद्धनाथका मन्दिरहरु ब्रह्मदेव मण्डीमा अवस्थित थिए । विस्तारविस्तारै जब पहाडी क्षेत्रबाट बसोबास सर्दै आए र त्यहाँ सरी आउने मानिसहरु द्वारा देवीदेवताको खोजविन हुदै जादा भारत तर्फ पूर्णागिरी मातामो मन्दिर टनकपुर भन्दा माथि रहेकाले त्यहाँ दर्शन गर्न आउने नेपाली तथा भारतीय भक्तजनहरुको घुँइचो लाग्न थालेको करिब ४०÷४५ वर्ष जति भयो ।

यस्ता देवस्थलहरुको खोजविन गर्दा साविक महेन्द्रनगर नगरपालिका रौटेलास्थित बैजनाथ धाम र साथै रहेको विष्णु धाम फेला परेका थिए । हाल विष्णु धाममा योगी नरहरि नाथको संयोजकत्वमा महायज्ञ लगाई चौथो धामको रुपमा स्थापना
गरिएको थियो ।

तस्वीरः भम्केनी धाम, कञ्चनपुर ।


त्यसैगरी भम्केनी धाममा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजजीको कठोर तपस्या द्वारा भम्केनी धामको स्थापना भएको थियो । सो स्थापना कालमा सुदूरपश्चिमका सबै जिल्लाका तर्फबाट बनिने नौ कुण्डहरु तयार भइरहेका छन् । सु.प.क्षेत्रकै प्रतिनिधित्व भएकाले र पौराणिक काल देखि यो क्षेत्रमा कुण्डहरु रहेको हुदा बढी ऐतिहासिक महत्व बोकेको क्षेत्र हो ।

महाकाली शारदापीठ जगतगुरु आश्रम भम्केनी धाममा यही माघ २२ गते सोमबार देखि फाल्गुन ४ गतेसम्म राष्ट्रभक्ति जागरण महाअनुष्ठान २०७४ को द्वारा विभिन्न धार्मिक कार्यक्रम तथा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति स्थापना गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा नेपाल तथा भारतबाट बढी संख्यामा भक्तजनहरुको उपस्थिति रहने कुरा उल्लेख
गरिएको छ ।

नेपाल आमाको मूर्ति स्थापनार्थ नेपाल अधिराज्यभरीका सम्पूर्ण जिल्लाहरुको भ्रमणपश्चात् जगतगुरु यही माघ १७ गते महेन्द्रनगर आई संकलन गरिएका तामा लगायतका अष्टधातुहरु अधिराज्य भरीबाट सङ्कलन गरी भम्केनी धाममा पु¥याई सकिएको छ । धाममा नै कारिगरहरुद्वारा मूर्ति ढलान गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति स्थापना गरिने कुरा जानकारीमा आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *