साल्ट ट्रेडिङ्ग महेन्द्रनगरको आतंक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, २० माघ । समय समयमा विगत वर्ष देखि नै साल्ट टे«डिङ्ग कर्पाेरेशन महेन्द्रनगरले व्यापारीहरुलाई व्यापारिक सटरहरुलाई तीन ब्लक गरी भवन बनेकै दिनदेखि टेन्डर निकाली बडाबड द्वारा भाडामा लगाएकोमा हरेक वर्ष भाडा बढाउने काम गरिरहेको र बढेको भाडा समेत व्यापारीहरुले दिदै आएको कुरा जानकारीमा आएको छ ।

हालै मात्र माघ १७ गते तीन ब्लकका सबै व्यापारीहरुलाई एक महिना भित्र घर खाली गरिदिने भने पचात्रार गरेको छ । व्यापारीहरुले इमानदारीपूर्वक भाडा साल्ट ट्रेडिङ्गलाई बुझाउँदै आइरहेका र हरेक वर्ष १० प्रतिशत भाडा बृद्धि समेत दिदै आइ–रहेकामा यसरी घर खाली गरि देउ भनी पत्र दिनु कुनै पनि प्राकृतिक नियम संगत छैन ।

आफ्नो व्यापारिक भवन नभएर व्यापारीहरु साल्ट ट्रेडिङ्गको अनुरोधमा समेत भाडामा बसि व्यापार गरिरहेका बेला आफ्नो बैंकिङ कर्जा समेतको पूँजीबाट व्यापार चलाइ आएका व्यापारीहरु त्यसै त मन्द व्यापारले नोक्सानीमा छन् भने झन् समय–समयमा केन्द्रीय कार्यालयको आदेश यस्तै छ भनी घर खाली गरिदेउ भनी समस्त व्यापारीहरुलाई आतंकित तुल्याउने काम गरिरहेको छ ।

यसबारेमा के गर्ने भनेर यही शुक्रबार व्यापारीहरुले यस्तो नगर्नुस् भनी कार्यालय प्रमुख सित आग्रह गर्दा हाम्रो हातले केही हुदैन माथिबाटै भएको निर्देशन हो भन्ने जवाफ प्राप्त भएको छ भनी भुमिराज हार्डवेयरबाट जानकारी प्राप्त भएकोमा यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । आफ्नो नियमित बुझाउनु पर्ने बाहल कर नियमित बुझाइरहेको बेला अनेक बाहना खोजेर घर खाली गर भन्नु उपयुक्त छैन । यदि एउटा व्यक्ति हुन्थ्यो भने उसलाई जहाँसुकै पनि अर्काे घर भाडामा लिन सजिलो हुन्थ्यो तर यत्तिको सामान लगेर व्यापारीहरुले कहाँ कुन ठाउँ जाने हो ठाउँ नदिएसम्म व्यापारीहरु घर छोड्न बाध्य नहुने कुरा व्यापारी वर्गबाट जानकारी प्राप्त भएको छ ।

यदि व्यापारीहरु आफुले केही कमिकमजोरी भएको भए भन्नु प¥यो तथा घर बाहलको हकमा घर बहाल नियमावली अनुसार चल्नुपर्ने र अर्काे कुरा यो साल्ट टे«डिङ्ग भवन सार्वजनिक हो, सार्वजनिक रुपमा प्रयोगमा ल्याउनुपर्छ । यसको मतलब यो होइन कि एउटा पक्षलाई दुःख दिएर अर्काे पक्षलाई पोषण गर्ने हुनै सक्तैन ।

आज नेपाल सरकारले नेशनल टे«डिङ्ग कर्पाेरेशनलाई खारेजी गरी सम्पत्ति नेपाल सरकारको नाममा कायम गरिएको छ । त्यस्तै साल्ट टेङिङ्ग पनि हो । जनतालाई व्यापारिक दृष्टिकोणबाट सुविधा होस् भनेर स्थापना गरिएको र सञ्चालनको लागि आर्थिक कमिकमजोरी नहोस् भनेर मात्र भवन निर्माण गरी भाडामा दिने प्रचलन रहेको पाइन्छ । यसरी जनताको सम्पत्तिमा कर्पाेरेशनले भने बमोजिम कुनै अटेर नगरेर चलिरहेको अवस्थामा आतंकित तुल्याउनु नियम संगत छैन भन्छन् भन्छन् त्यसमा कारोबार गर्ने व्यापारीहरु ।

यसमा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ तथा वाणिज्य विभागले व्यापारीहरुको बारेमा उचित निर्णय गर्नुपर्छ अन्यथा सबैलाई अप्ठ्यारो नपर्ला भन्न सकिदैन ।

यो षड्यन्त्र कहाँबाट कसरी किन भइरहेको छ भन्ने कुराबाट पनि व्यापारीहरु अनविज्ञ छैनन् । जसको षड्यन्त्र र प्रलोभनमा साल्ट टे«डिङ्ग फसेको भएपनि अझै उम्कने मौका बाँकी रहेकाले समयमै साल्ट ट्रडिङ्गले आतंक रोक्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *