प्रदेश ७ मा माघ २७ मा सभामुख निर्वाचन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धनगढी, २० माघ
प्रदेश ७ को पहिलो बैठकले सभामुख चयनको मिति तोक्ने भएका छन् । प्रदेश ७ को आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै सभामुख चयनको मिति तोक्ने कार्यसूची तयार गरिएको हो ।
प्रदेश ७ को पहिलो बैठकको कार्यसूचीमा २७ गते सभामुखको चुनावको मिति तोक्ने विषयमा छलफल हुनेछ । बैठकले यो मिति पारित गरे २५ गते नामावली प्रकाशित गरी २७ गते सभामुख चयन हुने सांसद दुर्गा विकले जानकारी दिइन् ।
यस्तै प्रदेश ६ को पहिलो बैठकका लागि तयार गरिएको कार्यसूचीमा पनि सभामुखकै एजेण्डा मुख्य रहेको छ । प्रदेश ६ को सभामुख चयनका लागि २९ गते चुनावको मिति तोक्ने तयारी
गरिएको छ
२९ गतेको मितिका विषयमा पहिलो बैठकमा छलफल हुने प्रदेश ६ को सांसद सचिवालयले जनाएको समाचार विभिन्न सञ्चार माध्यमहरुबाट प्रकाशमा आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *