नेपालले किन कमजोर महसुस गर्छ ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दोस्रो खतराका संकेतहरु

– बलदेव अवस्थी । पहिलो दुखदायी खतराको विउ रोपियो भुटानको जनतालाई देश निकाला थियो । अन्तमा आफ्नो मातृभुमि नेपाली भाषाभाषी बोल्ने भुटानीहरु नेपाली प्रजातन्त्रवादी नेताहरुको बदनियतबाट भुटान निष्कासन भए २०४७÷४८ सालमा । अन्तमा भुटानीले शरणार्थीको रुप लियो । फलस्वरुप उनीहरुको अप्रत्यक्ष मानव खरीद विक्रीको रुप लियो । प्रलोभनको बाध्यता समेतको उपस्थिति गराई संयुक्त राष्ट्र संघ कै सदस्य देशको सहभागितामा एसिया महादेशमा नै बस्ने ठाउँ दिएन । अमेरिका लगेर गए एक लाख भुटानीहरुलाई । पाठक वर्ग तपाईलाई तपाईको देशबाट निष्कासन गराउँदाको पिडा कस्तो होला । दासत्व जीवन विताउन लगायो भने झन् कस्तो होला ? आफ्नो आत्मालाई सोधौं है त ।

नेपालमा मानव अधिकारको कुरा कस्तो उठेको छ र कसरी दुरुपयोग भएको छ त्यो पनि गहन अध्ययनको विषय बनेको छ । नेपाली नेता पार्टीहरुले एकपटक कुरा उठायो । अन्तमा छोडी दिएकाले भुटानीले दुःख पायो । आज दार्जिलिङमा स्वाधिनता आफ्नो अधिकारको लागि भएको संघर्षमा सैनिक हस्तक्षेप भई नेपाली बोली बोल्ने नेपाली ड्रेस लुगा लगाउने माथि दमन भइ रहेको छ । हालै हाम्रा केही राजनीतिक पार्टीले भारतको विरोध तथा दार्जिलिङको स्वतन्त्रताको लागि काठमाण्डौंमा भारतीय राजदुतावासमा विरोध पत्र बुझाएका छन् । यदि भुटानी शरणार्थी अथवा भुटानमा प्रजातान्त्रवादीहरुलाई समर्थन गरेझैं गर्ने हो बिचैमा आवाज उठाई छोड्ने हो भने दार्जिलिङबाट नेपाली भाषाभाषी बोल्ने नागरिकहरुलाई शरणार्थी बनाई नेपाल नपठाउन् । दार्जिलिङमा केवल बंगालीहरु अटाउन यी खेलहरु भइ रहेका त छैनन् ।

यस कुरा तर्फ नेपालका राजनीतिक पार्टीहरुले विशेष ध्यान पु¥याउनु पर्ने देखिन्छ । मुखले बोली दिन सजिलो हुन्छ । काम कुराले नेपाली नेताहरु घरपरिवारका मात्र भाले हुन्छन् विदेशीहरुको सामुन्नेमा सर्माउँछन् । मुखले ग्रेटर नेपाल भन्दछन् सत्तामा जादा सुगौली सन्धिलाई विउझाउँन खोज्दछन् । जस्तो कि महाकाली सन्धीको नाममा सुगौली सन्धी जीवित गराएका प्रयत्नहरु भएका छन् । महाकाली पश्चिमको विशाल नेपालको हिस्सा गुमाउनमा सहीछाप गरेका छन् । आनसानमा मुसाको झैं दुलो भित्र लुक्छन् । घर भित्र भने नेपाल निर्माता पृथ्वीनारायण, राजा महेन्द्र, कवि भानुभक्त लगायतका शालिकहरुमा घन प्रहार गरेका छन् । धन्य वर्तमानका नेपाली बहादुरहरु हो ! मुखले हल्ला गर्ने कामले नेपाली लालपूर्जा भएको जमिन भारतलाई दिने कस्तो विडम्बना वर्तमानका नयाँ नेपालका नेताहरुको । हो मान्नुपर्छ नेपाल भारतको सीमा नदिले या अन्य बाढी पहिरोले वारी पारी गएको होला । ठीक हो पुरा सीमा निरिक्षण गरी सकेपछि कुल जमीन कति नेपालतर्फ आएको छ कति भारततर्फ तुलना गरी अन्तमा मिलाउने सहमति समझदारी २०४२ तर्फ भएको थियो । त्यसबेला पनि दुबै देशको विज्ञ टोली काम गर्दै थियो । प्रजातन्त्र ल्याई माग्न भारत सित सप्रेका नेताहरुले राजसंस्था कमजोर पार्न नाकाबन्दी लगाई माग्यो । अंग्रेजहरुले नालापानीको किल्लामा गएको पानीको मुहान सुखाएझैं ग¥यो र आज हाम्रो नेपाल नयाँ नेपाल हुदैछ । बाइसे चौबिसे राज्यको पुनरबाहली, भाषा भेषभुषा माथि आक्रमण हुदैछ । हामी अगाडी होइन कि पछाडी फर्कदैछौं ।

नेपालले कमजोर महसुस गर्नुपर्ने कुराहरुमा आफ्ना पूर्खा माथि आक्रमण गर्नु, एकता माथि अनेकता ल्याई देशमा खलबली मचाउन देशका जनता, पार्टी पार्टी र पार्टी भित्र अनमेल सिर्जना गर्नु नै नेपाललाई कमजोर पारी सहि दिशा लिन नसक्नु प्रमुख कारण रहेको छ । यदि देश भित्रका सबै शक्तिहरु मिलेर एकता प्रर्दशन गरियो भने संसार नै थर्केको हामी पाउँछौं । जसरी जुन रुपमा भएपनि उत्तर कोरियाले आफ्नो देखावटी नै भएपनि एकता देखाएर शक्तिशाली राष्ट्रहरुलाई तर्साइरहेको छ ।

नेपाल एउटा हिन्दु राष्ट्र भएकाले कसैलार्य तर्साउनु हुदैन यदि एकता प्रदर्शन ग¥यो भने चुम्कबले फलामलाई तानेझैं विश्व मित्रतालाई आफुतिर तानी नेपालले सबैबाट सहयोग पाउन सक्छ । त्यसकारण नेपालीहरुले जुन बारुद र बमका खेलहरु खेल्यो बारुद माथि उत्सव बनायो, मनायो, यो निश्चय नै नेपालको लागि घातक सिद्ध हुनेछ । आज हाम्रा शासक परिवर्तनकारीहरुले नेपाली जनतालाई नयाँ तरिकाबाट दबाइ राखेको छ । सीमित व्यक्तिहरुका विचार बाहेक अरुका विचारहरुको कुनै कदर र मान्यता छैन र नेपालीहरु पनि शक्ति कै भक्तिमा लागेका हुनाले आज आफै सर्माएका छन् । हमेसा यो देशमा यस्तै स्थिति निश्चय रहने छैन तर हाम्रा पूर्खा माथि उहाँहरुको अनजानमा जुन हामी घृणित कार्य गरी उनलाई नै दोष दिइरहेका छौं यो परिवर्तनकारी शासकहरुको लागि पाच्य हुने छैन । तसर्थ हरेक पाइला पाइलामा नेपाली जनताको प्रत्यक्ष जनमत लिनु नै प्रजातन्त्रको द्योतक हुनेछ । देखावटी रुपमा जनताको समर्थन रहेको देखाउने वास्तवमा जनताका कुनै कुरा पनि समर्थन नलिने यदि अध्ययन नै गर्ने हो भने उत्तर कोरियाका शासकहरुको भन्दा हाम्रा शासकमा भिन्नता देखिदैन तर केवल भिन्नता एक मात्र छ कोरियाले शक्ति राष्ट्रहरुलाई थर्काएको हुन्छ भने हाम्रा परिवर्तनकारी नेताहरुले हाम्रा परलोक भइ अमरत्व प्राप्त गरेका महापुरुषहरुलाई थर्काउने गरेका छन् ।

समग्रमा भन्नुपर्दा यदि जुन नेपाली जनता माथिको चिच्याहट, दशवर्षे द्वन्द चलाइयो त्यसैबो सुत्रपात गर्नेहरुले त्यो द्वन्द ठीक थिएन भनी कसैले त्यो पार्टीको नामै बदल्न लागेका छन् भने कोही प्रमुख व्यक्ति जस्तै बाबुराम भट्टराई जस्ताहरुले आफ्नो पद पार्टी परित्याग गरी नयाँ जीवनको खोजीमा गएका छन् । विध्वंशात्मक काम गरिसकेपछि पछुताउनु भन्दा सुरुमा नै सर्तक हुनु वेश देखिन्छ ।

देशमा गरिने विकास निर्माण मात्र जनताको हितकरमा हुन सक्तैन । एउटा आलिशान महलमा बस्नु, चौबिसौं घण्टा अशान्तिमा रमाउनु भन्दा एउटा रुखको फेद मुनि त्रिपाल टाँगेर जीवन व्यतित गर्नु वेश हुन आउँछ । मानव निर्मित संरचनाहरु मानवबाट नै ध्वस्त भएका छन् भने मानवबाट गरिएका राम्रा कामहरु नै मानवबाटै नष्ट पारिएका छन् । प्रमाणको लागि २०४७ सालमा प्रजातन्त्रको पुनर्बहाली गरियो अन्तमा जसबाट पुनर्बहाली प¥यो अन्तमा उसैले निर्ममता पूर्वक खोसेर लग्यो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *