भारत र नेपालले एक–अर्कालाई चिन्न सक्नुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मोदीले नेपाललाई चिनेपनि नेपाली नेतालाई चिन्न सकेन भने नेपाली नेताले मोदीलाई चिन्न नसकेको हो अथवा हाम्रा नव पदाधिकारीहरुको परराष्ट्र नीति ख्याल ठट्टा जस्तो भएको छ । नेपालको वर्तमान अर्थात् २०४७ देखिको परराष्ट्र नीति पार्टीगत रुपमा विभाजन गरिएको छ । विदेश नीतिमा पार्टीहरुको भागबण्डा गर्नुपर्दा नेपालप्रति विदेशको भावना र धारणा अलग अलग प्रकृतिको हुन्छ ।

नेपाल सात नेता (पार्टी) हरुको १२ बुँदे अप्राकृतिक सम्झौता जुन पार्टीको सरकारको उपस्थितिमा भएको हो त्यो पार्टीको सरकार नेपालको संविधान बन्ने बेला सम्म टिक्न सकेन । अर्कै पार्टीले ७० वर्षको अथक प्रयास पछि सरकारमा आयो मोदी सरकार । मोदी नेपालका सच्चा मित्र होइन भन्ने आधार कहिकतै केही छैन । भारत र नेपालको सम्बन्ध देशको नाताले जोडिएको नभई प्राकृतिक मित्रता तथा रक्तको समेत सम्बन्ध रहेकाले प्रगाढ नाता जोडिएको हो । जो कसैले पनि तोड्न सक्दैन । भारतको जन्म हुदा खेरी नै अंग्रेजको पालामा समेत नेपाली तीर्थ यात्रीहरुलाई दुःख नहोस् भनेर हरेक तीर्थस्थलमा लालमोहरिया पण्डा नेपाल सरकारले नियुक्ति गरी राखेकाले कुनै प्रकारको दुःख नभई तीर्थस्थलमा नेपाली तीर्थयात्रीले सम्मान पाएको छ। थप अर्काे कुरा जुन पदमा नेपाल सरकारको सरकारी निकाय, प्रहरी, सेना, शिक्षकमा समेत नियुक्ति पाउनको लागि ठूलो सोर्स फोर्सको खाँचो पर्छ परिरहेको छ भने भारतले सहजै नेपालीलाई सरकारी सेवा, आर्मी, प्रहरी तथा अन्य सरकारी नोकरी दिएर आफ्नै देशका नागरिकको जस्तो व्यवहार गरेको कुरा कसैले लुकाउँदैमा र नेपाली जनतालाई राष्ट्रवाद देखाउने नक्कली अभिनय गर्ने नेता जोसुकै भएपनि धिक्कारका पात्र छन् ।

त्यति मात्र होइन २०४६ पूर्व त राजाको शासन थियो । जनताले सुख दुःख जे पाएपनि सबैको सामु छ तर २०४६ पछि नेपालको बागडोर वर्तमानका नेताहरुकै हातमा रह्यो । के के भयो त्यो अवधिमा पनि नेपालीद्वारा नेपाली मारिए । स्वदेश र विदेश अरवियन देशहरुमा समेत काटिए । हाम्री चेली बहिनी आमाहरु घरेलु कामदार दासदासीको रुपमा रही यातना भोगेको र नेपाली नेताहरुकै बुद्धिले नेपालीले दुःख पाई अपहेलित हुन परेको छ । नयाँ नेपालमा एक इन्च आफ्नै भुमि पनि प्राप्त नगरी झन् औपचारिक रुपले नै गुमाउने गरेका छन् ।

प्रमाण चाहिन्छ भने बीरगञ्जमा नेपालको भुमिमा नेपाली जनताले पूर्खाै पुर्खा देखि कमाएको जग्गा भारतलाई दिएको छ कि छैन । संविधानमा सबै समेटिनु पर्छ भन्नुमा मोदीको दोष केही छैन । राजसंस्था सित भएको सम्झौता कार्यान्वयन गर्नु पर्छ कि पर्दैन । कार्यान्वयन नगरी झगडाको विउ राख्नु नेताहरुको बुद्धिमता होइन । भारतप्रति जति चिडिए नेताहरु त्यति असफल हुनेछन् र जनताले त्यति नै दुःख पाउने हुदा नेपाली जनतालाई अब नेताहरुले दुःख दिने कार्यमा मद्दत गर्नु उपयुक्त छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *