माओवादी शिक्षकहरुको प्रथम प्रदेश सम्मेलन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, १३ माघ । शनिबार नेकपा माओवादी केन्द्रको भातृ संगठन एकिकृत अखिल शिक्षक संगठन कञ्चनपुरले आफ्नो प्रथम प्रदेश सम्मेलन गरेको छ ।

बाजागाजा साथमा ल्याएर शिक्षकहरुको ठूलो जुलुसले महेन्द्रनगर बजारका गल्ली गल्ली चहार्दै आफ्नो प्रथम प्रदेश सम्मेलन मनाएको छ ।

यस देशको विडम्बना के भने जसलाई जुन काम ठेकिएको छ त्यो काममा कमजोरै भएपनि अर्काको दायित्वमा रहेको काम कारवाहीमा भने सुप्रिम हुने देखिएको छ । सरकारी विद्यालयका शिक्षकहरुले विद्यालयलाई नियमपूर्वक सञ्चालन गर्न नसकेको भन्ने कि अध्ययन गराउन नसकेको के हो सरकार र शिक्षकहरुलाई त्यसबारेमा जानकारी रहेको हुनुपर्छ ।

तस्वीरः नेकपा माओवादी केन्द्रसँग आबद्ध शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनको महेन्द्रनगर बजारमा निकालिएको ¥याली ।

द्वन्दकालको समयमा माओवादी आन्दोलनमा ठूलो योगदान पु¥याएका शिक्षकहरु कै नाताले हो कि किन हो खासै बुझ्न नसकिएपनि हरेक पेशागत संघसंगठनहरु आफ्नो पेशाको संरक्षणको लागि जोर गरिरहेका हुन्थे भने आजको यो प्रदेश सम्मेलनमा शिक्षकहरुले माओवाद जिन्दावाद भन्दै नारा घन्काइरहेका थिए मानौं माओवादीका प्रत्यक्ष कार्यकर्ता हुन् भनेझैं देखिन्थे । हो आफ्नो पेशागत हकहितको लागि संघसंगठन खोल्नु निश्चियपनि राम्रै हो तर आफ्नो हकहितको लागि भन्दा पनि पार्टीको हकहितको लागि काम गर्नु र पार्टीहरुले यदि विदेशीहरुको हकहितको लागि लड्ने हुन् भने नेपाली जनता ओझेलमा नपर्लान् भन्न सकिदैन ।

महेन्द्रनगर स्थित मदनचौकको भेटघाट चौतारीमा कानेखुसी गरिरहेका थिए अब अरु शिक्षक संगठनहरु सखाप भए, माओवादी पार्टीले अगाडी बढ्न नसकेपनि उससँग सम्बन्धित शिक्षक संगठनले प्रगति गरेको छ । जिल्ला भरीका शिक्षकहरु पार्टीको नारा लगाउँदै बाजागाजाका साथ महेन्द्रनगर
बजारका गल्लीहरु चहारेको देख्दा अचम्भित रहेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *