प्रदेशको राजधानी दिपायल माग्दै सांसद धर्नामा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिपायल, १२ माघ । २०३७ सालमा राजा वीरेन्द्रको बैतडीको पाटनमा भ्रमण हुदा पाँचौ विकास क्षेत्रको लागि उपयुक्त ठाउँ मागेको थियो । त्यसबेला जिल्ला सभापति वीरभद्र जोशी तथा सबै जिल्लाका जिल्ला सभापतिहरुको बैठक बसी पाँचौं विकास क्षेत्र बैतडीको पाटन, बैतडीकै वित्थड, डोटीको दिपायल, यी तीन ठाउँमध्ये एक ठाउँको लागि उययुक्त छ भनेर राजामा विन्तिपत्र चढाएका थिए ।

त्यसपछि जानकारीमा आएअनुसार राजा वीरेन्द्रले भौगोलिक तथा सामाजिक विशेषज्ञहरुलाई उक्त कार्यको लागि उपयुक्त ठाउँ छान्न आफ्नै साथमा लगि वित्थड लगायतका तिनै ठाउँमा राजा वीरेन्द्र स्वयं गएका थिए । वित्थडमा खास गरेर त्यसबेला पानीका श्रोत कम भएको, एकदम जंगलकै बीचमा हुदा विकास गर्न त्यति उपयुक्त नहुने भन्ने विज्ञहरुको सुझाव अनुसार डोटीमा उपयुक्त देखिएकाले डोटीको दिपायललाई नै सदरमुकाम कायम गरिएको थियो ।

७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै ३१ दिन देखि चलीरहेको आन्दोलनमा समर्थन जनाउदै प्रदेश सांसद भरत बहादुर खड्का धर्नामा बसेका छन् ।

क्षेत्रिय प्रशासन कार्यलयको राजपुरको गेट अगाडी आन्दोलनकारी सँग सहमति जनाउदै खड्का धर्नामा बसेका हुन् । माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनलाइ सफल पार्न आन्दोलनको स्वरुप परीवर्तन गरिएको भए पनि जिल्ला प्रशासन कार्यालय र क्षेत्रिय प्रसासन अगाडी धर्ना दिने कार्यक्रम चलिरहेका छन् । सरकारले माघ ३ गते ७ नम्बर प्रदेशको अस्थायि मुकाम धनगढी तोकेर डोटेली जनताको मागको वेवास्ता गरेर गलत निर्णय गरेको सांसद खड्काले बताएका छन् । खड्का शुक्रबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा समेत धर्ना बसेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *