प्रदेशसभाको बैठक माघ २१ गते

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धनगढी, १३ माघ । ७ नं प्रदेशका प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो १ बजे आह्वान गर्नु भएको छ ।
यहां स्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा प्रदेश सभाको पहिलो बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिब युवराज सुवेदीले जानकारी दिनु भयो ।
सात नम्बर प्रदेश सभामा नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना समेत गरी जम्मा ५३ जना सांसद रहेका समाचार विभिन्न सञ्चार माध्यमहरुले प्रकाशमा ल्याएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *