ताप्लेजुङ देखि दार्चुलासम्म !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

ताप्लेजुङ देखि दार्चुलासम्मको सडक सञ्जाल तथा राजनीतिक सञ्जालप्रति जनता सन्तुष्ट रहेपनि तराई क्षेत्रमा आफैले पालेका राष्ट्रिय जनावर गाईको वर्षभरी दोहन गरी थागेपछि सडकमा छोड्दा खासगरी गाईको निकाला गर्ने अपराधी समेत चिन्तित रहेका छन् । आफ्नो नाकै काटिएको ठानी रहेका छन् । कीर्तिपुरको लडाई हुदा जसरी कीर्तिपुरेको नाक काटिएको थियो त्यो भन्दा कम दर्दनाक छैन । आफुले पालनपोषण गरी रस चुसेर आफ्नी गौमातालाई सडकमा धपाई त्यसपछि ती गाईगोरुको व्यवस्थापनको लागि भनेर करोडौं रकम राज्यले राज्यकोषबाट खर्च गर्नु के कानून नियम र नियत संगत छ ?

ताप्लेजुङ देखि दार्चुला सम्मको सडक सञ्जाल तथा नेपाली नेपाली बीचको एकता तथा घरपालुवा जनावर प्रति समेतको मित्रता एकदिने प्रयासमा बनेको नभई वर्षाैवर्ष सम्मको कठीन परिश्रमबाट प्राप्त भएका हुन् । त्यस्तै राजनीतिक सञ्जालको पनि सामान्य तरिकाले यहा“सम्मको विकास भएको नभई कयौं निर्दाेषहरुको रगतको खोला बगाएर राजनीतिक विकास भएको हो भने पसिना बगाएर सडक सञ्जालको विकास भएको हो । पशुहरुप्रतिको मित्रता हाम्रा ऋषिमुनीहरुको सोध र तपस्याले र आवश्यकताले पशुप्रतिको मित्रता अमर रहेको बेला त्यो अमरत्व वर्तमानका उदण्डकारी नीति द्वारा भत्किएको छ । त्यतिले मात्र नपुगी प्रकृतिको नियमको पालना गरी जन्म दिने आमाबुबालाई हरतरहले हरेक समयमा बृद्धाश्रममा राखी छोरा, छोरी, बुहारी, छोरी–ज्वाईहरु सुखसयलमा जीवन विताउने मात्र नभई नवजात शिशुलाई समेत आमाले दुध चुसाउन छोडी अप्राकृतिक दुध आहारबाट जिवन धान्न लगाएका
छन् । यदि आमाको दूध नै खान नपाउनेहरुलाई आमाबुबाको भित्री ममता नहुदो रहेछ । यदि मातृभुमि प्रतिको मायामोह पनि त्यस्तै हुने हो भने हामी नेपाली हुनुको के अर्थ ? यी सबै कुराको मनन र अध्ययन गरी नेपालका युवायुवतीहरुलाई नेपाल आमाप्रतिको ममता प्रकट गर्न यही माटोमा बा“च्न पाउने आधारबाट सरकारले बन्चित गराउनु ठूलो अपराध हुनेछ । जो कोहीलाई पनि आफ्नो देशको उन्नति होस् भन्ने चाहना अवश्य हुने गर्छ । चाहनाले मात्र पुग्दैन सरकारको योजना हुन पनि आवश्यक रहेकाले देशका नागरिकलाई कुन स्तरको बनाउने भन्ने हात सरकार र नेताको रहने गर्छ ।

आज देशका नागरिकहरु दुध दोहनपछि गाई र हुर्किएपछि आमा बुबालाई परित्याग गर्ने तथा केही अपराधजन्य तरिकाबाट जन्माएका बालकहरुलाई सडकमा फाल्ने, धर्मशालारुपी बृद्धाश्रम र अनाथालयमा राख्ने गरिन्छ भने त्यसको जिम्मा नेता र सरकारले लिनुपर्छ । नगरपालिका भित्रका छाडा पशुको व्यवस्थापन गर्न भनेर लाखौं लाख खर्च गरेको सुनिन्छ । के साझा सम्पत्तिको त्यसरी दुरुपयोग गर्नु जायज हो ? कसले दिन्छ त्यस कुराको जवाफ ? के अब नेपालमा हमेसा यस्तै गरी जनताले दोहन गरी त्यागेका गाईरुलाई सरकारले पाल्न सक्छ र त्यसरी साझा कोषको रकम खर्च गरी पाल्नु जायज हो ? देशभरमा यस्तो अधर्मि अनैतिक काम गर्ने जनताको लागि नेपालका सभासदहरुले के सोचेका छन् र तिनै सभासदहरुबाट निर्माण भएको सरकारले के योजना बनाएको छ प्रकाशमा ल्याउनु आवश्यक रहेको छ । सरकारले कानूनविद तथा समाजवादका विज्ञहरुको सुझाव लिएको छ वा छैन, यदि छ भने त्यसको सार्वजनिक औपचारिक रुपबाट हुनुपर्ने ठान्दछौं ।

नेपालमा जे भईरहेको छ त्यो आधुनिक समाजको गौरवमय काम कारवाही हो कि होइन बुझ्न जरुरी छ । देशका चेलिहरुलाई खाडी मुलुकका घरेलु कामदार बनाउनु र पाल्तु पशुहरुलाई सडकमा पु¥याई छोड्न लगाउनु हाम्रा जनप्रतिनिधिको के दायित्व नै हो ? के मतदाताको मनसाय पनि यस्तै हो ? के भन्छन् के उत्तर दिने हुन्, नेपाल भ्रमण गर्ने पर्यटकहरुलाई के नेपालीहरुको यस्तै हो धर्म भनेर कन्भेन्स गराउने । यस्ता विकृतिहरुलाई सरकारले ख्याल ठट्टामा उडाउनु मिल्दैन । सानो कुराले नै देश र जनताको बदनाम हुने हुदा सबैले आ–आफ्नो ठाउ“मा उभिएर सजक हुनैपर्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *