अतितका दिनहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हामी जन्मदै यो अवस्थामा पुगेका होइनौं । हामी म अतितलाई विर्सेर जीवनको अध्ययन हुदैन न ऐतिहासिक दस्तावेज बन्दछ । अतित हरेकले हरेक प्रकारको वस्तुस्थितिबाट गुज्रेका होलान्, जे भएपनि अतित साझा अतित हो । म मेरो अतितको भोगाई प्रष्ट पार्न मलाई आपत्ति छैन लाज मान्दैन मान्नु पनि हुदैन । म केवल कसैको अध्ययनका लागि एउटा पुस्तकको एक लाईन पंक्तिसम्म बन्न बनाउन सके केही सन्तोष हुनेछ कारण अतित र वर्तमानलाई दाजेर हेर्दा ।

-बलदेव अवस्थी

जीवनमा मलाई याद रहेको पहिलो घटना म मामाको घरमा गएको रहेछु भन्ने तब थाहा भयो म अगेनो रहेको कोठाको दिवालको मद्दतले हिन्दै थिए । त्यति बेला मेरा मामाघरका बाजेको आवाज आयो । हेर हेर बालक अगेनोमा खस्छ भनेपछि मलाई समातेर सुरक्षित समाती बसाल्यो तर कसले हो ठ्याक्कै याद आएन । त्यसपछि को हो वा अगाडीका दिनहरुको पूर्ण याद छैन । आफ्नै घरको आँगनीमा मलाई बुबाले किन पिटेछ त्यो पनि थाहा भएन तर म रुदै ओखल भएको ठाउँमा गए जहाँ मेरी आमा र अरु आईमाई पनि थिए ।

बुबालाई हकार्दै मेरो दिशा पुछि दिएको मात्र याद छ । त्यतिबेला हामी सित घुम्ती स्कुल रहेछ । त्यो पनि अनौपचारिक एक दिन विजयपुर विचखेल्ला भन्दथ्यौं त्यहाँ स्कुलको स्थापना गर्न मल्लादेही उपर गाउँका एक जना युवक शिक्षक बनेर आई स्कुल खोल्यो त्यही बीचखेल्लामा तर त्यहाँ राम्रो लागेनछ वा कसैलाई मन परेनछ । थोरै २०÷३० दिनमै त्यहाँबाट लेटी भन्ने ठाउँमा सारियो । त्यहाँ पनि एक वर्षाद् वितायौं । त्यसपछि साङडी र गोरागाउँका विभिन्न खाली बज्जड गडाहरुमा विद्यालय सञ्चालन भयो । त्यहाँ हुदा फेरी अर्का शिक्षक अस्कोट भारत पिथौरागढका एक जवान व्यक्तिले केही दिन स्कुल सञ्चालन ग¥यो । हामी ३०÷४० जना विद्यार्थी थियौं ।

हाम्रो स्कुल सञ्चालनमा रहेको ठाउँमा शिक्षकहरुले पठाएको वाच गर्नलाई हुन् वा अन्य कुरा एकिन थाहा भएन । उहाँ गोरा गाउँका सज्जन मान्यजन व्यक्तित्व भएको जिम्वाल जयबहादुर विष्ट हुन् । उनको छोरा रामबहादुर विष्ट र हामी सबै विद्यार्थीमा कोही ‘क’ ‘ख’ बारखरी, कोही दुना, पहाडा, ढाम पढ्दै जोड घटाउ र भाग सम्मको अध्ययनमा थियौं । उनी हमेसा आफ्नो छोरा रामबहादुर न भनेर ए कांग्रेस भनेर पुकार्थे । हामी पनि रामबहादुर नभनी कांग्रेस भन्दथ्यौं । उनको नाम नै कांग्रेस राखेको थियो । त्यही घुम्ती स्कुलमा एकदिन मैले ए कांग्रेस भनेर बोलाए, त्यसदिन पनि जिम्वाल त्यही आएका रहेछन् र भन्नुभयो, अब देखि रामबहादुर भन्नु कांग्रेस नभन्नु, कांग्रेस भनेमा सिपाहीले पकड्छन् मात्र भन्यो । त्यसदिन देखि कहिले पनि कांग्रेस भनेर नबोलाई रामबहादुर विष्ट भनेर बोलाउथ्यौं ।

त्यसबेला सम्म बैतडीको पूर्चौडीमा डिलेश्वरी आधार हाईस्कुल हाट बाहेक अन्यत्र कहीपनि स्कुल रहेनछन् । विद्यालय बनाउने राम्रो ठाउँ विजयपुरको साङडी गोरागाउँमा भएपनि अन्तमा त्यही स्कुललाई तल्लादेही खेतीमा सारी स्थायी रुप दिई खेती नि.मा.वि राखिएको थियो जुन विद्यालय आज उच्च मा.वि. बनेको छ ।

ती दिनहरु सम्झदा अझै विचित्र लाग्छ । २०१७ साल पछिको कुरा हो, गाउँ पञ्चायतमा एक रेडियो सरकारले दिएको रहेछ । त्यसमा रेडियो नेपाल जहाँ पनि लाग्ने रहेछ । अरु स्टेशनहरु लाग्न दुर्लभ थियो । प्रधानपञ्च प्रेम बहादुर विष्ट थिए । सुरुको अवस्था थियो होला । गाउँ पञ्चायतमा विकास निर्माणको लागि सिचाई कुलो, खानेपानीको न्वालो इत्यादी के आवश्यक छ भन्ने पत्र आएको रहेछ । गाउँमा कुरा गर्दै थिए प्रधान र गाउँहरुले के लेख्नु भयो त भन्ने कुरामा “हाम्रो गाउँमा केही कमी छैन, खानेपानीको लागि पनेरुका पाला देखि बनेका हरवादी न्वाला छन् । सिचाईको लागि भिडाको खोलाबाट बाजे परबाजेको पाला देखि बनाएका कुला पनला छन् ।

केही कमी छैन भनेर लेखि पठायौं”, भन्ने प्रसंगमा हास्दै कुरा गर्दै थिए । हुनपनि त्यसबेलाको आवश्यक पर्ने गाउँमा केही कमि नभएको रहेछ । सबै थोक छ भनेपछि आफ्नो शान सम्झने त्यो समयमा भ्रष्टाचार न्युन रहेछ वा रहेनछ भनेपनि हुने । वर्षमा एकपटक तालुकदारहरु एकनासको मालपोत असुल गरी आफै मात कार्यालयमा गई बुझाउँथे । मुखिया, तालुकहरु स्थानिय केही १÷२ जना बोहक अरुले गाउँको शोषण गर्न नपाउने रहेछन् तर पछिपछि भने ती पुराना कुला पनला बनायौं भनेर कयौं पटक रकम निकासा गराई खर्च देखाएका घटनापनि नभएका होइनन् ।

बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा लगायतका विभिन्न अर्थात् सु.प.का ९ जिल्लाको बजार पिथौरागढ लोहाघाट, चम्पावत टनकपुर थियो । बैतडीको पुर्चौडीबाट पिथौरागढ आउन जान पैदल ७ दिन लाग्दथ्यो । ७ दिनको सातो सामल बोकी लुगा कपडा नुन ल्याउन भारतको पिथौरागढ सम्म पैदल नै जानुपथ्र्याे । बोकेर ल्याएको नुन ६ महिनासम्म पु¥याउनु पथ्र्याे ।

आफ्नो खाने सामलको साथमा भारी हुन्थ्यो । म १०÷१२ वर्षको छदा पनि पैदल पिथौरागढ कयौं पटक गएको छु, घरमा ठुलबुबाले घुम्ती पसल राखेकाले म पनि ५÷७ किलो मिश्री इत्यादी झोलामा बोकी ल्याउँथे । आउँदा जादा बास बस्दा आफ्ना आडती पसलेहरुको बरण्डा तथा अन्यत्र रुखको फेद वा ओराडमा बास बस्ने गर्दथे । पिथौरागढमा हालसालै कच्ची सडक टनकपुरबाट पुगेको थियो । के.एम.व.का गाडीहरु २÷४ वटा मात्र टनकपुर पिथौरागढ चल्दथे । भारत उत्तरप्रदेश कुमाउ गडवालका सबै सडकहरु नेपाली कामदारले नै निर्माण गरेका हुन् ।

भारतमा काम गर्न र नुन तेल ल्याउन हजारौं मानिसको बाटो भरी भिड हुने गर्दथ्यो । बाटाहरु साघुँरा हुदा डोका बोकेका २ जनाले बाटोमा वारपार गर्न कठीन हुने गथ्र्याे । गाउँमा भोकमारी हुदा बेसाहा खोज्न टाढाटाढा जाने गर्दथे । त्यो देख्दा अतित र वर्तमानका दिनहरुको तुलनामा आकाश पतालको फरक भएको छ । त्यसबेला २०३५÷४० साल सम्म पनि गाईगोरु किन्न सरकारबाट सुपथ ब्याजमा बैंकहरुले कर्जा दिन्थे भने वर्तमानमा वर्षभरी गाईको दुध खायर थागेपछि गाई वा बाच्छीहरुलाई सडकमा छोड्ने गरेका छन् । भ्रष्टाचारको विगविगी पनि सबै सामु छ । विकास निर्माणका कामहरु गर्दा २०३८ साल सम्म पनि टाउकोमा टोकरी राखी माटो बोकी सडक र नहर बनाउने गर्दथे भने पहाडी सडकहरु घैंटी द्वारा काट्ने गर्दथे ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *