राज्यले अपराधीलाई प्रोत्साहन दिएको छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अपराधीलाई हाम्रो राज्यले प्रोत्साहन दिइ रहेको छ । गाई मार्नु, गाई बेपत्ता पार्नु अपराध हो तर सरकारले मात्र नभई स्थानिय निकायले पनि यो घृणित कार्यलाई अपराध मानेको छैन । जसले गाई गोरु घरबाट निकाला ग¥यो उसका गाई गोरु पाल्ने ठेक्का स्थानिय निकायले स्वयं लिएको छ ।

स्थानिय निर्वाचनमा उम्मेदवारहरुको मुल एजेण्डा थियो तपाईहरुले गोठबाट निकाला गरेका गाई गोरुको व्यवस्थापन हामी गर्नेछौं हामीलाई भोट दिनु भनेपछि जनताले ठ्याक्कै भोट दिएर जिताएकै हुन् । अब नेताहरु डराई रहेका छन् ।

अपराधीलाई प्रोत्साहन दिन जसले पशुधन मास्यो उसलाई सहयोग गर्न निरअपराधीको साझा सम्पत्तिलाई दुरुपयोग गरी गाई गोरुको व्यवस्थापनमा लाखौं खर्च गर्ने योजना बनाई चुनावमा गरेको प्रतिबद्धता पुरा गर्दैछन् । अपराधीहरुको सहयोग अप्रत्यक्ष रुपले गरी रहेको पाइन्छ । यसरी गाई गोरु छोड्नेहरुको खोजविन नगरी राज्यकोषबाट अपराधीलाई पोस्दै जाने हो भने भोलीका दिनमा भयावह स्थितिको सुरुवात हुने हुदा यदि कोही त्यसरी पशु छोड्न चाहन्छ भने पालनपोषणमा लाग्ने खर्च समेत नगरपालिकाहरुले माग्नु पर्छ ।

यदि जनता छोड्दै जाने सरकार व्यवस्थापन गर्ने हो भने व्यापारिक फाइदा हुने काम गर्नुप¥यो । साझा सम्पत्ति रकम खर्च गरेर अपराधीका गाईगोरुमा खर्च गर्न उपयुक्त छैन । यसतर्फ नेपालका बुद्धिजीवि सर्कल, शिक्षक संघसंगठनहरु, विद्यार्थी संघसंगठनहरु यदि सजक हुने हो भने यस्ता अपराध हुन पाउँदैनन् किनभने हरेक घरबाट विद्यार्थीको उपस्थिति छ । त्यस्तै हरेक गाउँबाट शिक्षकहरुको उपस्थिति छ । गाई गोरु कसले छोडेका हुन् भन्ने विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई सोधेमा थाहा हुन्छ, कारवाही गर्ने काम स्थानिय निकायको हो ।


हरेक सरकार काम चलाउ सरकार हुन्

सरकार एक वर्ष, महिना वा ५ वर्षको किटानी भएपनि सबै सरकार काम चलाउ नै हुन् । खासगरी २०४७ पछिका सबै सरकारहरु काम चलाउ नै रहे । ५ वर्षको लागि किटान गरिएको प्रथम जन निर्वाचित सरकारले पनि काम चलाउकै पगरी पाएपनि कानूनसम्मत आजसम्म कसैले पनि काम चलाउन सकेका छैनन् । आशा छ २०७२ को संविधानले निर्माण गरेको सरकारले राम्रो तरिकाले राष्ट्रको काम चलाउने छ र वर्तमानको काम चलाउ भन्दा राम्रो हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *