भारतीय प्रधानमन्त्री पी.भी. रावसँग गोप्य भेट

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इतिहासको पानाबाट

मैले भारतीय प्रधानमन्त्री पी.भी. नरसिंह रावका स्वकीय सचिवलाई म दिल्ली पुगेको खबर गरेँ । उनले गाडी पडाए र मेरो भेटको कार्यक्रम मिलाए । बेलुकै प्रधानमन्त्री लाई भेटी राजाको चिठ्ठी दिएँ । प्रधानमन्त्रीसँग लामै कुरा भयो । अनि त्यसबेला दरबार र भारतका माथिल्ला व्यक्तिहरुमा किन सम्बन्ध चिसिएको रहेछ भन्ने मलाई थाहा भयो ।

भारतीयहरुले सार्क सम्मेलनमा पाकिस्तानको इस्लामाबादमा भारतीय प्रधानमन्त्री राजीव गान्धीले चियापानमा निमन्त्रणा गरेकोमा राजा वीरेन्द्र जानुभएनछ । आराम नभएर होकी भनी उनीहरुले चियो गरेछन् । राजा–रानीमा आरामै रहेको थाहा पाएछन् । अनि भारतको निर्वाचित प्रधानमन्त्री राजीव गान्धीले निमन्त्रणा गरेकोमा किन सवारी नभएको भन्ने विषयमा चासो लिएछन् । शिष्टाचार मिलेन, राजालाई त राष्ट्रपतिले निम्ता गरे पो सवारी हुने, प्रधानमन्त्रीको निमन्त्रणामा सवारी हुन मिल्दैन भन्ने सचिवहरुको कुराले सवारी नभएको भन्ने उनीहरुलाई परेको रहेछ । तर कुरा त्यसो रहेनछ । २०४६ सालमा सार्क सम्मेलनमा निर्धारित ब्रेकफाष्ट बारे सोध्दा राजाबाट भएको जवाफमा ‘भारतीय प्रधानमन्त्री राजीव गान्धी ब्रेकफाष्टको लागि म कहाँ आउने जानकारी सचिवहरुले दिएका थिए । म उनलाई कुरेर बसेँ । त्यसैगरी राजीवलाई म उनकहाँ जाने भनिएको रहेछ । उता उनी कुरिरहेछन् । केही षड्यन्त्र भयो, कर्मचारीहरुले खेले । हाम्रो भेट हुन सकेन । उल्टै गलत सन्देश प्रवाहित भयो ।’ त्यस्तो षड्यन्त्र गर्ने कर्मचारी (सचिवहरु) लाई कुनै दण्ड सजाय नगर्ने राजा वीरेन्द्रको कमजोर दण्डनीति थियो ।

भारतीय प्रधानमन्त्री पी.भी. नरसिंह रावत एउटा हिन्दु राजामाथि धेरै भारतीय जनताको आस्था छ तर राजा भने बाहिर जानुप¥यो भने ठूलो खतरा लिएर हिमालय पार गरेर जाने, कहिले पाकिस्तान, कहिले बङ्गलादेश भएर जाने र भारतमा नटेक्ने जस्तो व्यवहार हुन थाल्यो । पछि त भारत विरोधी कुरा लेख्ने र छाप्ने पत्रिका समकालीनका सम्पादकलाई राष्ट्रिय सभामा मनोनित गर्ने, कोहलपुरबनबसा सडक बनाउन भारतलाई दिएको विरोधमा राजीनामा दिने यातायात मन्त्री हरिशचन्द्र महतलाई राजपरिषद्मा नियुक्ति गर्नै जस्ता काम हुदै रहे । भारत विरोधी मानिएका मरिचमान सिंह प्रधानमन्त्री हुनुजस्ता कुराले भारत सतर्क नै रह्यो भनी लामो फेहरिस्त सुनाउँदै उहाँले भन्नुभयो, ‘जेसुकै भएपनि छिमेकी बदल्न सकिदैन । छिमेकीले गर्नुपर्ने सहयोग अरुले गर्न सक्तैनन् । जस्तै कुनै पहलमान साथी बनारसमा छ र मलाई दिल्लीमा आपत प¥यो भने तत्काल उसले केही गर्न सक्तैन । मलाई घर वरपरका छिमेकी
चाहिन्छ ।’ यसरी चित्त नबुझेका निकै कुरा रावले गर्नुभयो ।

‘भारतमा तपाईजस्तो विभिन्न भाषाका विज्ञ, विद्वान र धार्मिक व्यक्तित्व प्रधानमन्त्री हुनुहुन्छ । तपाईमा लामो अनुभव छ’, मैले भने । ‘नेपालमा पनि राजनीतिक परिवर्तन भयो । ती पुराना सचिवहरु पनि टहिसके । पुराना त्यस्ता कुरा मात्र सम्झेर हुँदैन । नेपालीहरु भारतमा विभिन्न तीर्थस्थलमा आएँछन्, धर्म संस्कृति एउटै छ । चीनले ठेक्का पाएको कोहलपुर–बनबसा सडक भारतीय इच्छालाई बुझेर अन्तर राष्ट्रिय स्तरमा जे परेपनि छिमेकीको कुरा हेर्नुपर्छ भनी भारतलार्य दिएको अहिले १४ वर्ष भयो तर पनि सडक बनेको छैन । चीनले भए २ वर्षमा बनाइसक्ने थियो ।’

‘नेपालमा र भारतबीच भएका मैत्री सन्धी र सम्झौतामा एक देशका विरुद्ध अर्काे देशको भुमि प्रयोग हुन नदिने कुरा छन् । तर रामराजाप्रसाद सिंहले भारतको पटनामा बसेर नेपालका विरुद्ध गुरिल्ला जवान भर्ना गरी तालिम दिएको र हतियार सङ्कलन गरेको तथा नेपालको राजदरबार तथा राष्ट्रिय पञ्चायत भवनमा विस्फोट गराएको कुरा पनि नेपाली जनताले बुझेकै छन् । कोही र गण्डक बाँधबाट भारतलाई धेरै फाइदा र नेपाललाई बुझेकै छन् । कोही र गण्डक बाँधबाट भारतलाई धेरै फाइदा र नेपाललाई खास फाइदा नभएको जस्ता कुराका गुनासा पनि छन् । यस्ता पुराना कुरा गेर मात्र सम्बन्धमा सुधार हुदैन । अतः अब नयाँ तरिकलो सम्बन्ध बनाउन दुबैतिरबाट पहल हुनु आवश्यक छ भन्ने चाहना दरबार र नेपाली जनताको छ ।’

उहाँले पनि भन्नुभयो, “हो, त्यसै गर्नुपर्छ ।” कोहलपुर–बनबसा सडक चाँडै बनाउँछौं र रामराजा प्रसाद सिंहलाई नेपाल फकाइदिन्छौं । कानून बमोजिम जे गर्नुपर्छ, तपाईहरु नै गर्नुहोला ।”

“उपचार गरी काठमाण्डौं फर्कदा तपाईले मेरो चिठी राजामा लगि दिनुहोला,” उहाँले थप कुरा पनि भन्नुभयो ।

“अब राजा रानी आफ्नी छोरीको दीक्षान्त समारोहमा भारत सवारी हुने कार्यक्रम छ र मिले तीर्थहरुमा दर्शन गर्ने इच्छा छ । त्यसको राम्रो वातावरण बनाई नेपाल–भारत सम्बन्धमा आएको सुधारको सङ्केत तपाईबाट हुनुप¥यो,” मैले भने ।

उहाँ धेरै खुसी हुनुभयो र भन्नुभयो, “राजा–रानीको स्वागत गर्न पाए धेरै राम्रो हुनेछ । हाम्रा तर्फबाट राजा महेन्द्रकै समयको जस्तो सम्बन्ध बनाउन प्रयास हुनेछ ।”

त्यसपछि म बिदा भए । म बाटामा विचार गर्दै थिएँ दरबारभन्दा दलका नेतालाई लिन सजिलो थियो । हाम्रा नेता आफ्ना छोरा छोरीलाई भारतमा पढाउन र उपचार गर्न पाऊँ भनी भारतीय राजदुतलाई गुहार्ने गर्दछन् । त्यसैले हेप्न सजिलो थियो । राजदूत विमल प्रसाद प्रधानमन्त्रीका सल्लाहकार जस्तै थिए ।

म अस्पताल फर्केर उपचारमै बसे । भोलिपल्ट शल्यक्रिया भयो । त्यसपछि पनि पी.भी. नरसिंह रावका मानिस अस्पतालमा भेट्न आएका थिए । पछि अस्पतालबाट निस्किसकेपछि पी.भी.नरसिंह रावले दिएको चिठ्ठी ल्याएर राजामा चढाएँ । सम्बन्धमा धेरै सुधार भएको थियो । त्यसभन्दा पहिले राव प्रधानमन्त्री भएपछि नेपालका तर्फबाट रमेशनाथ पाण्डे गएपनि वातावरण केही राम्रो बनाएर फर्कनुभएको थियो ।

२०४९ साल मार्ग ४ मा राजा–रानी भा्त सवारी हुदा राम्रो स्वागत भयो । विभिन्न तीर्थूथलमा सवारी हुदा कतिपय ठाउँमा प्रधानमन्त्री पनि साथै जानुभएको थियो । राजाबाट २०४९ साल पौष १४ मा सुम्पिएको काम प्रशंसनिय ढंगले गरेवापत् भनी मलाई त्रिशक्ति पट्ट तेस्रो विभुषण प्रदान गरिबक्स्यो ।

भारतीइ राजदूत विमल प्रसाद २०४७ सालदेखि नै नेपालमा थिए । उनी प्रधानमन्त्री गिरिजाका साथीजस्तै घनिष्ठ देखिन्थे । त्यसैले उनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी भुमिकाको निर्वाह गरिरहे । तर प्रधानमन्त्री पी.भी. नरसिंह राव हिन्दु राजाप्रति श्रद्धावान थिए । २०५० साल बैशाख २४ गते राजा रानीबाट भारतको राजकीइ भ्रमण भयो । त्यो भ्रमण अत्यन्त सफल भयो । त्यसबेला राष्ट्रपति डा. शङ्करदयाल शर्मा थिए । जगन्नाथ आदि तीर्थको दर्शन र काञ्चीकोटी पीठका परमाचार्यको शतवार्षिकीको उपलक्ष्यमा राजाको अभिनन्दन भएको थियो । यसरी दरबार र भारतका बीचमा सम्बन्ध राम्रो बन्दै गएको थियो ।

२०५० साल अषाढ ३ गते भएको रहस्यमय दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रित दुबैको मृत्यु भएको खबर आयो । म त्यसबेला एउटा बिहेको निम्तामा चितवनमा थिए । दुर्घटना सुन्नासाथ दरबारमा सम्पर्क राखी राजाबाट स्विकृति लिएर म घटनास्थलमा शोक व्यक्त गर्न पुगेको थिए । त्यहाँ पुगेका मनमोहन अधिकारीलगायतका नेताले राजाबाट आफ्नो सचिवलाई शोक व्यक्त गर्न घटनास्थल पठाएको भनी राजाप्रति पनि उनीहरुको द्भाव रहेको बताएका थिए ।

रमेशनाथ पाण्डे संसारको राजनीतिक तथा कुटनीतिक विषयमा अध्ययनशील भएकाले मसचिव भएदेखिनै हामी सम्पर्कमा थियौं तर पञ्चहरु भने उनलाई रिस गर्ने र विभिन्न आरोप लगाउने गर्थे । म भने उहाँलाई पत्रकार हुदा देखि नै चतुर मान्दथे । उहाँ २०५० साल असार २४ मा राष्ट्रियसभामा मनोनित हुनुभयो ।

राजाबाट संसदमा दिइएको शाही सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रधानमन्त्री गिरिजाप्रसादले २०५० साल अषाढ २६ गते राख्नुभएको थियो । सो धन्यवाद प्रस्ताव पार्टी भित्रको विवादका कारण नेपाली काङ्ग्रेसकै सदस्य सदनमा उपस्थित नभएर मतदानमा पारित भएन । श्री ५ को सरकारको नीति र कार्यक्रम विफल भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुभयो र सो राजीनामा स्वीकृत पनि भयो । तर प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मितिका सम्बन्धमा संबैधानिक पदाधिकारी तथा राजनीतिक नेताहरुसँग परामर्श थाली प्रधानमन्त्रीको संसद् विघटनसम्बन्धी जाहेरीको ब्यहोरा पनि प्रकाशित भयो ।

यसरी संबैधानिक राजतन्त्र र प्रजातन्त्रले राम्रो बाटो लिएर दुई दलीय प्रजातन्त्रले काम गर्न थालेकोमा आफ्नो बहुमतको सरकार गिराई नेपाली कांग्रेस अन्योलको भुमरीतर्फ अग्रसर भयो । २०४७ सालको संविधान जारी भएपछि भएको पहिलो निर्वाचनबाट संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रले आफ्नो बाटो लिएका थिए । सत्तामा नेपाली कांग्रेसको बहुमतको सरकार र विपक्षमा बलियो एमाले रहेका थिए । पार्टी र संसदीय दलको नेता भएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नै दलका सांसद् सदस्यहरुलाई ह्विप लगाई नियन्त्रणमा राख्न नसकेकाले सरकारको नीति र कार्यक्रम विफल भई राजीनामा गर्नुप¥यो । नेपालमा फेरि राजनीतिक अस्थिरता सुरु भयो ।

राष्ट्रिय सभामा राजाबाट मनोनित १० जनामध्येका एक पूर्णकुमार शर्माले पदबाट राजीनामा नदिई मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएछन् । नेपाली कांग्रेसका सदस्यहरुको अनुशासनमा नरहने प्रवृत्तिको यो एउटा उदाहरण थियो । प्रधानमन्त्री मार्फत् तुरुन्त उनको राजीनामा मगाई जाहेर भई स्वीकृत भयो । नेतामा यस्तै मिचाहा प्रवृत्ति नेतादेखि नै थियो, “प्रधानमन्त्री गिरिजालाई सम्पत्ति विवरण र आयश्रोतबारे बयात दिन अख्तियारले बोलायो । अटेर गरेपछि सर्वाेच्च अदालतले पनि बयान दिन जानुपर्छ भन्यो तर गिरिजाले बयान दिन जान अस्वीकार गर्नु भयो । एउटा न्यायिक आयोगले भ्रष्टाचारको अभियोग लगाएकोमा संबैधानिक आयोगले बयान दिन जारी गरेको व्यक्तिको बयानसम्म नलिई सफाई दिएको अर्काे उदाहरण विश्व इतिहासमै पाइदैन ।”

यसरी भएको दोस्रो निर्वाचनको परिणामअनुसार कुनै दलले पनि स्पष्ट बहुमत प्राप्त गर्न नसकेकाले संविधानको धारा ४२(१) अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थन प्राप्त सदस्यको नाम प्रधानमन्त्रीका लागि जाहेर गर्न राजाबाट आह्वान भयो । सो आह्वानअनुसार नाम आएन । त्यस समयमा संसदमा अरु दलको सदस्य संख्या एमालेको सदस्य संख्या जम्मा दुई सदस्यले मात्र बढी थियो ।

यसै समयमा एकथरी दरबारिया र भारदारहरु सक्रिय भएछन् र धारणा बनाएछन् नेपालमा कम्युनिष्टको सरकार हुन दिनुहुदैन । ‘एमलो बाहेकका दलका सांसदले नेपाली कांग्रेसलाई समर्थन गर’ भन्ने सङ्केत दरबारबाट गराउन सकिन्छ कि ? यसो भए त एमालेले दुई सिटले मात्र जितेकाले उसको भन्दा बढी सदस्य नेपाली कांग्रेसको पक्षमा हुन सक्दछन् र कम्युनिष्टको सरकार हुने थिएन । झापा काण्ड गरेर आएको एमाले अति क्रान्तिकारी हुदा के के गर्छन् ? भनेर राजामा दबाब पर्न आएछ ।

त्यस्तो दबाबका बारेमा जाहेरीमा गएको बेला थाहा पाएँ । यस विषयमा मैले जाहेर गरेँ, “राजा संविधानमा अडेर तटस्थ बस्नुपर्छ, नत्र संबैधानिक राजाबाट राजनीति गरेको दोष लाग्छ, विरोध हुन्छ । एमो समेतले बनाएको संविधानअनुसार पहिलो चुनाव देखि प्रजातान्धिक पद्धति मान्छु भनेर आएपछि अहिले जो सत्तामा गएपनि उसले संविधानभित्रै बसेर काम गर्नुपर्छ, मनपरी गर्न पाउँदैन ।”

प्रधानमन्त्रीका लागि नाम नआएपछि समय तोकी पुनः आह्वान भयो । तोकिएको म्यादमा सदस्यको नाम प्राप्त नभएपछि संविधानको धारा ४२(२) अनुसार सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता मनमोहन अधिकारीलाई राजाले प्रधानमन्त्रीमा नियुक्ति गर्नुभयो । त्यसबेला उहाँ अयन्त खुसी भएर दरबारबाटै श्रीमतीलाई फोनमा भन्नुभयो, “मलाई राजाबाट प्रधानमन्त्रीमा नियुक्ति भयो ।” माधवकुमार नेपाल उपप्रधानमन्त्री र अन्य नौ जना मन्त्री एवं मन्त्री एवं ६ जना राज्यमन्त्री भए ।
२०५२ साल बैशाख गतेदेखि उमेरको हदबाछ मेरो अवकाश हुने समय आउँदै थियो, राजाबाट आशय व्यक्त भयो, “कानूनी सल्लाहकारमा बस ।”

“संबैधानिक राजतन्त्रमा राजाले राज्य गर्छन् तर शासन गर्दैनन् भन्ने सिद्धान्त छ । राजाले संबैधानिक पदमा बसेर अवश्य राज्य गर्दछन् तर कानुन अनुसार प्रधानमन्त्रीले नै शासन गर्ने पद्धति हुन्छ र संबैधानिक राजाको सल्लाहकार प्रधानमन्त्री हो । कुनै संबैधानिक प्रश्न आइपरेमा सर्वाेच्च अदालतमा सोबिधकसे हुन्छ, सेवकले देखे जानेको कुरा बाहिर बसेरै जाहेर गनए हाजिर हुनेछु,” मैले भने ।

त्यसपछि राजाले भन्नुभयो, “त्यसो भए निवृत्तिभरणमा थप गरी खाइपाइआएको तलब दिन्छु । आवश्यक परेको बेला तिमिसँग सम्पर्क राख्छु ।” राजाले यातायात सुविधाका लागि एउटा नयाँ मारुतीकार पनि दिनुभयो । यसरी मैले ३ वर्षसम्म समय–समयमा दर्शन पाइरहेकै थिए ।

रेवतीरमण खनालद्वारा लिखित ‘अनुभूति र अभिव्यक्ति’ पुस्तकबाट लिएका छौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *