विराट सत्संग समारोह २०७४ को समापन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, ६ माघ । यहि माघ ५ गतेबाट सुरु भएको विराम सत्संग समारोह यहि माघ ६ गते समापन गरिएको छ । सो समारोहको लागि १५ दिन पहिले देखि मञ्च व्यवस्थापन, पण्डाल निर्माण, भोजनालय व्यवस्थापन, चर्पीहरु निर्माण, मञ्च सरसफाई र बजार सरसफाई समेत गरिएको थियो ।

सतपाल महाराजजीको पदार्पण यही ५ गते समुद्घाटन कार्यक्रमको लागि भएको थियो । समारोहको समुद्घाटन सिचाई मन्त्री सञ्जयकुमार गौतम र महाराज सतपालजीले संयुक्त रुपमा गर्नुभएको थियो । सतपाल महाराजजी भारत उत्तराखण्डको मन्त्री समेत रहेका महाराजले भारत तथा नेपाल अधिराज्यभरी मानव धर्म सेवा समितिको आयोजनामा यस्ता सत्संग कार्यक्रमहरु गर्दै आइरहनु भएको छ । महेन्द्रनगरमा विराट सत्संग समारोहको लागि केन्द्रिय कार्यालय रहेको मानव धर्म सेवा समितिको बुटवल गोदामबाट भाडा वर्तन तथा आवश्यक पर्ने त्रिपाल, पण्डाल समेतका समग्र सामाग्रीहरु र तिन सय जति चर्पीका सिटहरु ल्याई शौचालयको राम्रो व्यवस्थापन गरेका छन् ।

यो समारोहमा हेर्दा जोसुकैलाई राम्रो आनन्द, सद्भाव, प्रेम झल्किरहेको पाइन्छ । कमसेकम २० हजार जति भक्तजनहरु रातभर त्यहाँ निर्माण गरिएका त्रिपालभित्र पराल विछाई बडा आनन्दका साथ मानव धर्म सेवा सम्बन्धीका बारेमा व्याख्या गरी कुनै जातजाति, छुवाछुतको भावना नराखी सबै जातजाति मिलेर भोजन समेत ग्रहण गरी रातदिन विताएका थिए । आयोजन, आगन्तुक तथा पाहुँनाहरु पूर्व मेची देखि पश्चिम कालीसम्मको जनउपस्थिति मात्र नभएर मित्र राष्ट्र भारतका अनकन्टार दुरदराजका गाउँहरुबाट समेत भक्तजनहरु आई सतपाल महाराजजीका वाणीहरु ग्रहण गरिरहेका थिए ।

यस सत्संगबाट महेन्द्रनगरबासीहरुलाई भने ठूलो प्रेरणा मिलेको छ । यो मञ्चमा आजसम्म विभिन्न समारोह, महोत्सवहरु, खेलकुदहरु तथा राजनीतिक कार्यक्रमहरु निरन्तर भइरहने गर्दथे । त्यहाँ हेर्न जादा सबभन्दा पहिले भित्ताहरुमा र मञ्चका कुनाहरुमा शौच गरी दुर्गन्धित बनाइएको हुन्थ्यो । त्यसतर्फ सरसफाईको व्यवस्था न नगरपालिकाबाट भएको थियो न समारोह गर्ने सम्बन्धित संस्थाहरुबाट । यसपटक मानवधर्म सेवा समितिले साच्चै मानवको धर्म र कर्म झल्काइ दिएको छ । ती दुर्गन्धित ठाउँहरु रंगिएका, पोतिएका र बस्न लायक भएका छन् । महेन्द्रनगरबासी जो कोहीले पनि जुनसुकै बेला हेर्न र निरिक्षण गर्न सकिन्छ ।

प्रवचनहरुमा सतपाल महाराजजी का अमृततुल्य वाणीहरु र उहाँको उत्साह, नेपालप्रतिको माया मात्र नभएर मानव जातिप्रति नै सद्भाव झल्केको थियो । यसबाट यहाँका आदिवासी, दलित, क्षत्री, ब्राह्मण सबैको मन छोएको छ ।

सतपाल महाराजजी पनि मन्त्री हुन् । यिनको सम्मान स्वदेशमा मात्र होइन विदेशमा पनि गरिन लागेको छ । त्यसैले भन्छन् विद्वान सर्वत्र पुजिन्छ, राजा स्वदेशमा मात्रै पुजिन्छ । यस्तै भारतको उत्तर प्रदेशका मुख्य मन्त्री पनि सन्त नै छन् । त्यही सत्धर्मबाट त्यहाँ धार्मिक सहिष्णुता कायम रहेको छ । त्यहाँका कुनै पनि मानिस धर्म परिवर्तन गरेर अरु धर्ममा जान खोज्दैनन् । यहि समारोहमा हामीले अध्ययन गर्ने हो भने भारतका विभिन्न जातजातिका धनि, गरिब आएर पण्डालमा जाग्राम बसिरहेका छन् । सतपाल जी प्रतिको राजनीतिक र धार्मिक आकर्षण उत्तिकै उचाईमा पुगेको छ । त्यसले गर्दा समग्र निम्न वर्र्गीय मात्र होइन उच्च वर्ग भनिनेहरु समेत प्रफुल्ल देखिन्छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *