गुरुकुललाई सहयोग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, ०२ माघ । यहि माघे संक्रान्तिका दिन शिवधाम क्षेत्र विकास समितिका सदस्य लोक बहादुर ठकुराठीले शिवधाम अन्तर्गत स्थापना गरिएको गुरुकुलका विद्यार्थीहरुको लागि र त्यहाँ अध्यापन गराउने गुरु समेतको लागि २५ किलो चामल त्यस्तै दाल तरकारी उपलब्ध गराएका छन् । उक्त कुरा लक्ष्मी प्रसाद भट्ट तथा गुरुकुलका शास्त्रीबाट जानकरी प्राप्त भएको छ ।

यस्तै सहयोगबाट गुरुकुलको सञ्चालन भइरहेकोले अन्नदाता महानुभावहरुको लागि यस्तै सहयोगको अपेक्षा गुरुकुलले गरेको छ ।

हाम्रा धार्मिक ग्रन्थहरुले उद्घोष गरेअनुसार निष्काम सेवा नै मनुष्य मात्रको परम कर्तव्य हो । सोही अनुरुप मनुष्य मात्रले धर्मको अर्थ बुझ्नु पनि अति आवश्यक छ । धर्मको अर्थ धारण गर्नुपर्ने कुरा बुझिन आउँछ । यहिलाई आधार मानेर अन्नदाताहरुले यस गुरुकुललाई सहयोग गर्दै आइरहेका छन् भन्नुहुन्छ त्यहाँका एकजना बालक ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *