प्रदेशहरु कही परदेश नबनुन् !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज हाम्रा प्रान्तहरु परदेश नबनेपनि यस भित्र बस्ने धेरै युवकहरु परदेशी भएका छन् । परदेशिने क्रम प्रजातन्त्रको समयमा भन्दा लोकतन्त्र गणतन्त्रको समयमा बढोत्तरी भएको छ । २०४६ पूर्व युवाहरुको विदेश पलायन न्युन थियो भने २०४७ पछि केही बृद्धि भयो भने २०५२ पछिका १० वर्ष द्वन्दकालमा हाम्रा युवाहरु स्वदेशी रोजगारीमा जानै मानेका थिएनन् ।

त्यो अवधिमा सेना प्रहरी तर्फ पनि खुलेको थियो । पहाडी क्षेत्रका गरिब घरानाबाट भर्ना लिने नीति सरकारको थियो तर माओवादीहरुको डर त्रास र धम्कीले भर्ना हुन नाम लेखाएकाहरु पनि गएनन् जो गए उनको परिवारले यातना पनि नपाएका होइनन् । हिम्मतवाला कोही युवायुवतीहरु सेना प्रहरीमा लागे, कोही माओवादी लडाकुमा लागे । जब नेपाली सेनामा भर्ना खुलेको थियो त्यसबेला माओवादीले पनि लडाकु भर्ना खोली रहन्थ्यो । सेनामा भर्ना हुन सैनिक नियम बमोजिमको योग्य भनी छानेर लिने गरेका थिए भने माओवादी लडाकुमा जो भएपनि लिने गरेका थिए । लडाकुहरु माओवादी सेना नेपाली सेनामा समायोजन हुने बेला योग्य लडाकुलाई सेनामा समायोजन गरिए भने योग्यता नपुगेकाहरुलाई आर्थिक लाभका साथ फिर्ता गरिए । त्यसपछिका दिनहरुमा भने सेना प्रहरीमा भर्ना हुन सर्वसाधारणलाई त्यति सजिलो छैन । नमुनाको रुपमा कोही २÷४ जनाले मौका पाएको होला तर जसको कोही आफन्त छैन भने त्यसमा दलित आदिवासी मधेशी बाहेक अरुलाई भने धौ धौ परेको कुुरा बताउँछन् भुक्तभोगीहरु ।

विविध कारणबाट वितृष्णा फैलिएकोले ती युवाहरु भरसक कहिल्यै नेपाल नफर्कने झोकमा विदेशिएपनि घरपरिवारको खातिर रेमिटान्स भित्रिदैछ भने धेरैको विचल्ली भएको छ । महिला तथा युवतीहरुको भने अतुलनिय क्षति पुगेको छ । विदेश पठाउने दलालहरुले दिल्ली देखि अरबका खाडीसम्म पु¥याई विचल्लीमा पारेका छन् । हामी अनलाईन समाचारहरुमा पनि हेर्ने गछौं युवतीहरुले पाएको दुःख पीडा असह्य भएको छ नेपालीलाई ।

आज नेपालले प्रान्तिय रुप लिएको छ । हामीले सोचेका थियौं अब पहाडी क्षेत्र गुन्जायमान हुनेछ तर जब नेताहरुले पहाडबाट बसाई सरी तराईमा झरे त्यसपछि पहाडका नागरिकले निरास हुन परेको छ । पहाडका डाडा काडा उजाड भएका छन् । खेती बाझा छन् । जहाँ ३०÷४० वर्ष पूर्व लटरम्म गरेर सुन्तला फल्ने गर्थे त्यहाँ आज फलफूलको एक बोट पनि छैन । यातायातको सुविधा नजिकिदै जादा पनि सरकारको त्यसतर्फ कुनै चासो छैन । जहा जहा सडक पुगेको छ र प्रस्तावित वित्त योजनाहरु छन् त्यस ठाउँका खेतहरुमा खेतीको साटो सुख्खा मेवा, ओखर, सुन्तला अर्थात् जुन खेती फल्छ त्यो लगाउन त्यहाका जनतालाई सहयोग गर्नुपर्छ ।

खाद्यान्नको कमि पर्न गएमा तराई क्षेत्रबाट सरकारी अनुदानमा पु¥याई कृषि उद्योग तर्फ युवाहरुलाई आकर्षित गरी बजार व्यवस्था गरि दिए मात्र विदेशिनबाट जनता बच्ने छन् । त्यस्तै आजका प्रान्त भोली कही परदेशको रुप नलेउन् त्यसबाट पनि नेता र सरकारले सजक हुनैपर्छ । रोजगारीका थुप्रै अवसरहरु छन् । अब सरकारले तराई भन्दा पहाडी जिल्लाहरुलाई हरतरहको सुविधा प्रदान गर्नुपर्ने देखिन्छ । पहिलो सुविधा यातायात सञ्जालको भइरहेकै छ । जहा जहा यातायात पुगेका छन् र पुग्ने प्रस्तावमा रहेका छन् त्यसको दुबैतर्फका गाउँहरुको र खेतीयोग्य जमीनको माटो परिक्षण गरी त्यसमा कुन जातको कुन खालको फलफूल फस्टाउन सक्छ त्यसको लागि आवश्यक पर्ने बोटविरुवा र प्राविधिक सहयोग नेपाल सरकारबाट किसानलाई उपलब्ध गराई पहाडी क्षेत्रका नागरिकहरुलाई आत्मनिर्भरता तर्फ डो¥याउनु पर्ने सरकारको मुख्य दायित्व रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *