सरकार, स्थानिय निकाय र जनता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अपराध जनताले गर्छन्, नियन्त्रण गर्ने काम सरकारको हो तर नेपालमा त्यस्तो देखिएन । जनता, सरकार, शासक, जनप्रतिनिधि सबैले आपराधिक काम गर्न थाले । नेपाल जति जति आधुनिकता तर्फ गयो र नयाँ नेपालको नाम लियो त्यस्तै साझेदारी अपराधमा बृद्धि भएको छ । जनता जुन जनताले ज्यानमारालाई आफ्नो प्रतिनिधि चुने जुन २०७४ को निर्वाचनमा सभासद भए मनाङे ।

त्यस्तै फरार चौधरी माथिको जघन्य अपराध लागि रहेको बेला बहुमतले जनताले सभासद बनाए, भगौडा हुदा स्वदेशमा रहन सकेका छैनन् । त्यस्तै जनताको कुरा गर्दा वर्षभरी गाईको दोहन गरी दुध खाई थागेपछि राती १२ बजे उपरान्त घरबाट निकाला गरी बजार क्षेत्र तथा राजमार्गमा छोडेर आइ रहेका छन् । गाउँमा कसले गाई बाच्छी छोड्यो भन्ने कुरा घरघरमा थाहा छ तर भन्दैनन् । भन्ने थिए को सित भन्ने, भनेपछि कारवाही गर्ने निकाय नभएको सिकायत गरेवाफ्त गाउँले सित्तैमा रिसाउने र झगडा हुन्छ कि भनेर डराएर भन्दैनन् ।

स्थानिय निकायका वडा सदस्य, अध्यक्षहरुलाई त थाहा छ कारवाही गर्ने नियम छैन । गाई गोरु तथा पाल्तु पशुजन्यको बारेमा हाम्रा सभासदहरुले नियम कानून नबनाएकाले सबैले दुःख भोग्नु परेको छ । जुन गाउँको घरबाट गाई गोरु बेपत्ता पारिन्छन् उसै घरबाट उम्मेदवार भई सभासद भएका छन् । नियम पनि कसरी बनोस् ।

कैलाली कञ्चनपुर जिल्लामा गाई गोरुको विचल्ली सबैले देखेको छ । ती पशुहरुको व्यवस्थापन हामी गर्छाै भनेर भोट देउ भनि चुनावको बेला भोट माग्यो, दियो, अन्तमा व्यवस्थापन त के हुन्थ्यो उसको नामबाट भ्रष्टाचारमा थप भयो । जनताको पनि नाक छैन । के नाकले नगरपालिका गाउँपालिका सित भन्छन् । सबैले गाई पालेको र दुध खाएपछि छोड्दा सबैले देखेको छ । वनजंगलमा पठाउन सबै वनहरु सामुदायिक वन भईसके । नेपालका नेता तथा सरकार र जनता मिलि गौचर, मसानघाट माथि नियन्त्रण गरी सकेको छ ।

जनता, नेता, सरकारको सहभागितामा अपराध हुनु देशको लागि दुर्भाग्य हो ।

देशको जनधन नष्ट पार्ने, आतंकवादीहरुलाई जनताले भोट दिई जिताउनु, अरु नेताहरुले त्यस्ताको विरोध नगर्नु र सरकारले उनीहरुले दिएको उम्मेदवारीलाई स्वीकार गर्नु तथा जनताले गरेका अपराधमा सहभागी हुनु जस्तो कि जनताले गाई ल्याएपछि वर्षभरी दोहन गरी राती १२ बजे दुध खाने महिलाहरुले सडकमा लगी छोड्दा जनप्रतिनिधिका वडा सदस्य लगायतका सबैले अपराधीको आनाकानी गर्नु, कारवाही नगर्नु, निरअपराधीलाई सताउने काम गर्नु नै सबैको सहभागिता हो । छाडा पशु व्यवस्थापनको नाममा भ्रष्टाचार भइ रहेको छ । जनप्रतिनिधि स्थानिय सरकार सो भ्रष्टाचारमा सहभागी भइरहेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *