११ वर्षपछि पृथ्वी जयन्तीमा सरकारी विदा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जगदिश प्रसाद अवस्थी, महेन्द्रनगर, २८ पुष । राष्ट्रका धरोहरहरुको जन्मजयन्ती हरेक वर्ष सरकारी स्तरबाट मनाउने गरेपनि राष्ट्रपिता भनेर नेपाली जनताले सदैव सम्मान गर्दै आएका र गर्ने व्यक्तित्व नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती गणतन्त्र आए पश्चात् पहिलो पटक ११ वर्षपछि मनाइएको छ ।

विभिन्न बाइसेचौविसे राज्यहरुलाई एक शुत्रमा बाँधी नयाँ नेपालको परिकल्पना गरेकाले उनको जन्मदिनमा राष्ट्रिय एकता दिवस मनाउने गरेको पाइन्छ । ऐतिहासिक धरोहरका रुपमा रहेका शाहको २९६ औं जन्मजयन्ती तथा राष्ट्रि एकता दिवसलाई राष्ट्रिय पर्व मानि सरकारले यसपटक सार्वजनिक विदाको घोषणा गर्दै मनाएको हो ।

पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस काठमाण्डौंमा सिंहदरबार अगाडी रहेको उनको शालिकमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति तथा प्रहरी प्रमुखहरुले फूलमाला चढाई माल्याण गरेका थिए भने देशका अन्य जिल्लाहरुमा समेत विभिन्न संघसंगठन तथा नागरिक समाजद्वारा बडो धुमधामका साथ मनाएको खबर प्राप्त भएका छन् ।

कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर बजारको मदन चोकबाट पृथ्वी जयन्ती मनाउन नागरिक समाजको अगुवाईमा भेला भएका विभिन्न संघसंगठनहरु, शिवसेना लगायतका संस्थाहरु समेत सहभागी भई बाजागाजाका साथ महेन्द्रनगर बजार परिक्रमा पछि मदन चोकमा कोणसभामा उक्त ¥याली परिणत भएको थियो ।

कोणसभाका सभापति नागरिक समाजका अध्यक्ष बलदेव अवस्थी रहेका थिए भने प्रमुख अतिथिमा पूर्व क्याम्पस प्रमुख अधिवक्ता पृत बहादुर विष्ट रहेका थिए । विशिष्ट अतिथिमा नेपाली कांग्रेस वि.पि. जिल्ला कार्यसमिति कञ्चनपुरका अध्यक्ष त्रिलोक चन्द रहनुभएको थियो भने अन्य व्यक्तित्वहरु कृष्णानन्द भट्ट, समाजसेवी दिवान आग्री लगायत शिवसेनाका विभिन्न पदाधिकारीहरुको संलग्नता रहेको थियो ।

समारोहमा स्वागत मन्तव्य दिदै कृष्णानन्द भट्टले पृथ्वीनारायण शाहको बारेमा चर्चा गरेका थिए भने प्रमुख अतिथि विष्टले पृथ्वी
नारायण शाहको जीवनी प्रस्तुत गरेका थिए । सो समारोहको सञ्चालन नागरिक समाजका सचिव हरिहर पाण्डेयले गरेका थिए ।

अन्तमा धर्म, संस्कृति र राष्ट्रिय विभुतिहरुको संरक्षण, संवद्र्धन गर्दै राष्ट्रिय एकतालाई कायम राख्नु पर्ने धारणा व्यक्त गर्दै समारोहका सभापति बलदेव अवस्थीले कार्यक्रमको समापन गरेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *