महेन्द्रनगरमा विराट सत्संगको आयोजना हुदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, २९ पुष

महेन्द्रनगरको खुलामञ्चमा अति नै सरसफाई भएको छ । सयौं संख्यामा स्वयंसेवक परिचालन गरिएका छन् । कमसेकम एक लाख मानिसको लागि खान खुवाउन हुने खालका भाडा वर्तनहरु बुटवलबाट यहाँ आइसकेका छन् । प्रवचन हल तथा मञ्च रातदिन गरेर तयार भइरहेका छन् । मानौं आजसम्मको सबैभन्दा ठूलो कार्यक्रम यो नै हो । आजभन्दा पहिले यो मञ्चमा यति विशाल र भव्य कुनै पनि कार्यक्रमको आयोजना गरिएको थिएन ।

कम्तिमा ५० हजार जना अटाउने गरि पंडाल बनाइएका छन् । धार्मिक गुरु तथा भक्तजनहरु ठूलो संख्यामा भारतबाट समेत आउने भएकाले बस्नलाई विभिन्न विद्यालय, उद्योग वाणिज्य संघका भवन तथा नपुग भएमा व्यक्तिहरुका घरहरु मागि रहेको छ । यो विराट प्रवचनको आयोजना माघ ५ र ६ गते भएपनि आजै देखि मेची देखिका भक्तजनहरु र स्वयंसेवकहरु यहाँ आइसकेका छन् । बन्दोबस्त ज्यादै अतुलनिय तरिकाले भइरहेको छ । शौचालयहरु मात्रै ३ सय पूर्ण रुपमा निर्माण भइसकेका छन् । यो सत्संगबाट नेपालमा ज्यादै ठूलो प्रभाव पर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *