चमेलियाको १५ मेगावाट राष्ट्रिय प्रसारणमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दार्चुला, २९ पुष । दार्चुलाको शैल्यसिखर नगरपालीका १ बलाचँमा निमार्ण भएको चमेलिया जलविद्युत आयोजनाले शुक्रबारदेखी १५ मेगावाट विद्युत
राष्ट्रिय प्रशारणमा जोडेको छ ।

२ युनिट रहेको ३० मेगावाट क्षमताको यो आयोजनाको एक युनिट अर्थात १५ मेगावाट विजुली नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा जोडिएको आयोजना प्रमुख अजय कुमार दहालले जानकारी दिनुभयो । आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिम्प्रोनाई गरेको आयोजना प्रमुख दहालले बताउँनुभयो ।

आयोजनाले २३ नोभेम्बरबाट १३२ केभि प्रशारण लाईन चार्ज गरेको थियो भने जनवरी १४ देखि १७ सम्म लोड रिजेक्सन टेस्ट गर्ने प्रमुख दहालले जानकारी दिनुभयो ।

आयोजनाले पिक आवरमा चाँडै नै राष्टिय प्रसारणलाई विद्युत दिने तयारी समेत गरेको छ । तालिका अनुसार जनवरी १८ देखि पिक आवरमा प्रसारणलाईनमा विद्युत दिइने समय तोकिएको भएपनि आयोजनाले
जनवरी १४ बाटै पिक आवरमा विद्युत उपलब्ध गराउने आयोजना प्रमुख दहालले बताउनु भयो ।

चमेलिया जलबिद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेना शुक्रबारदेखी व्यारेक फर्किएको छ । सुरक्षार्थ खटिएको ३५ जना नेपाली सेना फर्किए पछि आयोजनाको सुरक्षा गर्न सशस्त्र प्रहरी बल खटिई आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *