राष्ट्रनिर्माताको सबैभन्दा ठूलो शालिक बैतडीमा बनाइने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, २८ पुष । राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको सबैभन्दा ठुलो शालिक बैतडीमा बनाईने भएको छ ।

सबै नागरिकलाई आफ्नो राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार बनाउन बैतडी जिल्लामा शालिक बनाउन लागिएको हो । राष्ट्रियता संरक्षण अभियानले विहिबार बैतडीमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी दिएको छ ।

११ फिट लोमो पृथ्वी नारायण शाहको शालिक बनाईने र त्यसका लागि तयारी भईरहेको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले जानकारी दिनुभयो । ‘राष्ट्रियता संरक्षणका साथसाथै यहाँको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले बैतडीमा सबैभन्दा ठुलो राष्ट्र निर्माता पृथ्वीनाराणण शाहाको शालिक बनाउछौँ’, लेखकले भने ।
बिहिबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अभियानले यस्तो धोषणा गरेको हो ।

यसबारेमा जिल्लाका विभिन्न सरोकारवालाहरुसंग पनि परामर्श गरिने अध्यक्ष लेखकले बताए । शालिक दशरथचन्द नगरपालिकाको गोठलापानी, गडी र शाहिलेक बजार नजिक कुन ठाँउ राख्ने भन्ने बारेमा पनि छलफल भईरहेको उहाँको भनाई छ ।

जनतामाझ लोकप्रिय एवमं एकताका नायक राजा पृथ्वीनारायण शाहले विभिन्न खण्डमा विभाजित नेपाललाई एकिकरण गरेका थिए ।

त्यसैगरी पाटनमा एकता दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गर्दै समाजसेवी कृष्ण बहादुर चन्दले राष्ट्रपिता पृथ्वीनारायण शाहको योगदान हामीले विर्सन नहुने बताएका छन् । आजको सिंगो देश नेपाल उनकै देन रहेको कुरा बताउँदै चन्दले हामीले राष्ट्रनिर्मातालाई विर्सनु राष्ट्र नै विर्सनु सरह रहेको बताए ।

समाजसेवी तथा भ्रष्टाचार निवारण अभियानका पाटन नगर कमिटि अध्यक्ष समेत रहेका चन्दले उनको फोटोमा फूलमालरु चढाएका थिए भने आयोजित कार्यक्रममा पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले समेत मन्तव्य व्यक्त गर्दै
राष्ट्रनिर्माताको तस्वीरमा फूलमाला चढाएका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *