वि.पि.को मेलमिलापको नीति अझै आस्थाको केन्द्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–बलदेव अवस्थी । घरफुटे गवार लुटे भनेझैं जब देशमा लामो अवधिसम्म शासन गरी रहेका राणा शासक र नेपाली जनता बीच अनमेल भयो, प्रजातन्त्रको लागि जनता जुर्मुराएको कुरा पंडित जवाहर लाल नेहरुले थाहा पायो । ‘भारत छोडो’ आन्दोलनमा नेपाली नेता केही जनतालाई प्रयोग गरेकोमा हाम्रा तत्कालिन नेताहरु वि.पि., मनमोहन, दशरथ चन्दहरुलाई प्रजातन्त्रको लडाई लड्न र त्यसमा भारतले सहयोग गर्नेछ भनेपछि राजा त्रिभुवनलाई धोका दिई आफु खुसी सम्झौता गरेपनि विश्वासघात पछिको अनुभवबाट नेपालले जति सतर्क रहेपनि झन् झन् षड्यन्त्रका तानाबाना बुनिन छोडेका छैनन् ।

२००७ को प्रजातन्त्र नामको व्यवस्था परिवर्तनमा भारतको सहयोग र हात रहेकाले नेपाल माथि आफ्नो अस्तित्व कायम राख्न जानी वा नजानी गरेका षड्यन्त्ररुपी सहयोग राजा त्रिभुवन र वि.पि.को राज्य सञ्चालनमा सहयोग पु¥याउन नेहरुले आफ्नो परराष्ट्र मन्त्रालयको सह–सचिवलाई नेपाल पठाई उनको योजना बमोजिम राज्य संचालन गर्नु भन्ने कुरा अन्त्यमा वि.पि. र युवराज महेन्द्रलाई मन परेन र भारतीय सह–सचिवलाई फिर्ता पठायो । जब २०१७ सालले प्रवेश ग¥यो २ तिहाईको बहुमतको सरकार अपदस्त गरी राजा महेन्द्रबाट वि.पि.लाई गिरफ्तार गरे ।


“लामो निर्वासपछि वि.पि. कोइराला नेपाल फर्के, बिसौं हजार नेपालीको ज्यान लिएपछि डा. बाबुराम भट्टराईले माओवादी छोडे”

अन्तमा वि.पि.को निर्वास जीवन भारतमा रह्यो । इन्दिरा गान्धी माथिको विश्वास अविश्वासमा रुपान्तरण भएपछि २०३३ साल पुष १६ गते राजा पोखरामा भएको बेला राजा सितको मेलमिलापको नीति लिएर नेपाल फर्के । २०३६ सालको जनमत संग्रहको घोषणा वि.पि. र राजा वीरेन्द्रकै मेलमिलापको प्रतिफल थियो । दुबैले नेपाललाई अगाडी बढाउने गरेका योजना सफल भएनन् कारण वि.पि. क्यान्सर पीडित थिए र दोस्रो पुस्ताका नेता गिरिजाको नीति जानेर नजानेर जे भएपनि राम्रो थिएन ।

राजा महेन्द्र देखि राजा ज्ञानेन्द्रसम्म नेपालको अहितको चलखेलमा लागे । सुरु सुरुमा वि.पि.ले भारतीय नेताहरुलाई प्राथमिकतामा राखेझैं गिरिजाले गर्दै गए । त्यसको प्रमाण हो महाकाली सन्धी । विद्युत सिँचाईको अलावा सुगौली सन्धी जीवित गराउने चलखेल प्रष्ट देखिएका छन् । त्यसकारण उनले बुनेका तानाबाना नेपाल नेपाली र राजसंस्थाको हितमा थिएनन् । यदि उनी जनताको सम्मान गर्दथे भने वि.पि. कोइरालाको जस्तै जनमत लिने काम गर्दथे तर गरेनन् । कारण जनताप्रति उनको विश्वास थिएन तर जनताको भ्रामक विश्वास उनीप्रति छदै थियो । अन्तमा उनकै सहयोगमा माओवादीहरुद्वारा देशमा नरसंहार गरायो ।

नरसंहारपछि डा. बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरी प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको सहयोगमा सभासद भए । जे जति काम गोला बारुद बन्दुकको सहाराबाट गरे बुद्धि र कलमले त्यो भन्दा बढी काम हुने थियो । देशको यथार्थ कुरा सभासदको निर्णय पुस्तिकामा लेखि २०५ का दुई तिहाई सभासदहरुले जे निर्णय ग¥यो त्यो हुने थियो । त्यसबेला नेताहरु डराएर जंगल पसी लुकी लुकी विरालोले मुसा मारेझैं ग¥यो । जनतामा त्राही त्राही मच्चायो । नेपालको संविधान २०७२ मा सबै नागरिकलाई समान दर्जा दिन नसकि जाति भेद, लिङ्गभेद र नातावाद गरेको छ ।

आज एकताको प्रतिक राजसंस्था र न्यायको आस्थाको केन्द्र सर्वाेच्च अदालत माथि आक्रमण भयो । नातावाद कृपावादको नाता गाँसी न्यायमूर्तिहरुको नियुक्ति ग¥यो जसले गर्दा न्यायालय तर्फको विश्वास टुटाउने प्रयास गरे । यो सबैभन्दा घातक हो । अब जनताले कहाँ जाने न्यायालय एउटा आशाको केन्द्र थियो । अब योग्यताले नभई चाकरी चाप्लुसीले पार्टीहरुको भागबण्डामा परेका न्यायमूर्तिहरुले के कस्तो हिम्मत राख्दछन् अझै प्रतिक्षाको विषय रहेको छ । प्रचण्ड, बाबुराम, गिरिजा, माधव, के.पी., झलनाथहरुको एक स्वर रही दिएको भए नेपालको प्रगति हुने थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *