के देशको न्याय गोविन्द केसीको नियन्त्रणमा छ ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

एउटा गोविन्द केसीको नाममा पुरा देशले पागलपन लिएको छ, डा. केसीका मागहरु सही छन् उनले भनेको हुनैपर्छ भन्दछन् तर ।

तर के फुजेल दम्पत्तिका माग गलत थिए ? खै उनलाई इसाफ दिन डा. गोविन्द केसी बोलेको । नेपालका हलिया कमैया सुकुम्बासीहरुका माग के खराब थिए खै उनीहरुको बारेमा गोविन्द केसी बोलेको । केसी मात्र होइन प्रत्यक्ष शहर शहर गाउँ गाउँमा र स्वास्थ्यकर्मीले मात्र होइन हरेक संध–संस्थाहरुले समर्थन जनाइरहेका छन् तर हाम्रो न्यायालय संस्था र न्यायमूर्तिहरुलाई भ्रष्टको संज्ञा दिई रहेका छन् । यदि न्यायाधीशहरु साच्चै भ्रष्ट हुन् भने नियुक्ति गर्ने विद्वान र सरकार, नेताहरुको विरोध गर्नु पर्छ ।

हाम्रो न्यायालय देशको आशाको केन्द्रलाई किन यस्तो बनायौं भनेर न्यायाधीश नियुक्तिलाई भागबण्डा आफ्नो निजि सम्पत्ति झैं बटबारा गर्ने घिन लाग्दा नेताहरु माथि कारवाही हुनुपर्छ कि हामीलाई यस्तो न्यायालय किन दियौं भनेर हामीलाई त राजा महेन्द्रको समयको जस्तो न्यायालय चाहिन्छ, राजा महेन्द्रलाई पाँच पैसा भएपनि जरिवाना गर्ने न्यायाधीश रत्नबहादुर विष्ट जस्ता न्यायाधीश देउ भनी आफ्ना नेताहरु सित जनताले भनी सक्नुपर्छ ।

डा. गोविन्द केसी मात्र यो देशका सबै थोक होइनन्, अरु पदाधिकारीहरुको पनि अलग अलग दायित्व र अस्तित्व छ । यी सब कहाँ गएका थिए । राजसंस्था माथि वैदेशिक चलखेल हुदाँ राजसंस्थाको बरबादी गरेझैं न्यायालयको बर्वादी गर्न मिल्दैन । भागबण्डा गर्ने नेता देखि गोविन्द केसी सम्मकाले होसियार रहनैपर्छ भन्ने जनधारणा रहेको छ ।

विद्वानहरु राष्ट्रका हलिया हुन् डा. केसीका होइनन् । शान्तपूर्वक शानका साथ बाँचेको नेपालको अवस्था आज कहाँ पुग्यो ? देश बनाउने बहाना गरी नयाँ नेपालको नाममा पुरानो नेपाल गुमाउने तरखर नेताहरुको पाइन्छ । देशमा यस्तो माहौल बनाउने न डा. केसी हुन् न न्यायाधीश, गिरिजा देखि माधव सम्मका हुन् । खासगरी यी २÷४ नेताहरुले गर्दा माओवादीहरुको उदय र अस्त भयो । न माओवादी सफल भयो न राजसंस्था रहन दियो । देश डामाडोल स्थितिको सिकार भएको छ । घर–घर, जाति–जाति बीच विभेद फैलाई दिएको छ ।

पक्षपात तरिकाको नीति लागु गरे त्यसको प्रमाण तत्कालमा जेष्ठ नागरिक भत्ताकै कुरा गरौं ६० वर्ष र ७० वर्ष राखेको छ । जबकि प्रकृतिले नेपालीको औषत आयु अलग दिएको छैन । दलित कम बाँच्ने र गैरदलित बढी बाँच्ने कुनै नियमबाट पनि हुदै हुदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *