राजा ज्ञानेन्द्रलाई दाङमा भव्य स्वागत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दाङ, २१ पुष
पूर्व राजा ज्ञानेन्द्र शाहलाई दाङमा स्थानिय जनताहरुले भव्य स्वागत गरेका छन् । पश्चिम नेपालको भ्रमणमा रहनु भएका शाह दाङ पुग्दा स्थानिय जनताहरुले भव्य स्वागत गरेका हुन् ।
पूर्व राजा शाहले शुक्रबार दाङको घोराहीस्थित अम्विकेश्वरी मन्दिरमा पुजा अर्चना गर्नु भएको थियो भने चौघेरास्थित श्री रत्ननाथ मन्दिरमा दर्शन समेत गर्नु भएको थियो ।

शाहलाई स्वागत गर्दै स्थानिय जनताहरुले राजा आउ देश बचाउ जस्ता नारा पनि लगाएका थिए । त्यस्ता नारा लगाउँदाले राजाले टाउको हल्लाएर मात्रै स्वागत गरेका थिए । शाहको स्वागतको लागि उत्साहित राजसंस्था समर्थक यत्तिमै सीमित रहेनन् उनीहरुले २०७२ मा जारी नेपालको संविधानको खारेजीको माग समेत गरे ।
‘२०७२ को संविधान खारेज गर’ जस्ता नारा समेत राजा सहभागी भिडमा जोडतोडले लगाइए । राजसंस्थाको स्थापनाको माग गर्दै राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नाराबाजी समेत गरेका थिए ।
यस्ता यी घटना देख्दा राजसंस्था प्रतिको जनताको मायामोह पहिलेको भन्दा बढ्दै गएको पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *