संविधान अनुसार प्रदेशको राजधानी तोकिने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

भक्तपुर, २२ पुष । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संक्रमणकालको अन्त्य भएको र मुलुक समृद्धिको बाटोतर्फ उन्मुख भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस काठमाडौं–धनकुटा सम्पर्क समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन ।

उनले भने, ‘लामो समय देखिको संक्रमणकालको अन्त्य भएको छ, कांग्रेसले त्यसको नेतृत्व लियो, कांग्रेस चुनाव हारेर पनि मुलुकले जितेको छ, यसले पनि कांग्रेस र लोकतन्त्रको भविष्य उज्वल छ भन्ने संकेत गर्दछ, त्यसैले कांग्रेसलाई नयाँ तरिकाले जनताको बीचमा जानुको विकल्प छैन ।’

मन्त्री कार्कीले संविधानको व्यवस्था अनुसार प्रदेशको राजधानी तोकिने भएकाले आधारभूत कुराहरु र सम्भावना भएको स्थानलाई प्रदेशको राजधानी तोक्ने गृहकार्यमा सरकार रहेको जानकारि दिए । उनले भने छिट्टै प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी प्रक्रिया अनुसार तोकिने छ ।’

त्यस्तै कार्यक्रममा पूर्व सांसद मोनहर नारायण श्रेष्ठले प्रदेश नम्बर १ को राजधानी धनुकुटालाई तोक्न सरकारसँग माग गरेका छन् । उनले भने,‘ प्रदेश नम्बर १ को उपयूक्त राजधानी धनकुटा हुन्छ, भौगोलिक हिसावमा सेन्टरमा पर्छ, पूर्वाधार, सामथ्र्य, हावापानि, सुन्दरता र अन्तराष्ट्रिय सिमानाको दृष्टिकोणले पनि त्यत्तिकै उचित छ ।’ यस्तो भन्ने गरिएको भएतापनि जहाँ भौतिक पूर्वाधार सुविधा सम्पन्न छ त्यहाँ राजधानी राख्ने होइन कि जहाँको विकास हुन बाँकी छ जहाँ भौतिक सुविधाहरु छैनन् त्यस ठाउँलाई छनौट गरेर विकासको थालनीको साथ राजधानी कायम गर्नुपर्छ । जस्तो कि जहाँ राजमार्ग छ त्यसको छेउछाउमा राख्नु भन्दा त्यस्तो सुविधा नभएको ठाउँमा राख्दा सम्बन्धित ठाउँको विकास पनि हुने भएकाले भविष्यमा बजार विस्तार गर्न सकिने स्थानहरुलाई प्राथमिकतामा राखी हवाई सेवा लिन सकिने स्थान समेतलाई ख्याल राखी राजधानी कायम गर्नुपर्छ भन्छन् बुद्धिजीविहरु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *