भ्रष्टाचार विरुद्धको अभियान सञ्चालनमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, १९ पुष । भ्रष्टाचार विरुद्ध अभियान जिल्ला शाखा बैतडीले यही पौष १७ गते पाटनमा आयोजना गरेको समारोहमा पाटन नगरपालिकाका नगर प्रमुख केशव बहादुर चन्द प्रमुख अतिथि र उपप्रमुख सरस्वती कोली विशिष्ट अतिथि रहनुभएको उक्त समारोहमा नगरबासी जनताको उपस्थितिबाट पाटन नगरपालिका क्षेत्रमा भ्रष्टाचार निवारण गर्न १४ सदस्यीय नगर कमिटि गठन गरियो ।

पाटन नगरपालिकामा भ्रष्टाचार निवारण पाटन नगर समितिका अध्यक्षमा कृष्ण बहादुर चन्द, उपाध्यक्ष वंशिलाल विष्ट, सचिव शिवदत्त अवस्थी, कोषाध्यक्ष श्रीमती जानकी विष्ट र १० जना सदस्य रही १४ सदस्यीय पदाधिकारी रहेको भ्रष्टाचार निवारण अभियान नगर समिति पाटन, बैतडी गठन गरियो । उक्त अवसरमा भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान जिल्ला शाखा बैतडीका संयोजक गणेश ठगुन्नाले समारोहमा बोल्नु हुदै देशमा भ्रष्टाचारले गर्दा विकासका कार्यहरु पछाडी पारिएका र विकृति विसंगतिले बढी प्रश्रय पाएको वर्तमान अवस्थामा भ्रष्टाचार निवारण तथा न्युनिकरण गर्न अति आवश्यक र बाञ्छनिय भएकाले गर्दा भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान केन्द्रिय कार्यालय बिजुली बजार काठमाण्डौं यस अभियानलाई बैतडीमा सञ्चालन गर्नका लागि गत वर्ष जिल्ला शाखाको स्थापना गरेको जानकारी गराउनुभयो र यस अभियानले चालेका कदमप्रति जनमानसबाट भ्रष्टाचार विरुद्धको अभियानमा चेतनाको विकास हुनुका साथै हस्टेमा हैंसो गरी साथ दिइरहेका र नियन्त्रणमा उल्लेख्य प्रगति भइरहेको अवस्था उल्लेख गर्नुभयो ।

सोही अवसरमा भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान जिल्लका शाखा बैतडीका सचिव धनिराम लुहारले समारोहमा बोल्नु हुदै भ्रष्टाचार समाजका लागि घातक र विषको रुपमा बुझ्न सकिन्छ । यसैले समाजलाई स्व्च्छ र विकसित गर्नु छ भने समाजका हरेक व्यक्तिले यसको निराकरण र न्यूनिकरण गर्नमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग र कार्य गर्नैपर्छ । भ्रष्टाचार गर्नुभनेको विषपान गर्नु सरह छ जसले गर्दा हाम्रा विकाश निर्माण र शुद्ध विचारमा कुठाराघात पु¥याउँछ । आफ्नो विचार र धारणा राख्ने क्रममा वहाँहरुले भन्नुभयो बैतडीको पाटन भनेको स्थान जिल्लाकै एक प्रमुख विकास केन्द्रको रुपमा लि सकिन्छ र पाटनमा भइरहेको विकास निर्माण, सरकारी कार्यालयहरुबाट सञ्चालित हुने विकास योजना आयोजना, पाटन नगरपालिकाबाट हुने गरेको नगर स्तरिय विकास निर्माण र सामाजिक क्षेत्रले दिदै सकारात्मक परिणामको प्रभावबाट जिल्लाका अरु ठाउँ स्थानले पनि अनुकरण गर्न सक्ने उदाहरण बन्ने छ भन्ने विश्वासिलो आधार खडा गरी पाटन नगर क्षेत्रका जनता बुद्धिजीवि सबैबाट भ्रष्टाचार निवारण गर्ने यस महानकार्यमा सहयोग पु¥याउनु हुनेछ भनी अनुरोध गर्नु भएको छ ।

समारोहका प्रमुख अतिथि केशवबहादुर चन्दले भन्नुभयो, ‘भ्रष्टाचारले गर्दा समाजमा नागरिक जीवन अवस्थामा व्यतित गर्न बाध्य छ स्वच्छ रुपबाट राज्यले नागरिकको जीवनोत्तर र ठाउँ समाज, षेत्रको विकास गर्न भनी संचालन गर्ने विकास निर्माणका विविध क्रियाकलापबाट एक नागरिक लाई प्राप्त हुने सुविधा, सुख र उन्नतिको बाधकको रुपमा आज भ्रष्टाचार पनि एक प्रमुख कारण भएको विचार व्यक्त गर्नुभयो ।

नवगठित भ्रष्टाचार निवारण अभियान नगर समिति पाटनका अध्यक्ष कृष्णबहादुर चन्दले कार्यपत्र प्रस्तुत गर्नुहुदै भ्रष्टाचार नियन्त्रण तथा निवारण नहुदा सम्म नेपालमा जनताले सुखमय जीवन तथा नागरिक को जीवनस्तरमा विकास हुन नसक्ने ठोकुवा गर्नुभयो । भ्रष्टाचार निवारणमा समाज र प्रत्येक नागरिकले यसका विरुद्ध स्वस्फूर्त रुपबाट अग्रसरता देखाई भ्रष्टाचार विरुद्धको यस महान अभियानमा पूर्वाग्राही रहित र निष्पक्ष भइ लाग्न जरुरी भएको कुरा अवगत गराउनु भएको थियो । २०१४ सालमा स्व. राजा महेन्द्र कै पैदल सवारीका बखत यस पाटन क्षेत्रलाई बैतडी जिल्लाकै विकासको गति दिन विकास क्षेत्र घोषणा गरिएको स्मरण समेत गराउनु भएको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *