१२ बुँदेका बन्धकहरुलाई धिक्कार छ ! धिक्कार छ ६०१ हरुलाई !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

६ सय १ हरुलाई डो¥याई आफ्नो गफमा ल्याउने गिरिजा, माधव, के.पी., बाबुराम जस्ता महान क्रान्तिकारी नेताहरुलाई त हामीले धिक्कार दिएर केही हुदैन । त्यसको कुनै औचित्य पनि छैन । हामीलाई दुःख हो केवल देशको अस्थिरता जिवित रही रहनु । संविधान निर्माण सर्वमान्य हुनुपर्नेमा किन भएन संविधान २०७२ मा हरेक काम कुरा किटानी हुनुपर्नेमा किन भएन या भएको छ जनतालाई पूर्ण रुपले ऐन नियम संविधानका अक्षर अक्षर थाहा हुदैन तर नेताहरुको अलमलधन्दाबाट त्रसित हुनु परेको छ ।

२०४७ को संविधान पनि जनता सामु पवित्र छ भन्दथे तर अन्तमा उसैलाई बात लाग्यो, बेमौत म¥यो । २०७२ मा जे खोज्यो त्यही पाइन्छ सबैथोक अटाएको छ भन्ने ढोल पिटिएको देखि नाकाबन्दी लागेको समेत सबैले थाहा पायौं । त्यही संविधान बमोजिम २०७४ मा निर्वाचन भयो । इमानदारीताको साथ निर्वाचन आयोगले निर्वाचन ग¥यो । अझै बा“की छ जुन माघ २४ गते सम्पन्न हुनेछ । यति इमानदारिताका साथ काम गर्दागर्दै बात लगाउनु भनेको नेपालको ऐन कानून बमोजिमको आधारमा अदालतका न्यायाधीशहरुले निर्णय गर्नु जस्तै हो ।

सभासदहरुले बनाएको नियम कानून बमोजिम काम गरि रहेका अंगलाई दोष दिनु उपयुक्त होइन । जस्तो नियम कानून छ उसकै आधारले संबैधानिक अंगहरुले काम गर्ने हुन् । नेताहरुले निर्वाचन आयोगलाई दोष दिनुको ठाउ“मा आफैलाई बरु दोष दिनु उपयुक्त हुन्छ । जनताका धड्कन नेताहरु हुन् । यसरी जनतालाई धोका दिदै हिड्नु जघन्य अपराध हो । हुन त प्राकृतिक नियम पनि यस्तै छ फलामले फलामलाई काट्छ भनेछ । नेताले नेतालाई धोका दिन्छन् । हरेकले आफ्नो जातिलाई धोका दिएका प्रमाण छन् । बाहुनहरुले बाहुनलाई धोका दिई खट्केलो जैसी दर्जा दिएका छन् । जस्तो कि राणाजीहरु ठकुरीहरुमा पनि भित्र तर्फ र बाहिरी तर्फका भनेर तल सार्दै जाने चलन छ । यस्तै दलित वर्गले पनि आफ्नै वर्ग माथि थिचोमिचो गरेको छ । त्यस्तै थारु आदिबासीहरुको कुरा पनि छ । सर्वप्रथम आफ्नै वर्ग माथि धोका गरेका छन् । त्यसकारण राजनीतिक पार्टीहरु प्रेमपूर्वक मिल्न सक्दैनन् । एक कम्युनिष्टका १५÷२० पार्टी भएका थिए । जुन पहिलो पटक मदन भण्डारीले एक गराई दिएका थिए । राप्रपाका कति पार्टीहरु भए सबै सामु छ । यिनीहरुले न एमाले सित सक्यो न कांग्रेस सित, आफ्नै वर्ग सित सक्यो अनि आफैलाई तल पा¥यो ।

नेपाली कांग्रेस एमालेमा पनि दरार मात्र होइन अलग भइ सकेका छन् । यस्तै हाम्रा सम्पूर्ण नेतृत्वले बाह्य शक्तिको सामना गर्ने क्षमता राख्न सकेका छैनन् । नेपालीले नेपालीलाई मात्र हरेक बाहना निहु“मा तल पार्ने प्रवृत्ति हामीले पाएका छौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाह स्वर्ग भइसकेपनि उनका शालिक माथि प्रहार गरिए, तोडिए । त्यतिमात्र होइन उनको सम्झना गर्नेहरुलाई सम्झना र सम्मान गर्न दिएन दिल्लीमा १२ बु“दे सम्झौता गर्ने सम्झौताका गुलाहरुले । यी सबै कुराको अध्ययन गर्दा जातिले आफ्नो जातिको भलो गरेको र नेताले अर्का नेताको भलो हुने काम गर्न दिएको हामी पाउ“दैनौं । त्यस्तै २÷४ जना दलितलाई पदाधिकारी बनाउ“दैमा सबै दलितको उद्धार होला भन्ने आधार छैन । बरु अगुवालाई दलितहरुको गतिविधिको गुप्तचर बन्न गयो भने झन् पाप लाग्ला ।

त्यसकारण वर्ग भन्दा पनि इमानदारीको खा“चो हामी देख्दछौं । सबैको मति सुधार भयो भने देशले शान्ति पाउ“छ । नेताहरुले आफु नेपालमा बसी राज गरी रहेका छन् तर युवायुवतीहरुलाई प्रत्यक्ष वैदेशिक रोजगारीको नाममा विदेशीको दासत्व जिवन विताउन बाध्य पारिएका छन् । नेपालको मुद्राको तुलनामा विनिमय द्वारा बढी बेतन ज्याला पाएको भान होला तर जुन देशमा काम गर्छन् त्यो देशमा भने त्यहा“का नागरिकसरह ज्याला सुविधा पाएको छैन । ऊ देश धनी छ भनेर आफ्ना नागरिकलाई उतै गुलामी गर्न पठाउने होइन बरु आफुले पनि उद्योग गरी धनी बन्नु पर्ने बाटा अपनाउनु पर्छ । नेपालाई अगाडी होइन कि आपसी फुट गराई पछाडी धकेलिने खेलहरु भइरहेका छन् । नेपालको संविधान बन्यो, आफ्ना नेताले बनाएको भनी सबै नेपालीले मान्दामान्दै पनि सम्पूर्ण तराईबासीले प्रेमपूर्वक मान्न सकेनन् भने छिमेकी मित्रले पनि पेच लगायो । नेपालीद्वारा नै नेपाल बन्द गर्न लगायो ।

सुगौली सन्धी १९५० को सन्धीले खारेज भएको बेलामा टनकपुर महाकाली सन्धीले महाकाली पश्चिमको क्षेत्रलाई पुनः सुगौली सन्धीले नै बाध्न लगायो । २०४६ को आन्दोलनमा भारतीय नेताहरु नेपालमा आइ हावा भरेको प्रष्ट भयो भने दिल्लीमा भएको १२ बु“दे सम्झौताले पनि मन्द विष झैं कहा पु¥याउ“छ सर्वसाधारणको प्रतिक्षाको विषय रहेको छ । हाम्रो चाहना हो १२ बु“देको आधारमा नेपालको संविधान २०७२ माथि धमिरो नलागोस् । यदि नेपाल र नेपालीको शिर झुक्ने काम भयो भने गिरिजाप्रसाद, पुष्पकमल, बाबुराम , शेरबहादुर, माधव नेपाल, के.पी.शर्मा, सूर्यबहादुर, लोकेन्द्रबहादुर, कमल थापा, पशुपति शमशेर, प्रकाशचन्द्र लोहनी लगायत थुप्रै मधेशी नेताहरुलाई नेपाल माथिको आक्रमणको जिम्मा न जाला भन्ने प्रमाण छैन । समावेशीको नाममा नेपाल माथि भएको अपराध अरुमा समावेश हुनेछैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *