राज्य राष्ट्रको निहितार्थ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-थानेश्वर प्रसाद भट्ट । राज्य र राष्ट्र एउटै अर्थ राख्दछन् वा यसमा कुनै विभेद छ ? यसको उत्पत्ति आवश्यकता र सार्थकता के र किन छ ? राज्य निर्माणका लागि आवश्यक तत्व के हुन् ? यसमा कुनै कमिकमजोरी आयो भने परिणाम कस्तो संभावित हुन्छ ? नेपाल नामको देशमा राज्य र राष्ट्रको वर्गिकरण कसरी हेरिदैछ ? राज्य भित्र नै बहुराष्ट्रको प्रसङ्ग किन उठाउने गरिन्छ ? यी र यस्तै प्रश्नहरु आज सान्दर्भिक मात्र होइन यथार्थको धरातलमा समाधान समुचित प्रबन्ध भएन भने के सम्म संभव छ ? यसै विषयमा केन्द्रित रहेर विश्लेषण गर्ने प्रयास हो ।
आदिम युगमा मानव अराजक थियो, नियन्त्रण विहिन हुदाँ अराजक स्थिति उत्पन्न व्यवस्थित गर्ने प्रयासका रुपमा राज्यको उत्पत्ति भएको सम्बन्धमा त्यस प्राकृतिक अवस्था (क्तबतभ या ल्बतगचभ) बाट पार हुनका लागि शासक र यसका तन्त्रहरुमा विविध विद्वानहरुले आफ्नै ढंगले व्याख्या गरेको पाइन्छ । इङ्गलैण्डका राजनीतिज्ञ तत्समयका दरबारी सामन्त ज्यददभक (हब्स)ले मानिस स्वभावले दुष्ट कपटी बदमास लगायत दुर्गुणहरुले अनियन्त्रित हुदाँ राज्यको उत्पत्ति भएको सटिक व्याख्या गरेका छन् । पढ्ने बेला किन त्यस्तो धारणा बनाएका होलान् भनेर चिन्तन गरी रहन्थे । उनी संगै ीयअप (लक) फ्रान्स, रुसो (रसिया) गरी प्राकृतिक अवस्थाका सम्बन्धमा चर्चित ३ जना विद्वान दार्शनिकहरुका पृथक व्याख्या छन् । महामति चाणक्यले अर्थशास्त्र नामको पुस्तक लेखे । कौटिल्यको अर्थशास्त्र नामले चर्चित पुस्तक राजनीतिको अमुल्य निधि मानिन्छ । वर्तमान युगका मेकियाबेलीलाई चाणक्य सरह मानियो । राज्य र शासकको चरित्र कस्तो हुनुपर्दछ भनेर एबितय प्लेटो (अफलातून) ले गरेको परिभाषा विविध प्रसंगमा उल्लेख गर्ने कारण खास छ । ग्लतष् िउजष्यिकजयउभचुक बचभ तजभ प्ष्लनक बलम तजभ प्ष्लनक बचभ तजभ उजष्यिकजयउभचुक, उभयउभि जबखभ लय चभकत ाचयm तजभ भखष्कि। शासक दार्शनिक र दार्शनिक शासक नभए सम्म दुष्टहरुबाट जनताले छुटकारा पाउने छैनन् भने तर त्यही त्जभ च्भउगदष्अिब भन्ने पुस्तकलाई जीवनको उत्तरार्धमा हवाई उडान ग्तयउष्ब भनेर स्वीकारे ।
राजनीति शास्त्रको सिद्धान्तहरुको व्याख्या गर्ने मनसाय होइन । नेपालको रक्तरंजित राजनैतिक चक्रव्यूहका अनन्त श्रृङ्खलाहरु समाप्त हुनको साटो उत्कर्षमा पुगेको देखिन्छ । कानूनको शासन परिहासजनक हुन गयो । व्युरोक्रेसीलाई राज्यको स्थायी सरकार मानिन्छ तर ट्रेड युनियनहरुका नाममा विभिन्न दलका एजेण्डा र झोला बोकेर कर्मचारीहरु निष्फिक्री साथ राजनितिज्ञ बनेका छन् । आदरणिय मानिएका गुरुजनहरु राजनैतिक दल संग प्रत्यक्ष सम्बन्धित देखिन्छन् । निजामती सेवा ऐन नियम, त्यस्तै शिक्षा ऐन नियम, मुल कानून संविधान मुर्छित बन्दै गएका छन् । न्यायालय जस्तो पवित्र मानिएका संस्थामा न्यायाधीश नियुक्ति भागबण्डामा भइरहेका सञ्चार माध्यमबाट निरन्तर खुल्ने गरेको छ । निवर्तमान प्रधान न्यायाधीश सुशिला कार्कीले डि.आइ.जी. नवराज सिलवाललाई अतिरंजित रक्षा कवज बनेको ५ जना सर्वाेच्चका न्यायाधीशहरुले गलत गरे भनी खास गरी सुशिला कार्कीलाई बदनियत कार्यक्षमताको अभाव तर्फ संकेत गर्दै ७ जनाको बृहत पूर्ण इजलाशबाट श्री सर्वाेच्च अदालतको आदेश अनुसार निर्वाचित भएका सिलवाललाई पक्राउ गर्न आदेश जारी गर्दै किर्तेमा वारेन्ट भइ सकेको घटनाबाट नयाँ र गम्भीर प्रश्न उठेको छ । महाभियोग प्रस्ताव सही थियो भनेर घटनाक्रमले पुष्टि गरी रहेको अवस्थामा लाचार बनेर क्तबलम लिन नसक्दा केही समय सहानुभुति पाए जस्तो भएपनि यसले न्यायिक स्वच्छता माथि प्रश्न उठाएको छ । यो सुखद प्रसंग होइन ।
देशमा निर्वाचन सम्पन्न भइसक्यो तर दुरगामी प्रभाव पार्ने निर्णय धमाधम भइरहेका छन् । सरकार गठनमा समेत अन्तर विरोधी आवाज उठ्न प्रारम्भ भइसकेका छन् । देशमा स्थायित्वको संभावना क्षीण हुने त होइन ? कही एक म्यानमा दुई तरवार अटाउलान् ? यी र यस्तै विविध प्रश्न उठ्ने क्रम जारी छ ।
अलगाववादी विखण्डनवादी आवाजहरुबाट अखण्डता राष्ट्रिय संप्रभुता र शान्ति धरापमा पार्ने षड्यन्त्र भइरहेका दृश्य प्रष्ट देख्न सकिन्छ । राष्ट्र र राज्यका परिभाषा नितान्त विरोधी छन् भनी बहुराष्ट्रवादको नारा उठाउने प्रसंग बलबत्ति भइरहेको छ । स्पष्ट जनमत कसैको पक्षमा पनि आएको छैन । पुरानो कांग्रेस दलमा भुकम्प आए जस्तै भएको छ । आमसर्वसाधारण लुटेराहरुका विविध प्रहसन हेर्न बाध्य बनाइएका छौं । परस्परको अविश्वास घृणा शत्रुताबाट सबल र सक्षम राष्ट्रियताको निर्माण हुन सक्तैन । अपराध प्रकृतिका बाहुबलीहरु जनताकै मतबाट निर्वाचित भएर माननीय बनिसक्नु भनेको सुखद संकेत होइन । आउँदा दिनहरुमा स्थायित्व र शान्ति त के झन् अर्काे दुरगामी परिघटनाको पृष्ठभुमि सशक्त रुपमा निर्माण भइरहेको त होइन ? बहुराज्यवादका नाममा राज्यको अस्तित्व नै समाप्त गर्ने देशी विदेशी षड्यन्त्रकारीहरुका चक्रव्यूह भित्र हाम्रो जननि नेपाललाई असफल राष्ट्र बनाउने दुर्भाग्यपूर्ण अवस्थाबाट जोगाउने वारिस कही देखिएलान् कि ? अरबौंका भ्रष्टाचारीहरुका पृष्टपोषक भित्र राज्यकै पदवीधारी ब्वाँसा कति दिन रक्षा कवज भएर रहलान् हामी निरीह जनता त्यसैको पर्खाइमा छौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *