के नेपालको संविधान २०७२ पेन्डुराजको बाकस हो ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी । हरेक नयाँ कुरा अरु त हामी छोडौं नयाँ बस्त्र नयाँ घर पाउँदा केही दिन खुसीमा रमाउने मानव प्रवृत्ति नै हो । देशको कुरा गर्दा २०४७ सालको संविधान नेपालमा लागु हुदा हरेक नेपाली सर्वसाधारण देखि राजा सम्मले खुसी व्यक्त गरे रमाएका थिए । देशप्रति र राजाप्रतिको जनआस्थामा नयाँ आयाम आएको थियो । अनेक रुपमा विभक्त वाम पार्टीहरुलाई मदन भण्डारीले एकतामा बाँधी वामको नयाँ दर्शनको अनुसन्धान गरेका थिए ।

एमाले उनकै कृपा थियो । बुज्रुक नेताहरु मनमोहन, कृष्णप्रसाद भट्टराई, गणेशमान जस्ता निष्ठावान नेताहरु थिए । संविधान सर्वमान्य थियो तर बाबुराम प्रचण्डको लागि मात्र अमान्य झैं थियो । दिन वर्ष वित्दै जादा नेपाली कांग्रेस एमालेमा तोड प¥यो र बहुमतको सरकार छदै २ तिहाईको आशामा र देशलाई डामाडोल गर्न गिरिजाप्रसाद कोइरालाबाट संसद भंग गरी नयाँ निर्वाचनको घोषणा ग¥यो । अन्त सम्म पनि सोचे जस्तो भएन । एमाले नेपाली कांग्रेसमा तिकडमबाजी चल्यो । जनतालाई बन्दुकका गोली बलिका बोकाझैं बनाए पार्टी स्वार्थको लागि । राप्रपा पंचायतकालिन समुह पछिको नयाँ पार्टी थियो । अर्काको नेतृत्वमा रमाई रहेकाले आफुले नेतृत्व गर्न असक्षम रहेका कारणबाट पनि देश राजनीति पार्टीहरुको घेरामा रहेपनि त्यो घेरा कालोे बादलको घेरा जस्तो रह्यो ।

त्यति बेला जनता अर्थात् बुद्धिजीविहरु जो कुनैपनि पार्टीका भक्त थिएनन् । उनलाई त्यस कुराको आभास हुन थाल्यो । जब राजा महेन्द्रले प्रत्येक मन्त्रालयमा विदेशी सल्लाहकार रहने, प्रधान न्यायाधीश विदेशी नागरिक हुने, तराईका पाठशालाहरुमा हिन्दी भाषामा मात्र पढाउने, चलनचल्तीमा भा.रु. ने.रु. रहने, श्रेस्ता स्याहा ढपोट तयार गर्दा नेरु भारु भनी दुईथरी हिसाब राख्नुपर्ने, तराईको एक जिल्लाबाट अर्काे जिल्लामा जादा भारत भएर जानुपर्ने आदि परिवेशले नेपाल स्वतन्त्र राख्न पनि मुस्किल पर्ने अवस्था र जनता पनि विभिन्न दलहरुमा बाडिदा झन् राष्ट्र कमजोर भयो भनेर सबैलाई माहुरीले जस्तो गोलबद्ध गर्ने नीति लिनुभयो । त्यसो गरी राष्ट्र बलियो बनाउने उन्नति गर्ने उद्देश्य २०१७ सालमा परिवर्तन गरेको तथ्य त्यसबेलाका कुनै दल विशेषमा नलागेका मानिसहरुले बुझेका थिए ।

पहिले विभिन्न दलमा रहेका असल मानिसलाई लिएर राज्य सञ्चालन गर्न थालेकाले त्यस कुराको पुष्टि हुन्छ । हरेक क्षेत्रमा असल मानिसहरु खोजेर तद्नुसारको काम दिने कुरा राजाबाट भएको थियो । धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, लैनसिंह बाङ्देल, लक्ष्मण बम मल्ल, भेषबहादुर थापा आदिलाई देश विदेशबाट छानेर बोलाएर काममा लगाएको थियो । यसैले २०१७ देखि २०२८ सालका विचमा देशमा विकासका पूर्वाधार, सडक, औद्योगिक क्षेत्रहरु बनेका थिए भनेर रेवती रमण खनालले अनुभुति र अभिव्यक्ति मा आफ्नो आत्म कथामा पनि लेखेका छन् ।

मन नपरेका कोही कोही नेता बाहेक सर्वसाधारण जनतालाई २०१९ को संविधान दुखेको थिएन । पटक–पटक संशोधन गरेकाले महान नेता वि.पि., गणेशमानले पनि २०३६ को जनमत पछि स्वीकारेका थिए । २०४७ को संविधान आफैले बनायो । आफैबाट नेताहरुले तिरस्कार गरी जनताको मत बेगर भेदभाव पूर्ण २०७२ को संविधान निर्माण ग¥यो जुन आज पेन्डुराजको बाकस बनेको छ । उत्सुकता थियो त्यो बाकस भित्र के छ भने तर खोलेपछि थाहा भयो कि त्यो भित्र त अदिन दुःखको सागर अंगिराल, बछ्छयौं, झिमौराहरुको पोला रहेछन् ।

२०५२ देखि २०६२ को दशक त्यसपछि २०६२ देखि २०७२ सम्मको दोस्रो दशकले के ल्यायो भेदभाव, जोशी चन्दहरुलाई ७० वर्षपछि जेष्ठ नागरिकले पाउने सुविधा पाउने तर दमाई, कामी, सार्की, पार्कीहरुलाई ६० वर्षमा नै दिनुपर्ने, थारुहरुप्रति र पहाडीप्रति पनि भेदभाव आज धुलो नुन सित सुक्का रोटी खाने र मुर्गा माछाका साथ रोटी खानेहरुका विच भेदभाव भएको छ । रक्सी मुर्गा छ्याङ जाड प्रयोग गर्नेहरु र त्यसबाट बचि पैसा जम्मा गर्न साग सिस्नु समेत नखाई सुख्खा नुन रोटी खानेहरुलाई शोषकको संज्ञा दिएका छन् । विदेशबाट शिक्षा लिई समाजलाई पनि शिक्षा दिन खोज्नेको आज अपमान भएको छ । कस्तो देश कस्तो संविधान कस्तो आन्दोलन पत्याउनै नसकिने पेन्डुराज बाकस खुलेको छ । जताततै भ्रष्टाचार, विदेशीहरुबाट देशको अस्तित्व खतरामा परेको देश मजदुरै मजदुरको खानी देश भएको छ आज ।

देशका मौजुदा पार्टीहरुमा भारतको भाजपा जस्तै राप्रपा नेपाल पार्टीलाई जनताले सोचेका थिए तर द्वन्दकाल देखि अडिग रहेका कमल थापा माथि रावणको भुत सवार भयो । पशुपति, प्रकाशचन्द्र लोहनीले भनेको रत्तिभर नमानी तानाशाह प्रवृत्ति देखाएकाले सर्मिन्दाका साथ आफ्नै गोरुले हानेझैं अलग गएर बसे ।

उनीहरुमा पनि शंका नगर्ने ठाउँ भनेछैन । कमल थापाले आज नेपाली कांग्रेसको कारणले हार भएको भन्ने गरेको छ जो आफैमा लाजमर्दाे छ । राप्रपा प्रजातान्त्रिक पार्टी बन्ला नेपालको धर्म संस्कृतिको रक्षा होला कि भन्ने कुरा जनताले सोचेका थिए तर उल्टो भयो । राप्रपाको पार्टी चिन्ह हलो माग रहेकोमा कमल थापाको जिद्दीले गाईलाई राख्यो । ठीक यहि बेला वर्षभरी दूध दोएर थागेपछि सडकमा छोडेर आउने दुष्प्रवृत्ति चलेको समयमा अपराधी जनतालाई राष्ट्रिय जनावरको वास्ता नभएको बेला कसले के गर्न सक्छ र ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *