ने.का. ले २०७४ निर्वाचनमा किन हा¥यो ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाली कांग्रेस हार्नुको खास कारण वि.पि. कोइरालाको नीतिलाई छोडी गिरिजा प्रसाद कोइरालाको नीतिलाई अगाल्नु मुख्य कारण पनि हो । जसले देशको मौलिकता जोगाउन सकेन उसले देश बचाउन सक्दैन । माओवादीलाई राजाको विरोधी देखाउँदै राजसंस्था मास्दै जाने काममा अग्रता गिरिजा प्रसाद कै थियो ।

मुखले संबैधानिक राजसंस्थाको नारा लगाउने तर काम गर्दा बाह्य शक्तिको चलखेलको गोटी बने उनी । उनको केही ठेगान थिएन । उनी कसको के को लागि लागि रहेका थिए भन्ने प्रष्ट भइसकेको छ। उनी नेपालको संरचना भताभुङ्ग गर्ने काममा थिएनन् भन्ने कुनै आधार छैन । हुन त वि.पि., जि.पि., मातृका एकै बाबुका सन्तान हुन् । उहाँहरुले आफ्नो अलग अलग भुमिका र लक्ष खोजे ।

वि.पि. र महेन्द्र बीच फाटो हाल्ने षड्यन्त्र बाह्य शक्तिबाट भएको भन्ने कुरा बुझ्न सकेनन् । जेल जीवन र प्रवास जीवनपछि वि.पि.को इच्छा राजा महेन्द्र संग भेट्ने र राजा महेन्द्रको इच्छा पनि वि.पी.लाई भेट्ने थियो भनिन्छ तर दुबैको पछाडी अलग अलग व्यक्तिहरुलाई सल्लाहकारहरुको रुपमा राख्न बाह्य शक्तिको षड्यन्त्र हुदा दुबैका सल्लाहकारहरुले भेट गर्ने माहौल भन्दा पनि झन् टाढाटाढा राख्ने योजना बने ।

वि.पि.को स्वर्गपछि मात्र होइन कि राजा महेन्द्रको स्वर्ग भए देखि नै राजा वीरेन्द्र र वि.पि. कोइराला बिच भएको सौहार्दताको गुह्य कुरा कांग्रेसी नेता खास गरी महामन्त्री गिरिजा बाबुले बुझ्दै बुझ पचाउँदै राजा विरेन्द्रको सपोर्टमा जति देखिएका थिए त्यो भन्दा हजारौं गुणा अपोजिटमा रहे । राजालाई राणाहरुको भन्दा बढी निगरानी र बन्दी बनाउने चालबाजी गरेकै कारण राजसंस्था र कोइराला परिवारको अवमुल्यन भयो । प्रधानमन्त्री हुदा राजा सितको भेटमा एक कुरा ग¥यो बाहिर जादा उसै कुरालाई बंग्याएर अलग कुरा गर्ने प्रवृत्ति नै सबैभन्दा खराब थियो । राजा विरेन्द्र र राजिव गान्धी सित फुट हाल्ने गरेका प्रयास झैं राजा र गिरिजामा फुट हाल्नेहरु समान प्रकृतिका थिए । त्यो तत्व अझै लागि परेको छ ।

नेपालका नेता–नेताहरु बीच फाटो हाल्ने काममा अझै सक्रिय भएको आभास भइरहेको छ । जस्तो कि निर्वाचन बारे निर्वाचन आयोग सित तेलको मुल्यवृद्धि बारे विद्यार्थी द्वारा आतंक गराउनु यी सबै कुरा त्यही खेल भित्र पर्दछन् । विद्यार्थी द्वारा बहानाबाजी गराएर तोडफोड गराउनु जनतालाई भड्काएर जनइच्छा विरुद्ध व्यवस्था परिवर्तन गर्नु एकै कुरा हो । संबैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य माथि आक्रमण गर्न सहमत हुनु नै भुल थियो ।

पुरा नेपाली कांग्रेस माओवादी अर्थात् वामको समर्थनमा गई ज्यान बचाएको थियो भने जनताले नेपाली कांग्रेसलाई चेतावनी दिन छोड्नु अपराध पनि होइन । देशको व्यवस्थामा डामाडोल पार्ने गिरिजाको नीति देशमा लागु गर्नु अपराध सिद्ध भयो, बाकी रहेको हुनेछ । नेपाली समाजलाई परिवर्तन गर्ने भए खै खानपीनमा परिवर्तन, दालभात रोटी तरकारी ढिँडो सेल पुरी, पुस्तौ देखि चलेको छ । त्यस्तै हो हाम्रो धर्म संस्कृति रितिरिवाजमा थप भएको छ । रक्सी सराब त्यो हाम्रो खानपिन थप भएझैं केही थोक फेरिन सक्ला राम्रो के भन्ने ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *