जनतालाई विद्युत महशुल बुझाउन सास्ती

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, १५ पुष
सात नम्बर प्रदेशको कञ्चनपुरको पुनर्वासका जनतालाई बषौँदेखि विद्युत महशुल बुझाउन सास्ती खेप्नु परेको छ । सडक, शिक्षा, स्वास्थ्य खानेपानी, बिजुली, सीमाको पीडा लगायत अनेकौं समस्यामा पिल्सिएका पुर्नवासका स्थानीयलाई विगत लामो समय देखिको विद्युत महसुल काउण्टर हो । पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरबस्तीका शन्त सुनारले विद्युत महशुल तिर्न एकदिन पूरा खर्च गरेर विद्युत महशुस भन्दा दोब्बर रकम खर्च हुने बताएका छन् ।
जनताको दुखलाई आफ्नो दुख नठान्ने जनप्रतिनिधिका कारण सास्ती खेप्नु परेको उनले दुखेसो छ । त्यस्तै, पुनर्वास नगरपालिका वडा नम्बर ९की मिना रोकायाले विजुली बाल्न पाएको सुविधा भन्दा पनि विद्युत महशुस बुझाउन पाएको दुख धेरै भएको बताईन् । उनको व्याथा पनि उस्तै छ । सुनारले आफ्नो घरदेखि विद्युत महशुल काउण्टर सम्मको दुरि करिब ३० किलोमीटर भन्दा धेरै छ । २ सय बुझाउन ५ सय रुपैयाँ खर्च गरेर आउनुपर्ने र आएर पनि दिनभरी लाइनमा बस्नु परेको दुखेसो पोखिन् । उनले भोट हालेर जिताएको नेताले समस्या प्रति कुनै ध्यान नदिएको गुनासो गरिन् । बेलौरी नगरपालिका वडा नम्बर १ का राम बहादुर सुनारले विद्युत महशुल बुझाउन निकै सास्ती खेप्नुपर्ने बताए । उनका अनुसार पुनर्वासमा महशुस काउण्टर सञ्चालनमा आए बेलौरीमा चाप कम हुने छ । सेवाग्राहीको चापले गर्दा २ बजे बन्द हुने काउण्टर ३ बजे सम्म पनि महशुल लिनुपर्ने बाध्यता रहेको बेलौरी विद्युत महशुस काउण्टरका कर्मचारीले बताएका छन् । बेलाबेलामा महशुल काउण्टर पुनर्वासमा स्थापना हुने कुरा चर्चामा आएता पनि जनप्रतिनिधिको बेवास्ता र ढिलासुस्तिका कारण यस समस्याबाट दक्षिणी भेगका जनताले सास्ती खेप्नु परेको छ । स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिले जनताको दुःखलाई आफ्नो दुःख ठानेर हरेक समस्यालाई समाधान गर्छन भन्ने जनताको आशामा तुसारापात छाएको स्थानीयको गुनासो छ । गत बर्ष पुनर्वास नगरपालिकाको सर्वदलीय संयन्त्रले विद्युत महशुस काउण्टर पुनर्वासमा ल्याउन पहल चालेको थियो । त्यसपछी सम्बन्धित निकायमा कुनै पहल हुन नसक्दा समस्या जस्ताको जस्तै रहेको हो ।
कञ्चनपुरको डोकेबजार देखि बिचफाँटा सम्मका जनताले विद्युत महशुस बुझाउन झन्डै ३० किलोमिटर पर बेलौरीको महशुल काउण्टरमा धाउनुपर्ने बाध्यता छ ।
आखिर यस क्षेत्रका जनताले कहिले सम्म खेप्नुपर्ने यो सास्ती ? सम्बन्धित निकायको ध्यान यस तर्फ जान सकेको छैन् । जसका कारण स्थानीयले बेला बेलामा यस्तो दुःख खेप्नु परेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *