खुलामञ्चमा हुने विराट सत्संगबारे प्रचार प्रसार गर्न घुम्ती सत्संग हुदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, १५ पुष
आगामी माघ ५ र ६ गते महेन्द्रनगर खुलामञ्चमा हुने विराट सत्संग समारोहको प्रचारप्रसारका लागि कञ्चनपुरका विभिन्न ठाउँमा घुम्ती सत्संग कार्यक्रम भएका छन् ।
नेपाल मानव धर्म सेवा समितिको आयोजनामा हुने समारोहको प्रचारप्रसारका लागि जिल्लाका विभिन्न क्षेत्रमा घुम्ती सत्संग कार्यक्रम भइरहेका छन् । विराट सत्संग समारोहमा उपस्थित हुने निम्तो दिन र कार्यक्रमको प्रचारप्रसारका लागि घुम्ती सत्संग भइरहेको नेकपा मानव धर्म सेवा समिति महेन्द्रनगरका उपाध्यक्ष यज्ञराज भट्टले बताए । मंगलबारदेखि सुरु भएका घुम्ती सत्संग कार्यक्रम पुस २७ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको विराट सत्संग समारोह सचिवालयका कार्यालय सचिव भोजराज अवस्थीले बताए ।
घुम्ती सत्संग अन्तर्गत मंगलबार शुक्लाफाँटा नगरपालिकाको बन्साह र कलुवापुरमा, बुधबार झलारी, वनसमिति र बेदकोट नगरपालिकाको चम्फापुरमा तथा बिहीबार दैजी र सिसैया बजारमा सत्संग कार्यक्रम गरिएका छन् । बिहीबार दैजी बजारमा भएको कार्यक्रममा मानव धर्मको परिचय र अर्थ, मानव धर्मको आवश्यकताबारे समितिका केन्द्रीय उपाध्यक्ष टेकबहादुर थापाले प्रष्ट पारेका थिए । कार्यक्रममै ईश्वर प्राप्तिको बाटो, आत्मज्ञानको महत्व र मानवीय आवश्यकता बारे समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विनोदकुमार शर्माले प्रकाश पारेका थिए ।
शर्माले गुरुको शरणमा गएर आत्मज्ञान प्राप्त गर्न सकिने र त्यसैबाट आफूभित्र ईश्वरको दर्शन गर्न सकिने मार्गबारे कार्यक्रममा जानकारी गराएका छन् । ‘आफूभित्रको ईश्वर खोज्न भक्तजनहरू विभिन्न ठाउँमा गइरहेका छौं । तर पनि ईश्वरले देख्न सकिरहेका छैनौं,’ शर्माले भने,
‘ईश्वरको दर्शनका लागि गुरुको सहायता लिनुपर्छ ।’ अब महेन्द्रनगरका विभिन्न चोकहरू, उल्टाखाम, दोधाराचाँदनी र बेलौरी क्षेत्रमा समेत घुम्ती सत्संग कार्यक्रम हुने कार्यालय सचिव भोजराज अवस्थीले बताए ।
आगामी माघ ५ र ६ गते महेन्द्रनगर खुलामञ्चमा नेपाल मानव धर्म सेवा समितिले विराट सत्संग समारोह गर्दैछ । समारोहमा मानव धर्मका प्रणेता सतपाल जी महाराजसहित सय बढी सन्तमहात्मा र हजारौं भक्तजनको सहभागिता हुने जनाइएको छ । नेपाल मानव धर्म सेवा समितिका केन्द्र प्रमुख महात्मा चमेली वाइजी मूल संयोजक
रहेको ५७ सदस्यीय मुल समारोह समिति गठन गरेर
तयारीको काम भइरहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *