३ महिने कटाई सिलाई तालिम सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, १५ पुष,
कञ्चनपुर उद्योग वाणिज्य संघ र व्यवसायीक तथा सिप विकास तालिम केन्द्रको संयूक्त आयोजनामा सञ्चालित ३ महिने कटाई सिलाई तथा केश श्रृङ्गार तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रम संघकी का.स.स. तथा महिला उद्यम समिति सभापती निर्मला भट्ट सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।
यस्तै प्रमुख अतिथि भीमदत्त नगरपालिकाका उपमेयर शुशीला चन्द सिंह तथा संघका कार्यवाहक अध्यक्ष जंगवहादुर मल्ल र केन्दका प्रमुख तर्क राज विष्ट विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा संघका पदाधिकारी तथा तालिमका प्रशिक्षक, प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति निर्मला भट्ट सापकोटाले स्वागत मन्तव्य र प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले आफ्नो शुभ कामना मन्तव्य र सहभागीका तर्फवाट कृष्णा खड्काले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वक्ताहरुले यस्ता किसिमका व्यवसायीक तालिमहरुवाट सिप सिकेर स्वरोजगार भई जिविकोपार्जनमा सहयोग गर्ने र वेरोजगारी समस्या न्युनिकरण गर्न सकिने भएकोले प्राप्त गरेको तालिमलाई सदुपयोग गरी रोजगार तथा स्वरोजगार हुनका लागि सम्पूर्ण प्रशिक्षार्थिहरुलाई
शुभ–कामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव मदन राज पन्तले गरेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *