शहिद छोराको सम्झनामा प्रतिक्षालय निर्माण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, १४ पुस
कञ्चनपुरका एक स्थानीय बृद्धले शहिद छोराको सम्झनामा प्रतिक्षालय निर्माण गरेका छन् ।
बेदकोट नगरपालिका–३ भम्काका स्थानीय गंगा राम मल्लले छोरा शहिद अमर सिह मल्लको सम्झनामा यात्रु प्रतिक्षालय बनाएका हुन् ।
उनले दैजी–जोगबुढा सडक खण्डको भक्का चौहारमा पक्की यात्रु प्रतिक्षालय निर्माण गरिदिएका छन् ।
विस २०६१ सालमा शहिद भएका जेठा छोरा अमरको सम्झनामा सालिक र प्रतिक्षालय निर्माण गरेका
हुन् ।
‘मेरो जेठो छोरा अमर नेपाली सेनामा भर्ना भएको दोस्रो बर्षमा शहिद भयो, ‘उनले भने, ‘छोराको सम्झनामा यात्रुको सुविधाका लागि प्रतिक्षालय निर्माण गरेको हुँ ।’ उनका अनुसार झण्डै साढे ३ लाख लागतमा प्रतिक्षालय निर्माण
भएको छ । बिहीबार बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले एक कार्यक्रममा विच प्रतिक्षालयको उद्घाटन गर्दै मृत अमर प्रति हार्दिक श्रद्धान्जली अर्पण गरे ।
युद्धका बेला शहिद भएका अमर मल्ललाई सम्झदै प्रमुख चन्दले देशका लागि आफ्नो ज्यानको आहुति दिने शहिदप्रति उच्च सम्मान गर्दै अब कुनै पनि नेपालीले शहिद हुन नपरोस भन्दै कामना समेत गरे । व्यक्तिगत लगानीबाट प्रतिक्षालय निर्माण
गरेको भन्दै प्रमुख चन्दले शहिद अमरका बाबुप्रति आभार प्रकट गरेका छन् ।
बेदकोट नगरपालिका– ३का वडाध्यक्ष तिकल सिह ठकुल्लाको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा शैक्षिक क्षेत्रका व्यक्तित्व, समाजसेवी लगायतको सहभागिता रहेको
थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *