जनताका आसा नेताका खजाना

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हामी जनता आसावादी, ओरदेश परदेश देखेर सुनेर उस्तै भए हुन्थ्यो । भारत छिमेकी देश चीन छिमेकी देश यी दुई देशका सिमावर्तीका नेताहरु पनि नेपालीहरुका चीर परिचित त्यहा“का नेताहरुले जनतालाई दिएका आश्वासन र कबोल पुरा गरेको हामीले पायौं, हामी पनि आसावादी त्यस्तै नेताहरुको खोजीमा हामी जनता गयौं गए । नेता बदलेर हुन्छ कि भन्ने आसामा जनता गए । नया“ नेताहरुले लगाएका चुनावी नाराहरुमा जनता रमाए । नया“ नया“ नेता र नया नेताहरुले भने बमोजिमको नया“ व्यवस्था परिवर्तनमा पनि जनताले समर्थन जनाए । जनताले पनि जादुको छडीझै तुरुन्त भईहाल्ला भनि सोच्दै नया“ नेता छान्दै गए । नेताहरुले व्यवस्थाको सुख दुःखको अनुभव नगर्दै जनताले अर्को नेता, व्यवस्था छान्दै जादा अर्को नया नेतालाई अध्ययन गर्ने फेरी समय चाहिने रहेछ ।

जसरी एक डाक्टरले हेरेको विरामीले अर्को डाक्टरलाई देखाउदा अर्कोलाई पनि बुझ्न समय चाहिन्छ र तुरुन्त निदान गर्न सकिदैन । आज त्यस्तै भएको छ, जनताले नया“ नया“ डाक्टर रुपी नेतालाई खोज्दै हिनेका छन् । तर उपचार कस्तो हुने हो सफल असफल न डाक्टररुपी नेतालाई थाहा छ न विरामी रुपी जनतालाई ।

ठूलो आशाका साथ २००७ सालमा जनताले साथ दियो, २०३६÷२०४६, २०६२÷०६३ मा साथ दियो । के भयो जनताले के पायो कसैलाई थाहा छैन । अब के पाउने हुन् । जनताको आशाको फाईदा नेताहरु उठाई रहेका छन् । नया नया“ भाषण आश्वासन दिदा जनता विश्वासमा मख्ख परेकै हुन्छन् तर उनलाई थाहा छैन हामीले कस्तो व्यवस्था र नेता छान्यौं, व्यवस्था छान्नमा जनमत नलिए पनि नेता बन्न उम्मेदवारी दिनेहरुलाई भने जनमतले छानेकै छन् । बरु आफूले दुःख कष्ट बेहोरेर भए पनि नेता जनप्रतिनिधिलाई जनताले छानेकै छन् । आफ्नो धर्म जनताले निभाए पनि नेताहरुको इसारा भने जनताले बुझ्न सकेका छैनन् । म यस्तो उस्तो गरौला किन भन्दछन् त्यो बुझ्नै नसकिने एकतर्फ छ भने अर्को कुरा म बाहेक अरु सबै बदमास हुन । उनको टाउको काट्नु पर्छ टाउको काटी ल्याउनेलाई पुरस्कार समेत राख्ने अन्तमा उ सत्तामा जादा वा भाषण भिषणमा उ झनै राम्रो बन्ने ।

हरेक ठूला पार्टीहरु विदेशीको शरणमा जादा सबै एक हुने तर स्वदेश फर्कदा जस्तै दिल्ली कै रोहवरमा नेपालघाती १२ बु“दे सम्झौताका साझेदारीमा कसरी अनेकता आयो । माधव, केपी, देउवा, बाबुरामहरुमा किन मपाई भईरहेको छ । यी षडयन्त्र नै विचित्रका छन् ।

द्वन्दकालमा सिदासादा निम्न मध्यम व्यक्तिहरु शहीद भए, गरे गराईए तर उच्च नेता तथा व्यक्तिहरुले शहीद हुने मौका नपाउनुमा पनि जनताले सशंकित भएर भेषदारीहरुलाई छानेका छन्, छान्यो भन्दैमा मख्ख पर्ने ठाउ भने अझै छैन । २००७ सालदेखि नै जनता झन मृग तिष्णामा त फसेकै थिए ०४६ देखि भने चुर्लम्ब डुब्न बाध्य भएका छन् ।

जनताका आसा भरोसा उच्च हु“दा आसाका बारेमा अध्ययन गरी त्यही आसाहरु सित मेलखाने नेताहरुका भाषणले मत पाउदा जनताका आसाहरु नेताका खजाना भएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *