अधिकार गुमाएको देश नेपाल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देश भित्रका हरेक जातजातीलाई हामी अधिकार दिन्छौं भनि उस्काई देशमा आन्दोलनको सिर्जना गर्ने नेताहरुले न नेपाली जनतालाई अधिकार दिन सक्यो न आफैले अधिकार लिन सक्यो, देशका असल नागरिकको अवमुल्यन गर्दै बरु अगाडी बढ्न खोजे । नया नेपालको निर्माण गर्छौ भन्नेहरुले पुरानो नेपाल भनि बचाउलान भन्न सकिएको छैन । सबैलाई थाहा छ नेपालले आजसम्म समुद्रसम्म निर्विवाद आउन जान पाएका छैन् । बीचमा पर्ने देशहरु सित लडाई चलिरहेको अवस्थामा समेत भूपरिवेष्ठित देशको अधिकार हो, समुन्द्रमार्गसम्म आवत जावत गर्न पाउने जुन अधिकार स्थायी रुपबाट हाम्रा नेताहरुले लिन सकेका छैनन् ।

नेपालको लागि विदेशबाट मगाएको सामानहरुका कन्टिनर कैयौ दिनसम्म भारतीय बन्दरगाहमा अडकिएर बसेका हुन्छन् । नेपाललाई चाहिने सबै सामानहरु ल्याउन पाउने कानूनी व्यवस्था भएपनि ल्याउन पाएका छैनन् । सुरक्षा सामग्री ल्याउदा त झन भारतको पुर्व स्वीकृति माग्नु पर्ने देखिएको छ । देशभित्र बस्ने कुनै पनि नागरिकले आफ्नो अधिकार गुमाएको न थियो न छ । सबै जातजाती धर्म लिङ्ग भेदले गर्दा सामाजिक विकृति फैलिएको छ । हर क्षेत्रमा हरेक जातिको भन्दा पनि दलितहरुको लागी आरक्षण जरुर छ । जे जति भेदभावमा बढावा दिए पनि कानून संगत भने अवश्य छैन । देशभित्र सबै नागरिकहरुको समान अधिकार हुनुपर्दछ । कसैलाई भोट बटुल्ने षडयन्त्रले भेदभाव गर्नु उपयुक्त छैन । जस्तो कि सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता लुहार, दमाई, कामी, सुनार, मेजार, ढोली, हुड्के, मदेशीहरुले ६० वर्षमा भत्ता पाउने अरुहरुले ७० वर्ष पुगेमात्र जेष्ठ नागरिकको दर्जा पाउने र भत्ता पाउने व्यवस्था के प्राकृतिक नियम संगत छ ? देशका हरेक नागरिकलाई एकनासले हेर्नु पर्छ । सरकारले एक गाउँमा एक जना वडा सदस्य, अथवा मुखिया खरिदार बनाई दिदैमा सम्पूर्ण जातीको हित हुदैन, समाजमा प्रत्यक्ष भेदभाव देखाएर घृणा फैलिने काम भएको छ ।

सामाजिक सद्भावमा खलल् पुगेको छ । यसरी देशको प्रगति हुदैन, केवल मेरो पार्टीले यस्तो सुविधा दिएको हो हामीलाई चुनावमा जिताउनुहोस भन्ने आसय बाहेक अरु केही होइन । न्याय सबै मानिसको लागी समान हुनु पर्दछ । दलितले र गैर दलितले समान प्रकृतिको अपराध गरेको छ भने दण्ड गर्दा पनि समान हुुनुपर्छ, असमान दण्ड गर्नु हुदैन, त्यस्तै राम्रो काम गरेको पुरस्कार दिदाको पनि हुनुपर्छ ।

जबसम्म देशका सबै नागरिकलाई एकनासले हेर्ने आँखा खुल्दैन तवसम्म देशले समानता पाउदैन । देश भित्रका नागरिकहरुको अधिकार हराउदैन तर देशले आफ्नो अधिकार पाउन सकेको छैन । त्यो अधिकार प्राप्तिको लागि नेताहरुले कसिनु पर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *