सरल र सहज जीवन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

गर्नु उद्दार आफैले आफुलाई न गाउनु
आफै हो आफ्नो मित्र आफै हो शत्रु आफनु,

मानब देहमा व्याप्त दृश्य अदृश्य तत्व अवयवहरु विद्यमान छन् । भौतिक स्थुल शरिर दृश्य छ तर यसलाई सञ्चालित, क्रियासिल र गतिमान गर्ने मन अदृश्य तर प्रधान अंग तत्व हो यसले नै जीबन्त पार्छ, इन्द्रियहरुको राजा त्यसैले भनिएको होला । प्राण तत्व अबिनासि आत्मा मानब देहमा नै ब्यात्र भएर रहन्छ । यो सार्वभौमिक सनातन सत्य छ । अध्यात्ममा एउटा लबज छ अबतबभिअतष्अ बनभलत जसरी हाइड्रोजन र अक्सिजन मिश्रित नभई पानी बन्दैन तर ताप नभई यो बन्दैन त्यो ताप यसलाई छुदैन । केबल दृष्ट भएर स्थिर रहन्छ, त्यस्तै साक्षी भाबले प्रतिष्ठित आत्मा अजर अमर सनातन सत्य छ यसको अनुभूति भईरहन्छ । सत असत दुई तत्वको विद्यमानता सहजै गर्न सकिन्छ । कुन असल र कुन खराव भनेर प्रत्यक्ष ज्ञान भईरहे पनि असत कर्म गर्नबाट मनले बल पुर्याई प्रेरित गरी रहन्छ, यसको उदाहरण धुम्रपान मद्यपान कुलतको बानी परेकालाई हेर्न सकिन्छ, यी खराव हुन भनेर जान्दा जान्दै पनि छोड्नै सकिन्न भनेर बोली रहेका हुन्छौं, यस्तै द्धिविधा ग्रस्त अवस्थामा महाभारतको युद्ध क्षेत्रमा अर्जुनले प्रभु कृष्णलाई विन्ति गरे ः–

कृष्ण कसको प्रेरणाले पाप गर्दछ पुरुष
जवरजस्ती लगाए झै गरी भई भित्र नाखुश
काम यै हो क्रोध यै हो यो रजोगुण जन्य छ,
यो संहारी महापापी ज्ञानको शत्रु बन्दछ,
ऐना मयलले आगो धुवाले गर्भ सालले
ढाकिन्छ जसरी त्यस्तै यो ढाकेको छ त्यसले
कामका घर हुन पार्थ मन बुद्धि र इन्द्रिय
यिनैले ज्ञान छोपी यो मोह गर्दछ निश्चय

हाम्रा अध्यात्मिक मनीषीहरुले सरल र शहज जीवनका उपाय समाधान बताएका छन् । यसको पालन गर्न कुनै जाति धर्म, धनी गरीबसँग कुनै प्रयोजन छैन स्वस्थ शरीर, निर्विकार मन परमार्थप्रति आकर्षण र निष्टा भए पुग्छ, श्वास त जो केहीले पनि लिन्छ । जीवनको नभई नहुने तत्व हो तर सोचौ यस्तो तत्वको आवगमनलाई विचार गरेका छौं त ? ज्ञानी जन बाहेक नगण्य प्राणीहरुले श्वाश क्रियाको आवागमन अनुभव गरेका हुन्छन्, हामी कुनै पनि काम बेहोशी अवस्थामा गरी रहेका छौं, होशपुर्वक बाच्नु र क्रिया गर्नु नै सरल र सहज जीवनको उपाय हो । यस्तो जीवनका लागी प्रयोगशाला त देह नै हो, यसमा कुनै बाधा भइ असहज स्थिति उत्पादन हुन्छ । मनका अनेक प्रकार भए पनि खाशमा दुई अवस्थाहरुलाई लिन सरल होला, एउटा दौडी रहने अर्को स्थिर शान्त दौडी रहने मन नै उत्थानको मूल कारण हो, यही त माया हो या त भूतकाल या भविष्यका परिकल्पनामा रमाई रहन्छ, वर्तमानलाई चिन्दैन त्यसैलाई स्थिर शान्त पार्नका लागि महान ऋषीमुनीहरुले उपाय बताएका छन । गीताको छैठौं अध्यायमा ध्यान योगको वर्णन छ, विज्ञान भैरबले ११२ ध्यानका विधि बताएको छ । महान ओशो ध्यान विधामा निपुर्ण हुनाले विवादास्पद भएर पनि जगत विख्यात भए, महात्मा बुद्धले अध्यात्मलाई विज्ञानसँग सोझै जोडे । विपश्यना ध्यान योगको माध्यमबाट संसारमा ज्योति फैलाएर विपश्यनाको अर्थ निरीक्षण गर्नु, साक्षी भावले श्वासको आवागमन हेर्नु, उसरी यो माध्यम मात्र हो, साक्षी भावले हेर्न अभ्यस्त हुन सके कुनै ज्ञान शास्त्र पुराण यज्ञ केही पनि आवश्यक पर्ने छैन । ईश्वर साक्षात भएर आई पुग्छन् भनि ज्ञानीजनले बताएका छन् । प्रायः गीतामा श्लोकहरुको वर्णन गरी रहन्छु, हाम्रो दुर्भाग्य के हो भने हामी पाठ गर्छौ अर्थ र मर्म बुझेका हुदैनौं । पारिवारिक पृष्ठभूमिको कारण गीताको पाठ सानै उमेरदेखि गर्थे तर प्रकारान्तरमा यस भित्र के छ भनेर इङ्गलैण्डका विद्वान डा. बेनेटले शिवपुरी बाबाका विषयमा ीयलन एष्निचष्mबनभ अनन्तको यात्रा भन्ने पुस्तकमा शिवपुरी बाबा (गोविन्दानन्द भारती)को विषयमा व्याख्या गर्ने क्रमबाट अवगत हुन सक्यो हाम्रा कथित रिखी पण्डितहरुले मर्म होईन पाठ गर्नमा धर्म हुन्छ भनि सिकाएका हुन्छन् । वर्णाक्रम व्यवस्थाका विकृतिका रुपमा यस्ता प्रणालीबाट सरल शहज जीवन कल्पनानीत हुन गएको छ, ज्ञान उपदेश उपाय त यस्तो हुनु पर्यो जसले यस भौतिक जगतमा प्रत्यक्ष अनुभव गराओस, यसका लागि महर्षि पतञ्जलीका प्रणेता बाबा रामदेवले जगत र मानव समाजलाई ठूलो गुन लगाई रहेका छन् यद्यपि अर्को व्याख्या भन्दा पहिले देखि नै योग प्राणायामका अभ्यास गरी रहन्थे तर कति कमी कमजोरी थिए भनि उनकै प्रेरणाबाट सच्याउने मौका पाएर अभ्यास नियमित हुन सकेको छ ।

कुनै विषय पनि समग्रमा ज्ञात हुन आवश्यक छ, अन्यथा फाइदाको स्थान नोक्सानले लिन्छ, प्रणायाम योग नियमसंगत अनुसाशित हुनु पर्दछ । जथाभावी गर्दा अनिष्ट निश्चित छ, त्यसैले केही अनुभव बाड्ने चेष्टा हो, ।

बज्रासन बाहेक यौगिक क्रिया भोको पेट भरसख विहानको समयमा सर्वोत्तम हुन्छ, खाना पछि बज्रासनमा बस्न (कम्तिमा १० मिनेट) आवश्यक छ । खाएको २ घण्टापछि मात्र योग प्रणायाम गर्न मिल्छ, आसन राम्रा हितकारी हुन शिर्णासन योग विधाको श्रेष्ठतम साधना हो तर रक्तचाप समेतका कतिपय व्याधिमा यो वर्जित छ, त्यस्तै कमरका रोगीहरुले मरकरासन गर्न मिल्छ तर अगाडी झुक्ने साधना गर्न हुदैन, प्राणायमका आफ्नै नियम छन् । उच्च रक्तचापमा भास्त्रिका वा तिव्र गतिका श्वास क्रिया गर्नु हुदैन । तीन अवस्थाहरु अर्थात तिव्र मध्यम र मन्दगति मध्ये स्वस्थ देह भएकाहरुले यी मध्ये कुनै पनि प्रयोग गर्न मिल्छ, गर्मीका दिनहरुमा भस्त्रीका तिव्र गतिमा गर्न हुदैन, शीतकारी प्राणायाम लाभ दिन सक्छ, ध्यान गर्दा पनि प्राणायमको ठूलो आवश्यकता पर्दछ, मन स्थिर गर्नका लागि शरिर सहज अवस्थामा हुनै पर्दछ, पद्मासन सुखासन आदि आसनमा कमर देखि शीरसम्म सोझो रहेर श्वासको आवागमन वा ओमकारको पवित्र ध्वनि भ्रामरी उज्जाई प्राणायामबाट शान्त स्थिर भएर निरीक्षण गर्न सके साक्षी भएर बस्न अभ्यास भएमा यिनै त सरल उपाय हुन । प्राणायम गर्दा श्वास बाहिर अर्थात रेचनका साथ ३ क्रिया एकै साथ गर्न सके अत्यन्त लाभकारी भएको अनुभव गरे, प्रोण्टेड ग्लाईण्ड लगायतका लागि यी क्रियामा रेचन श्वास वाहिर फाल्दा, दोस्रो पेट भित्र तेस्रो यौनिन्द्रियहरुलाई माथि संकुचन गर्न सकेमा उध्र्वगमनका द्वार पनि खुल्दछन् ।

अभ्यास गर्न अधिकार सबको हो र होस पुर्वक बाच्नु नै निरंहकार जीवनको निरपेक्ष भावको र निर्विकार निर्लिप्ति जीवन नै सरल सहज र समाधिस्थ, स्थिर प्रज्ञका लक्षण हुन् । क्रमश

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *