तीन प्रश्नहरुमा मेरो प्रतिक्रिया

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्टबाट लिखित “लियोका तीन प्रश्न” विषयक समसामयिक लेख पढ्ने मौका मिल्यो । सो लेखको अबवोधन गर्दा मनका अन्तर्भाव प्रस्फुरण भएकोले केही प्रतिक्रिया पस्कने जमर्को गरेको छु ।

विश्व प्रसिद्ध साहित्यकार लियो टल्सटयका कथाहरुमा सबैभन्दा रोचक र मनोरम कथाभित्र “तीन प्रश्न” नामक कथा पर्दछ । समय, स्थान र मानिसलाई सदैव उपेक्षा गर्न मिल्दैन ।

कुन समयमा सोही समय, स्थान र व्यक्ति सबैभन्दा महत्वपूर्ण विषयमा प्रवाह भैरहन्छ, त्यो बगाईलाई तत् समयको समय, स्थान र व्यक्तिले निर्धारण गर्दछ । समयको परिवेशमा नै व्यक्ति र स्थान अन्तनिहित हुन्छ । समयले व्यक्तिलाई बलवान् र कमजोर बनाउँछ । यसैगरी समयले नै स्थानलाई पनि बलवान् र निर्वल गराउँछ । यसैमा हेक्का राख्नु अनखट छ ।

सबै व्यक्ति वा वस्तु समयको परिवर्तन अनुरुप जानै पर्दछ भनी वेदमा भनिएको उक्तिका बारेमा लियोका तीन प्रश्न केन्द्रिकृत छ । वेदको आदर्शलाई महाभारतले पनि आत्मसात् गरेको छ । “हे राजन समय हो बलवान्, मानिस हुन् निर्बल ।” भन्ने महाभारतको उद्गारले समयको महत्वलाई उजागर गरेको छ ।

नेपोलियन, भीमसेन थापा, मुसोलिनी, सम्राट हरिश्चन्द्र, बहादुर शाहको व्यक्तित्व समयको क्रममा तत् तत् स्थानमा महत्वपूर्ण व्यक्ति भए । समयको परिवेशमा दुःख पाएर पतन भए । सम्राट नेपोलियन आफै पुराना अंगरक्षकका पल्टनसमक्ष रुँदै राजगद्धि परित्याग गरी निर्वासित भएका थिए । दुर्योधनको उतारचढावलाई पनि यही परिस्थितिबाट अवलोकन गरिनुपर्छ । उसले तत् परिवेश र समयमा गरेका असल कार्यहरुको चारु कीर्तिमा फैलन्छ । यस्ता मनोरम कामका कीर्तिहरु कहिल्यै मासिँदैन । त्यसैले श्रीकृष्ण आजभन्दा भोलि बिक्छन्–विश्व परिवेशमा ।

अरुको भलाई नगर्ने दृष्टहरु क्षणिक रुपमा भौतिक सुविधा प्राप्त गर्न सक्षम हुन्छन् तर उनीहरु पूरै मानसिक यातनामा तड्पिरहेका हुन्छन् । आफ्नो स्वार्थको लागि छेपारोले रंग फेरेझैं भौतिक सम्पत्ति थुपार्नेहरुलाई हाल समाजले सफल व्यक्ति देखे पनि त्यस्ता व्यक्ति कालान्तरमा असफल र घृणित व्यक्ति बन्छन् । यस विषयमा लेखले सम्बोधन गर्न नसकेको जस्तो लाग्छ ।

“जसको जीवन अर्काको उपकारको लागि हुँदैन, त्यसको सब कुरा व्यर्थ हुन्छ । सिंहासनमा विराजमान हुनु, ठूलो धन सम्पपत्ति र हुकुमत प्राप्त गर्नु तर गरिबको रक्षा नहुने हो भने सत्तामा बस्नु वाहियात हुन्छ” भनी शिव महापुराणमा भनिएको छ । अन्यायपूर्वक धन थुपार्नेहरुले अरुको उपकार गर्न सक्दैन र सत्तामा बसे पनि गरिबको रक्षा र भलाई गर्न सक्दैन किनकि उनीहरुको धन ज्ञानेन्द्रीय सुखको लागि थुपारिएको हो र आफ्नै सन्तानका लागि पनि संग्रह गरिसएको हो । यस्ता व्यक्तिहरु लोभी हुन्छन् । लोभी जनता र राष्ट्रको दुश्मन हुन्छ । यस्ता रिपुलाई समाजले बेलैमा घृणा गर्नुपर्दछ । धन्यवाद ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *