प्रसंग पारसल गरेर फाटेका लुगा राणा सरकार सित पठाएको सम्झना

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–बलदेव अवस्थी । यहि विहीबार युट्युव खोल्दा राणा शासकको लागी कृष्णप्रसाद कोईरालाले फाटेको टोपी कपडाको पोका पारसल गरी पठाएको सम्झाना आयो, कसरी भने लगभग ८० वर्ष पुर्व कृष्ण प्रसाद कोइराला भारत नेपालको सिमाना भन्सारमा रहेको बेला नेपालबाट भारततर्फ रोजगारीको लागी जाने नेपालीहरु मध्ये धेरै जसो विकट पहाडी जिल्लाहरुमा रहने त्यस बेलामा लुगा पनि प्रायः आफैले कपास चर्खामा काटी धागो बनाई हाते सानो तानमा बुनी बनाएको लुगा प्रयोगमा ल्याउथे, मैला भएपछि कही रिठा कही गाईको गौतगोवरले लुगा धुने चलन पनि थियो, सुति कपडा चाडै फाट्ने भएकाले कोही कोही टालो हाली लगाउथे भने कोही त टोपीको घेरा मात्रै पनि लगाई राख्थे ।

कोइरालाले अंग्रेजको बौडर तथा बनारसमा बढी बस्ने हुँदा नेपालका कुना कन्दरामा जाने मौका पाएका थिएनन् । भन्सारमा भेट भएकाहरुबाट अध्ययन गरेर गरिव माथि दया लागी आउदा ती झुत्रा लुगा राणा शासकलाई पठाएका हुन् । गाउँ गाउँको अवस्था राणाहरुलाई त थाहा थियो होला तर भए पनि केही गर्न चाहे पनि सकेनन् होला, सबै जनताको न्यून स्तरमा रमाएका पनि हुन सक्छन् भन्न सकिने अवस्था किन छैन भने श्री ३ हरुको बृतान्त भन्ने पुस्तकको अध्ययन गर्दा राणाहरु खुद स्वाभिमानी थिए विदेश सितको लागी त्यस्तै गाउँहरुको व्यवस्थापन जिम्मेवारी रेखदेख पनि तालुकदार पटवारीहरुको जिम्मा लगाएका थिए एकगाउँ माथि अर्को गाउँको तालुकदारले थिचोमिचो गर्न सक्दैनथे ।

प्रसंग अन्त गएकोले फिर्ता हुदैछु, २०७४ को गणतन्त्रका प्रतिनिधिसभाको सभाषदमा रोल्पाबाट उम्मेदवारी दिई विजय भएका अनन्न वर्षमान पुन, पुर्व सभामुख ओनसारी घर्ति साथमा विविसीका साझा कार्यक्रम कि महिला पत्रकार विद्या चापागाई समेत ३ जनाको संयुक्त गाउँ भ्रमणको बेला साझासवाल ५२४ मा सहभागी जनताहरुलाई प्रष्ट देखाएको थियो उक्त तिनै जनाको भ्रमण रोल्पाकै एक सानो तल्लो गाउँ जुनगाउँमा त्यहाको प्रथम शहीद भएको घरमा गई शहीद परिवारलाई भेटी रिपोर्ट लिने वेलामा त्यो घरमा रहेका ८० वर्षे मंगले बुढा र उनकी ६० वर्ष भन्दा माथि कि श्रीमती घरमा थिए, अनन्तले भने बुवा हामीलाई जिताउनु भयो म वर्षमान पुन हुँ उनी ओनसारी घर्ती हुन् । हामीलाई जिताउनु भयो भेटघाटमा यहाँ आएका हौं ।

तपाईको के माग छ भने पछि कुनै उत्तर दिएनन् आखा रसाउदै थिए मंगले बुढाका । विविसि साझासवाल ५२४ को कार्यक्रमकी पत्रकारले भनिन बुवा तपाईका छोरा छोरी कति छन, उत्तर नपाउदै अनन्त जी ले जवाफ फर्कायो उनको छोरा २०६१ सालमा शहीद भएका हुन्, भन्दै मंगले बुडासँग अनन्त वर्षमान पुनले भन्यो तपाईको छोरा र म साथी हौं भनेपछि मंगलेले “होलासम्म भन्यो” अनि पत्रकारले सोधिन तपाईका छोराको विवाह भएको हो कि होइन ? ववाहा गर्ने बेला हुँदा उ गै हाल्यो मात्र भन्दा ओनसारी अध्यारी परिन । लगत्तै वर्षमान पुनले शहीद परिवार सित भने तपाईको लागी ५ लाख पहिले र ५ लाख अचेल निकासा भएको छ पाउनु भयो की भन्ने प्रसंगमा मंगलेको जवाफ आयो खै म कही गएन थाहा छैन । मैले कत्ती पनि पाइन तर सामाजिक सुरक्षा भत्ता पाएका छौं । पत्रकारको जवाफ थियो भत्ताको पैसाले के गर्छौ भन्दा पेट पाल्छौं भन्ने उत्तर आयो ।

कार्यक्रम सञ्चालिका पत्रकारले ओनसारी र वर्षमान पुन अनन्तलाई सोधे–हामीले गलत गर्यौ भन्ने के पछुतो लाग्छ ? गल्ती त भएकै छ राज्यको पहुच शहीद परिवारसँग पुगेको रहेनछ । मंगले बुढासँग लगौठी थियो सुरुवाल थिएन ।

जाडो लाग्दैन भनि पत्रकारले सोधे “लाग्छ कसले ल्याई दिन्छ” यत्रो दुःख पिडा सहेर पनि तपाईहरु सित केही मागेन मंगले दम्पतीले भन्दा ओनसारी घर्तीले बोल्नै सकिनन् । रुन थालिन भन्छिन यस्तो अवस्था कही कतै देखेकि छैन पहिलो पटक देखेकी हुँ । छोराछोरी तिमीहरु नै छौं भनेपछि छोराछोरीको भूमिका निभाउने प्रतिबद्धता ओनसारीले गरिन भने अनन्तले भने बुवा एकवर्ष भित्र टिनको छाना भएको घर बनाई दिउला भनेपछि –हुन्छ बोचेपछि भन्ने मंगलेको उत्तर मार्मिक थियो । फाटेको झुत्रो लुगा लगाएको मंगले सित सुरुवाल थिएन लडेर एक खुट्टा पनि चल्दैनथ्यो । खाना पकाउन सकिन्छ कि नाई भनि पत्रकारले सोधेको प्रश्नमा पकाउछु, केहिले म कहिले बुढी पकाउछे । अन्तमा ओनसारी र अनन्न वर्षमान पुन विविसी कि महिला पत्रकार विद्या चापागाईले विदा मागे अर्को गाउँतर्फ टीम गइरहेको थियो ।

म सम्झे कही कोईरालाले राणा शासकलाई पठाएका झुत्रो फाटेको कपडा राणा सरकारका शासकले त त्यहा पुर्याएको थिएन ? मुखले भन्न अर्कोलाई दोष दिन सजिलो हुन्छ गर्न कति गाह्रो हुदो रहेछ । आफू जन्मे हुर्केको जिल्लाको अवस्था पनि पहिलो पटक देखे भन्ने ओनसारीको शब्दले म पनि छक्क परे । हो पनि जस्तो लाग्यो मंगले बुढाबुढी त्यो गाउँका प्रथम शहीदका आमा बुवा जसले सरकारबाट दिएको शहीद परिवारले पाउने रु १० लाख दुई किस्ताको रकममा एक किस्ता पनि पाएका छैनन् । विविसीले चलाएको साझा कार्यक्रम ५२४ मा भएको बहसबाट थाहा पाउदा माओवादीका आफ्नै सरकार भएर पनि के के जन सहयोग भएछन् भन्ने त्यसबाट पनि देखियो । जव माओवादी नेता बाबुराम प्रधानमन्त्री भएको बेला बर्दिया गएर एकजना थारुको घरमा बास बसी मुसाको चट्नी समेत खाएका थिए ।

यी यस्ता नाटक मात्र रहेछन् भोटको लागी लोभ्याउने भने पनि तर पुर्व सभामुख ओनसारी घर्तीले भने मन मष्तिष्क चेहरा सबै मलिन थियो, बोल्न नसकी भक्कानी रहेकी थिइन । अन्तमा आसुँ रित्याई फर्के । चुनाउ जितेपछि गाउँमा गएको दृष्य लगभग १ घण्टा हेर्न पाए र उही समाजको उचाई निचाई पनि मेरो पनि मन मष्तिष्कले नाप्यो ६५ वर्ष पुर्वको सम्झना बोकेको छु मैले, म एसएलसी पढ्ने बेलाका विद्यालयहरुमा विद्यार्थीहरुमा २० प्रतिशतले मात्र जुत्ता चप्पल लगाएका हुन्थे, अरु नाङ्गै खुट्टा गाउँलेहरु सित त थिएन ।

जसका सार्की देलती छन् उसको घर परिवारले एक जोड जुत्ता पाउथे । जव गोरु बुढा हुन्थे गोरुले जोत्न नसक्ने भएपछि उसको जुनी सुध्रिन्छ भनि मर्ने बेला शार्कीको घरमा दिने चलन थियो । पछि थाहा भयो आफ्नै गोरुका छालाको जुत्ता बनाएर गोरुधनीलाई शार्कीले एकजोर दिने रहेछ । कस्तो सद्भाव बोकेको पवित्र समाज त्यसबेला हामी सार्कीको खुव आदर गर्दथ्यो ढुङ्गाको भर माटो माटोको भर ढुङ्गा भनेझै थियो, अझै पनि थामिएकै छ हल्का हल्का । लुहार, सार्की, दमाई, मेजार बाहुन क्षेत्रीका अभिन्न अंगका रुपमा थिए कृषि कार्यमा मात्र नभई घरपरिवारमा प्रयोग गरिने सामग्रीहरु उनैले परिपुर्ति गर्दथे । जसरी अझै पनि रोल्पा डोल्पामा भाङो चामलको विनिमय भई रहेको छ । त्यस्तै काम र सीपको विनिमय अन्न पैसा सित गर्न हरेक गाउलेका आफ् आफ्नै देला बाडेका हुन्थे कोही भौका नागा रहदैन थिए । आजको प्रगतीसिल समाजमा पनि त्यो देख्दा खासै प्रगति देखिदैन । प्रगती बैमनुष्यता सद्भावमा खलल् पार्ने कामको प्रगतीमा भने बढोत्तरी भएको छ ।

गरिवी रोल्पा डोल्पामा मात्र होईन चुरे श्रीङ्खला उत्तर र केही मदेशमा अझै गरिवी लुकेको छ । नेताहरुले गरिवी निवारण गर्न नसके पनि खोज्नु पर्ने अनिवार्य रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *