७ नम्बर प्रदेशको राजधानी कहाँ होला ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जगदिश प्रसाद अवस्थी
महेन्द्रनगर, ०८ पुष
अहिले देशभरी नै चर्चामा रहेको विषय प्रत्येक प्रदेशहरुको राजधानी कहाँ राख्ने भन्ने विषय रहेको छ ।
शुक्रबार निर्वाचन आयोगले प्रदेश सभा अन्तर्गतका समानुपातिक मतपरिणाम सार्वजनिक गरिसकेको छ भने अब छिट्टै प्रदेशका राजधानीहरु तोक्नु पर्ने जिम्मेवारी समेत सरकार माथि आइ परेको छ ।
अन्य प्रदेश जस्तै प्रदेश नं. ७ मा समेत विभिन्न ठाउँमा राजधानी राख्नुपर्ने मागहरु उठ्न थालेका छन् । चिया पसलका गफ देखि साथीभाईहरुको जमघट हुदाँ समेत प्रदेशको राजधानी का विषयामा टीकाटीप्पणी हुन थालेको हो ।
२०३७ सालमा सुदूरपश्चिम विकास क्षेत्र थपेर पाँच वटा विकास क्षेत्रमा देशलाई बाड्दा सुदूरपश्चिमको सदरमुकाम दिपायल कायम गरिएको थियो । हाल विभिन्न व्यक्तिहरुले प्रदेश नं. ७ को राजधानी कैलालीको अत्तरिया कायम हुनुपर्ने भनी रहेका छन् भने कञ्चनपुरको महेन्द्रनगर राख्नुपर्ने भनाई समेत विभिन्न बुद्धिजीविहरुको रहेको छ । प्रदेश नं. ७ का यी दुई जिल्लाका जनता मात्र होइन बाँकी सातवटा जिल्लाका जनताहरु समेत राजधानी पहाडी जिल्ला तर्फ हुनुपर्ने भनाई व्यापक रहेको छ ।
एक साता अघि मात्रै प्रेस सेन्टर नेपाल महेन्द्रनगरमा आयोजना गरिएको पत्रकार भेटघाटमा नेकपा माओवादी केन्द्रका प्रदेश नं. ७ का इन्चार्ज लेखराज भट्टले समेत प्रदेश नं. ७ को राजधानी अत्तरिया नै हुने समेत बताएका थिए । तर, यो उनको व्यक्तिगत धारणा रहेको थियो । राजनीतिक दलहरुमा अझैसम्म पनि प्रदेशको राजधानीका विषयमा छलफलहरु भएका छैनन ।
प्रदेशको राजधानी हुने स्थलमा भौतिक संरचनाहरुको निर्माण लगायत विभिन्न निर्माणजन्य कार्यहरु समेत हुने भएकाले राजधानी हुने स्थानको विकास हुनेमा भने शंका छैन । त्यसैले प्रदेशको राजधानीलाई पहाडी जिल्ला बैतडी, बझाङ लगायत जिल्लाहरुमा राख्नुपर्ने भन्ने मत समेत धेरैको पाइन्छ ।
प्रदेशको राजधानीका लागि भइरहेको चर्चा अहिले सर्वाधिक रुपमा पाइन्छ । अधिकांशले अत्तरियालाई नै प्रदेशको राजधानीको रुपमा हेरेका छन् किनभने अत्तरियालाई सुदूरपश्चिमको केन्द्रको रुपमा हेर्ने गरिएको छ । पहाडी जिल्लाहरुमा जाने एक मात्र सडक रहेको अत्तरियाबाट धनगढी, महेन्द्रनगर तथा पूर्वी प्रदेशहरुमा समेत जाने भएकाले यसलाई केन्द्र मानिएको छ ।
तर, यसो गर्दा पहाडी जिल्लाहरु अछाम, बाजुरा, डोटी लगायतका जिल्लाहरु मारमा पर्ने समेत धेरैको विश्लेषण छ । अतः साविकको सुदूरपश्चिमको सदरमुकाम दिपायल भएझैं प्रदेशको राजधानी समेत दिपायल नै हुनुपर्ने धेरैको भनाई छ जसले गर्दा पहाडी जिल्लाका मानिसहरुको समेत सहज पहुँच कायम होस् तथा विकासका आधारभुत पूर्वाधारहरु शहर केन्द्रित मात्रै नभएर ग्रामीण भेग तर्फ केन्द्रित हुन सक्नेछन् भन्ने विश्वास समेत लिइएको पाइन्छ ।
प्रदेशमा कसको सरकार बन्ने भन्नेमा भने मतान्तर देखिदैन । प्रदेश ७ मा कुल ५३ सीट मध्ये बहुमतका लागि आवश्यक २७ सीट हुन् जसमध्ये वाम गठबन्धनलाई ३९ सीट प्राप्त भएकोले वाम गठबन्धनको सरकार बन्ने निश्चित छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *