ट्रक पल्टिँदा चालकको मृत्यु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कैलाली, ०८ पुष । कैलालीको बर्दगोरिया गाँउ–पालिकामा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक दाङ निवासी ४० वर्षिय हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

सिमेण्ट बोकेर दाङबाट धनगढी गइरहेकोे ना ६ ख १९९० नम्बरकोे ट्रक बिहान करिब सवा ४ बजे तिर बर्दगोरिया– ४ निमुवाबोझी चोकनजिकै पल्टिएको प्रहरीले जनाएको छ । घाइते अनिल चौधरीलाई बर्दगोरिया अस्पतालमा सामान्य उपचार पछि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालयका बौनियाका प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले जानकारी दिए ।
चौधरीकोे खुट्टा भाँचिएको छ । सडक किनारामा रहेको पोलमा ठोक्किएर ट्रक पल्टिएको प्रहीले जनाएको छ । अध्यारो र बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *