रकम वितरणमा मनोमानी गरिदै








बझाङ, ०८ पुष
जनतालाई सुविधा होस् भनेर नगरपालिकाबाट गरिने कामहरु वडाबाट गरिन थालेपछि जनतालाई राम्रै सुविधा हुने अपेक्षा गरिएको थियो तर नियम कानूनको रित नपु¥याउएर हचुवाको भरमा काम कारवाही गर्ने प्रचलन गरिएकाले निर्वाचन नयाँ भए पनि पदाधिकारीहरुको बानी पुरानै भएकाले नियत र नियमबद्ध गर्न नसकेकोले जानी नजानी भ्रष्टाचारमा बृद्धि हुने देखिन्छ ।
जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्षले लक्षित बर्गको रकम मनोमानी वितरण गरेको भन्दै स्थानियबासी आक्रोसित भएका छन ।
लक्षित वर्गमा पर्र्ने एकल, महिला, जेष्ठ नागरिक, अपाङ्घहरु लगायतको बजेट वडा अध्यक्ष दल बहादुर बिष्टले हचुवाको भरमा बितरण गरेको भन्दै वडा नम्बर १० का स्थानिय वासी आक्रोसित बनेका हुन ।
चैनपुरका धेरै एकल महिला तथा जेष्ठ नागरिक तथा अपाङ्घहरुले आफुले पाउनुपर्ने सुविधा नपाएको स्थानिय ईश्वर चित्रकारले बताएका छन् । उनले भने गाउँ ठाउँको विकास गर्लान भनि चुनिएका जनप्रतिनिधिले यसरी राज्यले दिएको सेवा सुविधाबाट बञ्चित गरेको उहाँको भनाइ छ ।
यता वडा अध्यक्ष दल बहादुर बिष्टले भने केहि जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्घहरुको डाटा संकलन नभएको हुँदा छुटेको हुन सक्ने बताएका छन । छुटेकाले पनि राज्यबाट पाउने सुविधा पाउने उनको भनाइ रहेको छ ।
सर्वसाधारण जनतालाई बजेट सम्बन्धमा एकिन कुरा थाहा हुदैन । थाहा भएपनि कोषमा बजेट भएनभएको बारे अनविज्ञता हुने हुदाँ मनगढन्ते कुरा गरेर बजेट कार्यान्वयन गर्ने सित जथाभावी बोलेर निकासा हुन सक्दैन । यदि लिन छुटेको रकम सुरक्षित छ भने त्यही रकम र नभए थप गरेर पनि सरकारले पाउने जति रकम दिने नै हुदाँ कुरा बङ्ग्याई सार्वजनिक गर्नुभन्दा वितरण स्थलमा गएर जे कुरा पदाधिकारीहरुले भन्छन् बरु त्यस कुरालाई प्रमाणित गर्ने आधारहरु माग्नु वेश हुन्छ । सरकार सबैको साझा हो, स्थानिय स्तरको होस् अथवा माथिल्लो स्तरको । नगद सुविधा पाउनु भन्दा ठूलो सुविधा त्यो नै हो जुन कामको बारेमा आफुलाई ज्ञान लिन मिलोस् । यथार्थमा भन्नुपर्दा नगरपालिका तथा गाउँपालिकाका वडाहरुमा प्रष्ट बुझिने गरी नागरिक बडापत्र राख्नुपर्ने देखिन्छ ।







